back

अमेरिकामा बस्नेले ध्यान दिनुपर्ने महत्वपूर्ण कुरा

वि.सं.२०७६ भदौ १७ मंगलवार

441 

shares
GLOBAL IME AD
NTC AD

के हो यो अटोमेटीक पेमेन्ट भनेको अमेरिकामा ? अर्थात स्वत : स्फूर्त भुक्तानी । अमेरिकामा बसिरहेका, खाइखेली ठाड भैरहेका, बुझेका, जानेका मानिसहरुलाइ लाग्दो हो हामिले जानेकै कुरा किन लेखिरहन्छ यो सिलवाल । भन्दा हुन्, यस्ता जानकारीहरु हामिलाइ चाहिएन । तर, यी बर्गलाइ चाहिएन भन्दैमा भर्खरै अमेरिका आएका, आउदै गरेका, आएको धेरै समय नभएका, अंग्रेजी नजानेका, बिल भुक्तानिको अनलाइनका बारेमा बुझ्न र जान्न नभ्याएका, जानेर पनि पुर्ण जानकारी हुन नसकेका, ध्यान दिन नसकेका, समयका कारण नभ्याएका र अनुभव नभएका हरुका लागि यि लेखन र जानकारी सुनमा सुगन्ध हुन सक्दछ । खुदो हुन सक्दछ । त्यसैले जानेको छु भनेर भ्रममा पर्ने, नजाने पनि अरुलाइ देखाउन, जानेको स्वाङ्ग पार्न, अरुले थाहा पाउलान भनि थाहा पाएको जस्तो चाहि नगर्नुहोस् । घाटा तपाइहरुकै हो । असर तपाइहरुकै क्रेडीटमा पर्ने हो । असर तपाइहरुकै फाइनान्सियल रेकर्डमा पर्ने हो ।

साधारण रुपमा यसरी बुझ्नुहोस् अटोमेटीक पेमेन्ट भनेको के हो भनेर । टेक्नोलोजि, प्रबिधि र सन्चार यति द्रुत गतिमा अघि बढ्दैछ कि समय अनुसार यसको महत्व र प्रयोग सामान्य ढङ्गमै पनि गर्न जान्नु भएन, बुझ्न र सदुपयोग गर्न जान्नु भएन भने अमेरिकामा बस्यो भन्दैमा तपाई स्वतस्फुर्त चलायमान बन्न सक्नु हुन्न । अर्थात् तपाई पछि पर्नु भयो, समयले तपाईँलाई पछि पार्यो भनेर जान्नुहोला ।

अमेरिकाको दैनिकि भने जस्तो, सोचे जस्तो, इम्याजिन गरे जस्तो छैन अर्थात इजि छैन । कमाउ, बिल, तिरनतारन गर, भुक्तानी गर, कर तिर, आर्थिक जिम्मेवारी पुरा गर, सेवा सुबिधा लेउ, यि सेवा लिए बापत तिर्नु पर्ने भुक्तानी समयमै तिर, मासिक रुपमा तिर, अबसरको सदुपयोग गर, आर्थिक समुन्नति प्राप्त गर र अमेरिकी कानुन, अमेरिकी प्रणालीको सम्मान गर ।


टेलिफोन, सेलफोन, केबल, टिभि, बिजुली बत्ति पानि, घर भाडा, एपार्टमेन्ट भाडा, मोर्गेज, गाडिको भुक्तानी पेमेन्ट, क्रेडीट कार्डको पेमेन्ट, ग्रोसरी, सपिङ्ग कार्डहरुको पेमेन्ट, अन्य सेवा सुबिधा र उधारोमा लिएका बस्तुहरुको नियमित पेमेन्ट, स्वास्थ्य बिमा, जीवन बिमा, गाडी, पर्पर्टीको बिमा, घर बिमा लगायतका पेमेन्टहरु नियमित अधिकाश मासिक पेमेन्ट हुने गर्दछ अमेरिकामा भने कहिलेकाहि टर्म पेमेन्ट अन्तर्गत १ महिना, २ महिना, ३ महिना, ६ महिना, ९ महिना, १२ महिना, १८ महिना, २४ महिना, ३० महिना, ३६ महिना, ४८ महिना, ६० महिना वा ७२ महिना अर्थात ६ बर्ष, १० बर्ष, १५ बर्ष, २० बर्ष र ३० बर्षका अबधि भुक्तानिका भिन्न भिन्न नियमित पेमेन्ट, अपफ्रण्ट डाउन पेमेन्ट फरक फरक हुन सक्दछन् ।

