१७ भदौ, काठमाण्डौं । सरकारले वैदेशिक रोजगारमा जाने कामदारको आप्mनो बैंक खाता अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । बैंकिङ कारोबारलाई प्राथमिकता दिन वैदेशिक रोजगार विभागले सोमबारदेखि बैंक खाताको व्यावस्था गरेको हो । भदौभर यो कार्यक्रम स्वैच्छिक हुनेछ । असोदेखि भने अनिवार्य गरिने विभागले जनाएको छ ।
नयाँ व्यावस्थाअनुसार कामदारले श्रम स्वीकृती लिँदा विभागसमक्ष बैंक खाताको प्रमाण पेस गर्नुपर्नेछ । कामदारको आफ्नै वा नजिकको नातेदारको खाता हुनुपर्ने छ । आफ्नो खातामा आफैले विदेशबाट रकम पठाउँदा यहाँका नातेदारले रकम झिक्न समस्या हुन सक्छ,’ उनले भने, ‘त्यसैले नजिकको नातेदारको खातालाई पनि हामी स्वीकार गर्नेछौं । विभागले वाणिज्य र विकास बैंकमा भएको खातालाई मात्रै मान्यता दिनेछ । विभागले भदौ महिनासम्मको बैकं खातालाई परीक्षण रुपमा हेर्नेछ । यो अवधिमा बैंकिङ खातासम्बन्धी व्यवस्थालाई प्रचार–प्रसार गरिनेछ । असोज १ गतेदेखि भने बैंकिङलाई अनिवार्य गरिने विभागको तयारी छ । मंगलबारको नयाँ पत्रिका दैनिकबाट ।
वि.सं.२०७६ भदौ १७ मंगलवार ११:०२ मा प्रकाशित