back

खरको छानोमुक्त वडा बनाइँदै

वि.सं.२०७६ भदौ १७ मंगलवार

120 

shares

१७ भदौ, दमौली । तनहुँको ब्यास नगरपालिका–५ ले वडाभित्र खरले छाएको छानो विस्थापित गर्ने भएको छ । खरको छानामुक्त वडा बनाउने उद्देश्यले त्यस्ता घरमा जस्तापाताको छानो राख्न वडा कार्यालयले बजेट विनियोजन गरिसकेको छ । सो कार्यका लागि चालु आर्थिक वर्षमा रु १० लाख विनियोजन गरिनाका साथै लागि खरको छानो भएका घरको तथ्याङ्क सङ्कलन शुरु गरिसकेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
“हालसम्म दुई सयभन्दा बढी घरको तथ्याङ्क आइसकेको छ,” उनले भने, “पूरै तथ्याङ्क प्राप्त भएपछि खरको छानो विस्थापित कार्यक्रम शुरु गर्छौ । यस कार्यका लागि चालु आर्थिक वर्षको बजेट अपुग भए आगामी वर्षमा पनि बजेट विनियोजन गरिनेछ । ” सङ्घीय सरकारको नीति बमोजिम जिल्लाका २५० घरधुरीमा चालु आर्थिक वर्षमा खरको छानो विस्थापित गरिँदैछ । ब्यास नगरपालिकाको ७ देखि १४ वडा, भीमाद नगरपालिका र रिसिङ गाउँपालिका अन्तर्गतका वडामा खरको छानो विस्थापित गरिने सरकारको कार्यक्रम छ । सङ्घीय सरकारमार्फत् ब्यास नगरपालिका–५ मा खरको छानो विस्थापित गर्न बजेट नपरेपछि वडाकै सक्रियतामा खरको छानो विस्थापित गर्न लागिएको र यसमा विपन्नलाई प्राथमिकता दिइने वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

मानहँुको पर्यटन प्रवद्र्धनका लागि रु ६० लाख
पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गइरहेको मानहुँकोटमा पर्यटन प्रवद्र्धनका लागि वडा कार्यालयले चालु आर्थिक वर्षमा रु ६० लाख विनियोजन गरेको छ । धेरै पर्यटक भित्र्याउने उद्देश्यसहित वडा कार्यालयले मानहुँकोटलाई प्राथमिकतामा राखेको हो । त्यहाँको पर्यटन प्रवद्र्धनका लागि रु ४० लाख, मानहुँ पदमार्ग र आमा समूहको अधुरो भवन निर्माणका लागि रु १० लाख र भित्तामा मानहुँकोट ब्यासल्याण्ड लेख्न रु १० लाख विनियोजन गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यसका लागि चापाघाटदेखि अलैचेसम्म पैदलमार्ग निर्माण गरिएको छ भने सवारी साधन गुड्ने बाटोका साथै पैदल हिँडेर मानहुँसम्म पुग्ने पर्यटकलाई लक्षित गरेर अलैचेसम्म पदमार्ग निर्माण गरिएको र त्यसलाई विस्तार गर्दै मानहुँसम्म पु¥याइने लक्ष्य छ । सदरमुकामबाट नजिकै रहेर पनि ओझेलमा पर्दै आएको मानहुँकोटबाट दमौली बजार, माछापुच्छ«े, अन्नपूर्णलगायत हिमशृङ्खलाका साथै सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माणस्थल देख्न सकिने भएकाले पछिल्लो समय यहाँ पर्यटकको घुइँचो लाग्ने गरेको छ । (रासस)

वि.सं.२०७६ भदौ १७ मंगलवार १३:०७ मा प्रकाशित

ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा भएको ट्रक दुर्घटनामा दुई जनाको...

एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित

एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित

ढोरपाटन । बागलुङमा एकै रातमा ६ वटा घरमा चोरी भएको...

सुन्तला पकेट क्षेत्रमा यस वर्ष उत्पादनमा कमी

सुन्तला पकेट क्षेत्रमा यस वर्ष उत्पादनमा कमी

  बागलुङ । बागलुङको सुन्तला पकेट क्षेत्रमा यस वर्ष उत्पादनमा...

सडक र गल्लीमा ढुंगा छापिएपछि चिटिक्क लोमान्थाङ

सडक र गल्लीमा ढुंगा छापिएपछि चिटिक्क लोमान्थाङ

  म्याग्दी । माटोको पर्खालले घेरिएको मुस्ताङको धार्मिक एवं पर्यटकीय...

अध्यक्ष ओली भन्छन्-बूढीगण्डकी परियोजना सफल बनाउनुपर्छ

अध्यक्ष ओली भन्छन्-बूढीगण्डकी परियोजना सफल बनाउनुपर्छ

गोरखा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

मनाङमा जलवायु परिवर्तनको असर, हराए हिमालको हिउँ र ताल

मनाङमा जलवायु परिवर्तनको असर, हराए हिमालको हिउँ र ताल

नवीन लामिछाने, मनाङ । हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका-१...