back

संघीयतामा ध्वस्त हुदै ब्युरोक्रेसी, युवामा मर्दै सिर्जनशिलता

वि.सं.२०७६ भदौ १७ मंगलवार

564 

shares
GLOBAL IME AD
NTC AD

संघीयताको मादमा नेपालको ब्युरोक्रेसी र एलिट निजामति सेवा निरन्तर ध्वस्त हुदैछ । यतिबेला खाँचो रहेको निजामति सेवा क्षेत्रमा भिजनरी नेतृत्व देखिएको पाईदैन । । सरकार भनेकै निजामति सेवा हो र यसको बेहाल हुनु भनेको कुशासनको महारोगमा फस्नु हो । संघीय व्यवस्थाको हिमायती हुँदाहुँदै पनि यसको नयाँ निजामति प्रणाली केवल विद्यमान संरचना भत्काउने तर नयाँ प्रभावकारी संरचना निर्माणमा बलिदान र योगदान नगर्नेहरूको हातमा पुग्छ कि भन्ने जुन डर थियो, त्यही देखिन थालेको भान हुदैछ । निजामति सेवाको वर्तमान जेजस्तो छ दह्रो फ्रेम छ त्यो २०१३ सालमा प्रम टंकप्रसादले बनाएका थिए, राजा महेन्द्रले दह्रो पारेका थिए, बहुदल आएपछि यसको अंग पतन हुदै अब संघीय व्यवस्थामा दाहसंस्कार हुन लागेको अनुभूत भयो । कमजोर सरकार र कमजोर ब्युरोक्रेसीले आमन्त्रित गर्ने राज्य व्यवस्थामा सैनिक शासन प्रवेश हुने गरेको विश्व ईतिहास र वर्तमानले देखाएको छ । नेताले कर्मचारीलाई दोष लगाउने, कर्मचारीले नेतालाई सराप्ने, जनताले कर्मचारी र नेतालाई धारेहात लाउने अहिलेको अवस्था खतरनाक हो ।
निजामति सेवा जोगाउँदा मात्र मुलुकमा स्थिरता, शान्ति र विकासका पूर्वाधार सही हुन पुग्नेछ । नत्र पिंद बिनाको लोटामा पानी अडिने छैन, अनि पुन्पुरोमा हात राखेर धिक्कार्न सक्छ । भ्रष्टाचारको उन्मुलन गर्न भनेर खुलेका दल वा संगठनहरू भ्रष्टहरूबाटै चन्दा लिने वा जबरजस्ति चन्दा दिन बाध्यपारी भ्रष्ट बनाउने दुष्चक्रका कारण मुलुकलाई भ्रष्टाचारले सर्वत्र गाँजेको छ, जसरी क्यान्सर सेल शरीरभरी फैलिदा बेहाल हुन पुग्छ । लोकतन्त्रमा भ्रष्टाचार विरूद्ध लेख्न, बोल्न पाईएको छ, तर नियन्त्रण भने असंभवप्राय ः हुँदै गएको छ ।

पदले व्यक्तिलाई गरिमामय बनाउने हैन, व्यक्तिले पदलाई गरिमामय वा घृणामय वनाउँछ । यो मुलुकमा धेरै ठूलाठूला महत्वपूर्ण परिवर्तन त भए, तर परिवर्तन व्यवस्थापन क्षमताको अभावमा अराजकता, अस्थिरता, अपराध र अन्यौलता वृद्धि हुदै आजको अवस्था हुन पुगेको छ ।राम्रो वा नराम्रो बचन बोल्दा वा सोच गर्दा अरूलाई हैन आफैलाई लाभ वा हानी हुने हो–यो कुनै नैतिक पाठ हैन । हाम्रो शरीरमा ७२५ पानी छ र पृथ्वीमा पनि यति नै पानी छ । दिमागमा आउने वा बोल्ने शव्दले शरीरमा सोही अनुरूपको रसायन उत्पादन गरिरहेको हुन्छ । ती रसायन तुरून्त सरिरभरिको पानीमा मिसिएर फैलिन्छ र सोही अनुसार शरीर स्वस्थ वा रोगी हुदै जाने हुन्छ । दिमागले पहिला आफैलाई विगार्छ र त्यो क्रमश : सरेर परिवार, समाज, राष्ट्र र विश्वलाई विषमय वनाउन पुग्छ । मेडिटेशन वा ध्यान यही दिमागलाई ठाउँथाकमा राख्ने प्रविधि र कला हो ।

संसदीय व्यवस्थामा प्रम मुलुककै नेता हुन्छ । क्याविनेट भनेकै प्रम हुन्, अरू मन्त्री सबै सहयोगी हुन्छन् । जे प्रमले भन्छन् त्यही क्याविनेटको निर्णय हुन्छ । त्यसमा चित्त नबुझ्ने मन्त्रीले पदत्याग गर्ने वा बर्खास्त पाउने हुन्छ । नेपालमा प्रमले बोलेको, आदेश दिएको कुरा त लागू हुन गाह्रो देखिइरहेको छ भने बबुरो मेयरहरू जो सामुहिक निर्णयमा चल्न बाध्य छन्, जसले संसदमा झै बहुमतका साथ पाएमात्रै निर्णय गर्न र लागूगर्न समर्थ हुन सक्छन्, त्यस्तोमा मेयरले यो गर्छु र उ गर्छु भनेर प्रमले जस्तो कुर्लेर हुदैन ।

