back

बिना ब्यायाम कसरी घटाउने त मोटोपन ?

वि.सं.२०७६ भदौ १७ मंगलवार

477 

shares
RBB AD
NTC AD

बिहान बेलुका ब्यायाम गरेर मोटोपन घटाउनु धेरै राम्रो हुन्छ । तर, व्यायामका लागि प्रयाप्त समय नहुने अवस्थामा घरमै आफै पनि यसरी घटाउन सकिन्छ मोटोपन ।
आउनुहोस् जानौं बिना व्यायाम कसरी घटाउन किन्छ त मोटोपन ?

हरियो तरकारी बढी खानुहोस्
स्वस्थ्य विज्ञहरुका अनुसार हरियो तरकारी खानु सबैभन्दा राम्रो मानिन्छ । हरियो तरकारीमा क्यालोरी कम हुने र यसले प्रयाप्त मात्रामा पोषण दिन्छ ।
सहि तरिकाले हिड्नुहोस् अथवा उभिनुहोस्– सहि तरिकाले हिड्नु, उभिनु र बस्नु पेट घटाउन धेरै मदत गर्दछ । धेरै समय झुकेर बस्ने गर्नाले पेट बढ्दछ । यसकारण बिना व्यायाम मोटोपन कम गर्नु छ भने सधै सिधा उभिनुहोस् अनि बस्दा पनि ढाडलाई सिधा बनाएर बस्नुहोस् ।

पेट सफा राख्नुहोस्
पेट सफा नहुनुपनि तपाईमा मोटोपन बढ्ै जानु हो । पेट सफा नहुँदा तपाईलाई पेट फुलिएको महसुस गराउँछ । बिहानै वाशरुम जानुभन्दा पहिले एक गीलास हल्का तातो पानी र त्यसमा कागतीको रस राखेर पिउनुहोस् ।

पानी तथा झोलिलो पदार्थ बढी पिउनुहोस्
सुप, जुश या दाल मिठो मात्र नभएर छिटो पच्ने हुनाले मोटोपन कम गर्नका लागि फाइदाजनक हुन्छ । टमाटर, मिक्स तरकारीको सुप या बन्दागोभीको सूप उपयुक्त मानिन्छ । तर, बजारमा बन्द प्याकेटमा पाइने जुश र क्रिम रहेको सुप नखानु नै राम्रो हुन्छ ।

खाने पिउने क्रममा ध्यान दिनुहोस्
तपाई कतिखेर के खाइरहनुभएको छ यस्ता कुरा लेखेर राख्नुहोस् । यसले तपाईलाई सम्झन सजिलो बनाउँछ र तपाई कति क्यालोरी लिनु भएको छ भन्ने पनि थाहा हुन्छ ।

प्लेटको आकार बदल्नुहोस्


भोक हाम्रो दिमागको उपज हो । यदि त्यसलाई धोका दिनु छ भने आफ्नो प्लेट तथा गीलास आदिको साइज परिवर्तन गर्नुहोस् । एक अध्ययनका अनुसार खानाको प्लेटको आधार अचानक परिवर्तन गर्नाले मोटोपन कम गर्नका लागि सहयोग गर्दछ । सानो प्लेटमा खाना खाँदा शरीरमा लागेको अत्यधिक भोकलाई पनि दिमागले आस्वस्त बनाएर शान्त बनाइदिन्छ ।

चिनि या सोडा नखानुहोस
चिया, कफी, कोकाकोला, बियर जस्ता चिजहरु मिल्छ भने खाँदै नखानुहोस् । चियाको साटो ग्रीन टि तथा हर्वल टी पिउनुहोस् ।

-पूरा सुत्नुहोस् ।

– धेरै पानी पिउनुहोस् ।

– राति छिटो खाना खानुहोस् ।

– शारीरिक श्रम गर्नुहोस्, जस्तै कपडा धुनु, सिढी चढ्नु, हिड्नु, गाडी सफा गर्नु लगायतका कामहरु गर्नुहोस् ।

वि.सं.२०७६ भदौ १७ मंगलवार १५:४८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

काठमाडौं । सरकारले भारतसहितका ८ देशका लागि राजदूत सिफारिस गरेको...

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा...

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

काठमाडौँ । कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जनालाई प्रहरीले...

गण्डकीमा अर्थमन्त्रीले माफी मागेपछि प्रदेश सभा बैठक सञ्चालन

गण्डकीमा अर्थमन्त्रीले माफी मागेपछि प्रदेश सभा बैठक सञ्चालन

पोखरा । अर्थमन्त्री डा.टङ्कराज गुरुङले संसद्बाटै माफी मागेपछि शुक्रवार गण्डकीको...

राजश्व संकलन ११ दशमलव ३० प्रतिशतले वृद्धि

राजश्व संकलन ११ दशमलव ३० प्रतिशतले वृद्धि

काठमाडौँ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा राजस्व...

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री ‘प्रचण्ड’

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका...