back

फौजी कीराको प्रकोपले किसान चिन्तित

वि.सं.२०७६ भदौ १७ मंगलवार

96 

shares

१७ भदौ, सुरुङ्गा । धानबालीमा फौजी कीराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित बनेका छन् । गौरादह नगरपालिकाका किसानले लगाएको धानबालीमा फैजी कीराको प्रकोप देखिएपछि त्यहाँका किसान चिन्तित बनेका हुन् ।
गौराहद–६ का कृषक यादवकुमार बस्नेतले फौजी कीराले आफ्नो डेढ बिघा क्षेत्रफलमा लगाएको धानबाली पाँच दिनमै सखाप पारेको बताए । “पहिलोपटक यस्तो कीराको प्रकोप देखापरेको छ”, उनले भने, “दिनमा भन्दा रातिमा धेरै यो कीराले बाली नष्ट गर्दाेरहेछ ।” स्थानीय खड्गबहादुर कार्कीले आफूले धानखेती गरेको ६० वर्ष बिते पनि यस्तो प्रकोप पहिलोपटक देखेको बताए । “यो कीराले दुई÷तीन दिनभित्रै धान काटेर सखाप पार्दाेरहेछ”, उनले भने, “धानको टुप्पो काटेर ठुट्टो बनाएको छ अब के गर्ने ?”
गौरादह–६ को वीरबलचोकमा फौजी कीराको प्रकोप धेरै रहेको स्थानीयवासी शारदा प्रसाईँ पराजुलीले बताए । किसानले लगाएको धान फौजी कीराका कारण नष्ट भएपछि कुन औषधि प्रयोग गर्ने भन्ने विषयमा समेत आफूहरुलाई थाहा नभएको उनको भनाइ छ । “दिनभरि धानको गाँजमा लुक्ने र रात परेपछि यो कीराले धानका टुप्पा काटेर भुइँमा झार्दाेरहेछ”, अर्का किसान चन्द्रप्रसाद पराजुलीले भने, “मेरो पाँच बिघा क्षेत्रफलमा लगाएको धानबाली सखाप बनायो ।”

नगरपालिकाका किसानले दुई बाली धानखेती गर्दै आएका छन् । प्रतिबिघा ९० मनसम्म उत्पादन हुने धानमा फौजी कीराको प्रकोप देखिएपछि अब यसको समाधान कसरी गर्ने भन्ने विषयमा नगरपालिकाले छलफललाई तीव्रता दिँदै समाधानको बाटो खोज्न शुरु गरेको वडाध्यक्ष खड्गप्रसाद पराजुलीले बताउनुभयो । उनले भने, “फौजी कीराको प्रकोपका कारण १०० भन्दा बढी किसान मारमा परेका छन्, यसको बेलैमा समाधान नखोजे यहाँ भयावह स्थिति आउन सक्छ ।”

फौजी कीराले धानबाली नष्ट गरेपछि वर्षभरि खाने अन्न कसरी जोहो गर्ने भन्दै स्थानीयवासी किसान हेमसागर ओझाले चिन्ता व्यक्त गरे । धानबालीमा फौजी कीराको प्रकोपका कारण समस्या सिर्जना भएसँगै स्थानीय भेटेरेनरी सञ्चालक बालकृष्ण दाहालले औषधि प्रयोग गर्न किसानलाई सिकाएको बताए ।

सो नगरपालिका क्षेत्रमा फोजी कीराको समस्या देखिएपछि सोमबार कृषि ज्ञान केन्द्रको टोलीले समेत स्थलगत अवलोकन गरेको छ । विराटनगरस्थित बाली संरक्षण प्रयोगशालाका निमित्त प्रमुख मुकेशकुमार यादव, कृषि विकास निर्देशनालयकी अधिकृत सरस्वती श्रेष्ठलगायतको टोलीले समेत गौरादह पुगेर फौजी कीराको प्रकोपको विषयमा अवलोकन गरेको छ । (रासस)

वि.सं.२०७६ भदौ १७ मंगलवार १२:४४ मा प्रकाशित

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

विराटनगर । कोशी प्रदेश सरकारका तीन मन्त्रीलाई जिम्मेवारी बाँडफाँट गरिएको...

हात्तीले कुल्चिदा वनका चौकीदारको मृत्यु

हात्तीले कुल्चिदा वनका चौकीदारको मृत्यु

झापा । झापाको हल्दिबारी गाउँपालिका-३ स्थित रणकाली सामुदायिक वनमा कार्यरत...

यसरी सुनाइन् सञ्चिताले ओमानमा विताएका सकसपूर्ण ४० दिनको कथा

यसरी सुनाइन् सञ्चिताले ओमानमा विताएका सकसपूर्ण ४० दिनको कथा

झापा । वैदेशिक रोजगारीका सिलसिलामा ओमान पुगेकी मेचीनगर नगरपालिका–१५ निवासी...

ठेकेदारले निर्माण सम्पन्न नगरेपछि वडाअध्यक्षकै अगुवाइमा बाटो अवरुद्ध

ठेकेदारले निर्माण सम्पन्न नगरेपछि वडाअध्यक्षकै अगुवाइमा बाटो अवरुद्ध

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा पर्ने मनमोहन गान्धी मार्ग...

‘स्थानीय तहले विकासको मार्गचित्र सार्वजनिक गर्नुपर्छ’

‘स्थानीय तहले विकासको मार्गचित्र सार्वजनिक गर्नुपर्छ’

मोरङ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले...

मेची राजमार्गमा यातायात नचल्दा सयौँ तीर्थयात्री बीच बाटोमै अलपत्र

मेची राजमार्गमा यातायात नचल्दा सयौँ तीर्थयात्री बीच बाटोमै अलपत्र

फुङ्लिङ । कोशी प्रदेश नामविरुद्ध आन्दोलनरत प्रदेश नं १ पुनः...