यस्ता पेमेन्टहरु नछुटुन समयमै भुक्तानी गर्न, उक्त पेमेन्ट बुझाउनु पर्ने कम्पनी वरिपरि नहुन सक्दछन, सिधै पेमेन्ट गर्न नमिल्ने हुन सक्दछन, नगद भुक्तानि गर्न नमिल्ने हुन सक्दछन । यस्तो अबस्थामा तिर्नु पर्ने यस्ता भुक्तानीहरु समयमै पुगोस भन्नाका खातिर फोनबाटै पेमेन्ट गर्न सकिन्छ, मेलबाट चेक, मनि अर्डर, क्यासियर चेक बनाएर सम्बन्धित कम्पनि वा निकायलाइ भुक्तानी गर्न सकिन्छ तर यो समयमै पुग्दछ वा ति निकायले पाउलान भन्ने निश्चित भएन, मेल हराउन पनि सक्दछ । तर, फोनबाट तिर्दा ति कम्पनीले अतिरिक्त शुल्क मात्रै लिदैनन् कि कुनै ढिला भएको भए लेट पेनाल्टि, ब्याज समेत चार्ज गर्न सक्दछन् ।

तर, हिजोआज सहज छ ति निकायको भुक्तानी गर्न । ति निकायको वेवपेज अनलाइन खोल्नुहोस तिनै वेवपेजबाट एक पटक वा स्वतस्फुर्त समय आए पछि आफ से आफ अनलाइनबाटै ड्राफ्ट वा भुक्तानी नियमित रुपमा भैरहन्छ अटोमेटिक पेमेन्टबाट । तर, यसका लागि ति निकायको वेव पेजमा गै साइन अन अर्थात एकाउन्ट दर्ता गर्नु पर्ने हुन्छ । तपाइको नाम, तपाइ वा तपाईको कम्पनीको नाम, तपाइको ठेगाना, तपाइले सुबिधा लिदै गरेको सेवाको उक्त निकायसँग सम्बद्द एकाउन्ट नम्बर, तपाइको इमेल, तपाइको नियमित पेमेन्ट एमाउन्ट, कुन मितिमा रेगुलर भुक्तानी तानोस भन्ने तपाई चाहनुहुन्छ, तपाइको पेमेन्ट मेथड बिधि चेकबाट भए चेकको राउटीङ्ग नम्बर, बैङ्कको नाम, तपाइको बैङ्क एकाउन्ट जुनबाट तपाइको भुक्तानी जाओस भन्ने चाहनुहुन्छ र यति गरेपछि तपाइको अटोमेटिक पेमेन्ट दर्ज भए पछि अर्को महिनाबाट लगातार पेमेन्ट जाने गर्दछ ।

यदि तपाइले क्रेडीट कार्ड वा डेबिट कार्डबाट पेमेन्ट गर्ने भए क्रेडीट कार्ड नम्बर, क्रेडीट कार्डमा भएको नाम, क्रेडीट कार्डको एक्पायरिङ्ग मिति, क्रेडीट कार्डको ३ डिजिट सेक्युरिटी कोड जुन क्रेडीट कार्डको पछिल्लो भागमा हुने गर्दछ । यदि तपाइको कार्ड वा चेक जुन बिधिबाट अटोमेटीक पेमेन्ट जाने हो त्यहा आबश्यक रकमको जोहो चाहि समयमै गरिराख्नु होला, नत्र कार्ड वा खातामा पैसा नभै नट सफिसेन्ट भएमा अटोमेटीक ड्राफ्ट क्यान्सिल हुन जानेछ यस्तो अबस्थामा तपाइलाइ थप आर्थिक भार वा पेनाल्टि चार्ज गर्न सक्नेछ ।

