back

यसरी मनाइयो अफ्रिकी देश युगाण्डामा हरितालिका तिज

वि.सं.२०७६ भदौ १७ मंगलवार

234 

shares
RBB AD
NTC AD

१७ भदौ, युगाण्डा । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) युगाण्डाले भव्यरुपमा तिज मनाएको छ ।

नेपाली नारीहरुको महान पर्व हरितालिका तिज अफ्रिकी देश युगाण्डामा पनि भव्यरुपमा मनाइएको हो ।

युगाण्डामा रहेका नेपाली दाजुभाइ दिदीबहीनीको उल्लेख्य उपस्थितिमा मनाइएको उक्त तिज कार्यक्रममा परिषद्का अध्यक्ष बिनोद थापाले तिज कार्यक्रमका बारेमा बताउँदै नेपाली संस्कृति र परम्परालाई अफ्रिकी देश युगाण्डामा पनि निरन्तरता दिन पाएको खुसी व्यक्त गरेका थिए ।

परिषद्की महिला संयोजक वर्षा शर्माको संचालन रहेको उक्त तिज कार्यक्रममा पूर्व आइसिसि सदस्य जीवनाथ पंगेनी, पूर्वअध्यक्षद्धय रमेश कंडेल र राजमणि भण्डारी, समाजसेवी नरेन्द्र शर्मा लगायत झण्डै ६३ जना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सहभागीता रहेको थियो ।

उक्त तिज कार्यक्रम भव्य एवंम् सभ्य भएको तथा आगामी दिनमा नेपाली चाडपर्वलाई यसरी नै प्राथमिकताका साथ मनाउँदै जाने अध्यक्ष थापाले संसारन्युजलाई बताए ।

त्यसैगरी उक्त कार्यक्रममा नवनिर्वाचित कोषाध्यक्ष सञ्जीव शर्मा, युवा संयोजक तेजेन्द्र विवश, प्रवक्ता निमेष श्रेष्ठ तथा सदस्यहरु निक्कु, तेज खड्कालगायतको पनि उपस्थिति रहेको थियो । उक्त क्रममा दिदीबहीनीलाई तिजको दर पनि खुवाइएको थियो ।

वि.सं.२०७६ भदौ १७ मंगलवार १२:१९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एएनएमएफको २८ औ साधारण सभा सम्पन्न, अध्यक्ष बने विष्णु

एएनएमएफको २८ औ साधारण सभा सम्पन्न, अध्यक्ष बने विष्णु

अमेरिका । अमेरिका नेपाल मेडिकल फाउन्डेशन (एएनएमएफ) को २८ औ...

‘नेपाली अमेरिकन हेरिटेज डे’ का अवसरमा फिप्ना अमेरिकाको अन्तरक्रिया सम्पन्न

‘नेपाली अमेरिकन हेरिटेज डे’ का अवसरमा फिप्ना अमेरिकाको अन्तरक्रिया सम्पन्न

अमेरिका । नेपाल आदिवासी जनजाती महासंघ (फिप्ना) अमेरिकाको आयोजनामा जुममार्फत्...

कतारमा कार्यत नेपाली तथा उनका परिवारलाई ‘केएमसी’ अस्पतालमा ५० प्रतिशत छुट

कतारमा कार्यत नेपाली तथा उनका परिवारलाई ‘केएमसी’ अस्पतालमा ५० प्रतिशत छुट

काठमाडौँ । सङ्घीय सांसद डा सुनिलकुमार शर्माले कतारमा कार्यरत नेपाली...

एनआरएनए सेसेल्सको आयोजनामा नेपालीहरुको सामुहिक रक्तदान

एनआरएनए सेसेल्सको आयोजनामा नेपालीहरुको सामुहिक रक्तदान

काठमाडौं । एनआरएनए सेसेल्सले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।...

अमेरिका पुगेका डा. सिके राउतले भने–पहिचानमा गर्व गर्नुपर्छ

अमेरिका पुगेका डा. सिके राउतले भने–पहिचानमा गर्व गर्नुपर्छ

विजय थापा । अमेरिका पुगेका जनमत पार्टीका अध्यक्ष डा सिके...

अबको आन्दोलन नेपाल सरकारप्रति लक्षित हुने जीटेन आवद्ध गोर्खाहरुको चेतावनी

अबको आन्दोलन नेपाल सरकारप्रति लक्षित हुने जीटेन आवद्ध गोर्खाहरुको चेतावनी

लन्डन । भूतपूर्व गोर्खा समस्या समाधानका लागि बेलायत र नेपाल...