जसरी गीत संगीतको भाषा विश्वमा जहा पनि बुझिन्छ वा सबैले बुझ्छन्, त्यसरी नै मन्त्रको भाषा जहाका मान्छेको शरीरले बुझ्छ । मन्तर शास्वत छन्, यिनको खास अर्थ बुझ्नु जरूरी छैन । शब्दले ल्याउने तरंग र झंकार नै पर्याप्त हुन्छ । बुझे पनि नबुझे पनि मन्त्र र गीत संगीतले दिने फाईदा उही हो, मात्र सही तरिकाले उच्चारित हुनुपर्छ ! ब्रह्माण्ड र शरीर आफै म्युजिक र तरंग नै हो । त्यसैले रमाईलो फिल भएको हो । शरीर र ब्रह्माण्डबीचको म्युजिकमा एकाकार हुनु योग हो ।

विश्वका विकसित देशका राजधानी सहरको मेयर त्यो देशको सबैभन्दा, प्रम वा राष्ट्रपति भन्दा पनि शक्तिशाली र महत्वको पद हुने गर्छ । नेपालका मेयरहरू जागिरे जस्ता लाग्छन् । उफ्रेर चिच्याएरै मुलुकलाई जुरूक्क उचाल्लान् झैं गर्छन् । योग अभ्यास गर्ने नेताहरू बढी जवाफदेही र जिम्मेवारी बोध गर्ने खालका हुने गर्छन् ।

संसदीय व्यवस्थामा प्रम मुलुककै नेता हुन्छ । क्याविनेट भनेकै प्रम हुन्, अरू मन्त्री सबै सहयोगी हुन्छन् । जे प्रमले भन्छन् त्यही क्याविनेटको निर्णय हुन्छ । त्यसमा चित्त नबुझ्ने मन्त्रीले पदत्याग गर्ने वा बर्खास्त पाउने हुन्छ । नेपालमा प्रमले बोलेको, आदेश दिएको कुरा त लागू हुन गाह्रो देखिइरहेको छ भने बबुरो मेयरहरू जो सामुहिक निर्णयमा चल्न बाध्य छन्, जसले संसदमा झै बहुमतका साथ पाएमात्रै निर्णय गर्न र लागूगर्न समर्थ हुन सक्छन्, त्यस्तोमा मेयरले यो गर्छु र उ गर्छु भनेर प्रमले जस्तो कुर्लेर हुदैन ।


नेपालमा मेयर वा गाउँपालिका अध्यक्ष निरीह छन् । तिनले बोलेका कुराको विद्यमान नगरपालिका राजनीतिक व्यवस्थामा कुनै तुक रहदैन । सामुहिक र बहुमतले निर्णय लिनुपर्ने हुनाले नगर वा गाउँ सभा वा परिषदले पास गर्नुपर्ने हुन्छ । गुट, उपगुट, दलीय भागवन्डा र प्रतिनिधित्व रहने गाउँ वा नगरपालिकामा काम गर्नु गराउनु भनेको फलामको च्युरा चपाएझैं हो । मेयर वा अध्यक्षको एकल निर्णयले दाल गल्ने हैन । त्यसैले तिनका भरपर्नु बेकार छ । ती नपाको प्रम वा चिफ एक्जक्युटिव हैनन् !

मुलुकमा धेरै कुरा गर्न बाँकी छ, धेरै कुरा भन्न बाँकी छ…। जता छोयो त्यहाँ च्यातिएको छ, सिउन बाँकी छ… । जताततै मक्किएको छ … टालो फेर्न बाँकी छ… । धेरै ठाउँमा भ्वाँग परेको छ, टाल्न बाँकी छ …! त्यसैले नेताहरूको भक्त बन्दा खराबी छैन, तर अन्धभक्त खतरनाक छ । अन्धभक्तता नै नेपाली युवावर्गको खास समस्या बन्दै गएको छ । यसैले सिर्जनशिलता साहस मर्दै गएको छ ।

उपाध्याय, नेपाल सरकारका पूर्वसचिव हुन्

वि.सं.२०७६ भदौ १७ मंगलवार १४:०३ मा प्रकाशित

पैसा कमाउने स्मार्ट उपाय : पुँजी बजार लगानीको रहस्य

पैसा कमाउने स्मार्ट उपाय : पुँजी बजार लगानीको रहस्य

काठमाडौँ ।  पुँजी बजारमा केही अदृश्य रहस्य रहेका हुन्छन् ।...

मौलाउँदो भ्रष्टाचार : हराउँदो सदाचार ?

मौलाउँदो भ्रष्टाचार : हराउँदो सदाचार ?

नेपालमा दशकौंको लामो संघर्षपछि देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको...

राजनीतिक भागबन्डामा चुनाव हारेका पौडेलको गभर्नरमा जित

राजनीतिक भागबन्डामा चुनाव हारेका पौडेलको गभर्नरमा जित

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेले बाजी...

सार्वजनिक सेवाप्रवाहमा रोगका रूपमा सिलिपोक्रेसी

सार्वजनिक सेवाप्रवाहमा रोगका रूपमा सिलिपोक्रेसी

सार्वजनिक प्रशासन सरकारी नीतिहरूको निर्माण, कार्यान्वयन र मूल्याङ्कन गर्ने भरपर्दो...

जलवायु परिवर्तनको अर्थराजनीति : सन्दर्भ सगरमाथा संवाद

जलवायु परिवर्तनको अर्थराजनीति : सन्दर्भ सगरमाथा संवाद

जलवायु परिवर्तन भनेको औसत मौसम अवस्थामा एक दीर्घकालीन परिवर्तन हो...

के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?

काठमाडौँ । केही दिन अगाडि एक वयस्क महिला छोरालाई कुकुरले...