back

सानिमा बैंकको शाखा कैलालीमा

वि.सं.२०७६ भदौ १७ मंगलवार

429 

shares
IME Limited
NTC AD


१७ भाद्र, काठमाडौँ । सानिमा बैंक लिमिटेडले कैलालीको बौनियाँमा शाखा कार्यालयको औपचारिक उद्घाटन गरी बैंकिङ्ग सेवा बिस्तार गरेको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार हरिवंश आचार्य र संचालक भरत कुमार पोखरेलले गरेका थिए ।

उद्घाटन समारोहमा सानिमा बैंकका संचालक पोखरेलले स्वागत मन्तव्य राख्दै यस शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्न पाएकोमा खुसी व्यक्त गरे । । त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बंैकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै बौनियाँ शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरि उद्घाटन समारोहमा हरिवंश आचार्यले सानिमा बैंक संचालनमा आएकोमा बौनियाँ वासीहरूलाई साथै बैंकलाई समेत बधाई दिँदै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे ।

सानिमा बैंकको हाल देशभर ७९ वटा शाखा संजाल तथा ७५ वटा ए.टि.एम. रहेका छन ।

वि.सं.२०७६ भदौ १७ मंगलवार १५:३६ मा प्रकाशित

फेदीखोलामा गोरु पालक २२४ कृषकलाई प्रोत्साहन अनुदान वितरण

फेदीखोलामा गोरु पालक २२४ कृषकलाई प्रोत्साहन अनुदान वितरण

स्याङ्जा । फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन अनुदान वितरण...

पर्यटक लोभ्याउँदै भुजुङ

पर्यटक लोभ्याउँदै भुजुङ

गण्डकी । ढुङ्गा र जस्ताले छाएका गुजुमुज्ज घरहरू, ढुङ्गाले छापिएका...

रैथाने धान लगाउने किसानलाई अनुदान

रैथाने धान लगाउने किसानलाई अनुदान

बलेवा (बागलुङ) । ‘हाइब्रिड’ बीउबिजनले कृषि क्षेत्रका पुराना जातहरु लोपजस्तै...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

दूतावासद्वारा नेपाल-चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा अन्तरक्रिया

दूतावासद्वारा नेपाल-चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा अन्तरक्रिया

  काठमाडौं । नेपाली महावाणिज्य दूतावास, ल्हासाले नेपाल-चीन व्यापार सहजीकरण...

भेडापालक किसानलाई गोठालो भत्ता

भेडापालक किसानलाई गोठालो भत्ता

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहका भेडापालन किसानलाई प्रवर्द्धन गर्नका...