
१७ भदौ, युगाण्डा । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ( एनआरएनए) युगाण्डाका आइसिसि सदस्यमा राजमणि भण्डारी निर्विरोध निर्वाचित भएका चयन भएका छन् ।
नौ वर्षदेखी सपरिवार युगाण्डामा रहेर व्यवसाय समेत गर्दै आएका व्यवसायी भण्डारी एनआरएनए युगाण्डाका पूर्वअध्यक्ष समेत हुन् ।
युगाण्डाको जिन्जा भन्ने सहरमा leoz restaurant & Bar संचालन गर्दै आएका भण्डारीले उक्त रेष्टुरेण्टमार्फत् अफ्रिकन तथा अन्य देशका नागरिकबीच नेपाली खानाको प्रवद्र्धन समेत गरेका छन् ।
वि.सं.२०७६ भदौ १७ मंगलवार १३:०६ मा प्रकाशित