यसो भएमा तपाइको नियमित बिल तपाइको इमेलमा आउनेछ र यो दिनमा तपाइको अटोमेटिक पेमेन्ट तान्छ भन्ने तपाइलाइ जानकारी दिन्छ । यस्तो भएमा तपाइलाइ पेमेन्ट नतिरिने, ढिला हुने, बिर्सने, भुल्ने र यसबाट हुनसक्ने पेनाल्टी वा आर्थिक भारबाट बच्न सक्नुहुनेछ । तपाइले आफ्नो सेलफोनमा उक्त निकाय वा कम्पनीको याप डाउनलोड गरि आफ्नै सेलफोनबाट उक्त भुक्तानी, बिल र ब्यालेन्स ड्यु चेक गर्न सक्नुहुनेछ ।

अटोमेटीक पेमेन्टको एउटै बेफाइदा के हो भने यदि तपाइले सेवा लिएबापत अटोमेटीक पेमेन्टमा साइन अन गर्नु भएको छ, भबिश्यमा सेवा मन परेन, तपाइले अटोमेटिक ड्राफ्ट पेमेन्ट बदर गर्न भुल्नु भयो भने तपाइको खाता वा कार्डबाट उक्त कम्पनीले नियमित पेमेन्ट लगिरहन सक्दछ । यस्तो अबस्थामा बैङ्ग वा कार्ड कम्पनिले यो अटोमेटिक पेमेन्ट बदर गर्न सक्दैन । कि त तपाइ आफैले अनलाइनमै गै गर्नु पर्यो कि त सोहि कम्पनीले गर्नु पर्यो ।

वि.सं.२०७६ भदौ १७ मंगलवार १०:५२ मा प्रकाशित

वायु प्रदूषणले हृदयघात, मस्तिष्कघात र क्यान्सरको समेत जोखिम बढ्न् सक्छ

वायु प्रदूषणले हृदयघात, मस्तिष्कघात र क्यान्सरको समेत जोखिम बढ्न् सक्छ

वायु प्रदुषण जनस्वास्थ्यमा एउटा गम्भिर समस्याको रुपमा देखा परेको छ...

सहकारी संस्थाका चुनौती र अबको बाटो

सहकारी संस्थाका चुनौती र अबको बाटो

सहकारी भनेको आपसी हितका लागि व्यक्तिहरूको समूहको स्वामित्वमा रहेको र...

न्यायालयको सपनाः विधुतीय अदालतको स्थापना

न्यायालयको सपनाः विधुतीय अदालतको स्थापना

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्धारा दिगो शान्ति, सुशासन, विकास...

लोकतन्त्रको कमजोरी लोकतन्त्रभित्रैबाट सच्याउनुपर्छ

लोकतन्त्रको कमजोरी लोकतन्त्रभित्रैबाट सच्याउनुपर्छ

कारण र प्रभाव सम्बन्ध घटना वा कार्यहरू बीचको सम्बन्ध हो...

ज्ञानेन्द्रको पछि लाग्ने “राजावादी” र आँफैलाई राजा ठान्ने “गणतन्त्रवादी” जनता हेरेको हेरै

ज्ञानेन्द्रको पछि लाग्ने “राजावादी” र आँफैलाई राजा ठान्ने “गणतन्त्रवादी” जनता हेरेको हेरै

म सानै उमेरदेखि राजनीतिमा चासो राख्दथे। तत्कालिन समयमा जहानिया निरंकुश...

गणतन्त्रको विकल्प केवल समुन्नत गणतन्त्र नै हो

गणतन्त्रको विकल्प केवल समुन्नत गणतन्त्र नै हो

समाज कुवामा जमेको पानी जस्तो भयो भने त्यहाँ फोहरमैला जम्मा...