back

गौशालास्थित भण्डारखालको जङ्गलमा झुण्डिएको अवस्थामा भेटिए महिला र पुरुष

वि.सं.२०७६ भदौ १७ मंगलवार

387 

shares
RBB AD
NTC AD

१७ भदौ, काठमाण्डौं । खोटाङका एक महिला र पुरुषले आज बिहान काठमाडौँ महानगरपालिका–८ गौशालास्थित भण्डारखालको जङ्गलमा आत्महत्या गरेका छन् ।

खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० घर भई काठमाडौँको बाँसबारी बस्दै आएका ४० वर्षीय जय गिरी र खोटाङको टेम्मा गाउँ बस्ने ३३ वर्षीया उमिता दमाइँ आज बिहानसँगै रुखमा झुण्डिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी निरीक्षक खेम राउतले जानकारी दिए ।

प्रातःभ्रमणमा निस्किएका स्थानीयवासीले दिएको सूचनाका आधारमा घटनास्थल पुग्दा उनीहरु झुण्डिएको अवस्थामा मृत फेला परेको गौशाला प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक राउतले चिकित्सक बोलाएरै घटनास्थलको प्रकृति मुचुल्का उठाई दुवै शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको जानकारी दिनुभयो । उनीहरु दुवै जना खोटाङ कारागार बसेर निस्किएको बुझिएको छ ।

बाँसबारीमा परिवारसँगै बस्दै आएका गिरी मजदूरी गर्दथे । आज बिहान उनकी श्रीमती र छोरा प्रहरीको सम्पर्कमा आएका थिए । गिरी सोमबार बेलुका पशुपति घुम्न जान्छु भनेर निस्किएको श्रीमतीको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक राउतले बताए ।

खोटाङ बस्दै आएकी दमाइँ काठमाडौँ आएको कारण भने खुलेको छैन । उनी काठमाडौँमा दिदी–भिनाजुकहाँ बसेको पाइएको प्रहरीले जनाएको छ । रासस

वि.सं.२०७६ भदौ १७ मंगलवार १५:४१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेकपा एसको महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट

नेकपा एसको महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशनका...

स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको सामाजिक आर्थिक...

 हात्तीको दारासहित तीन जना पक्राउ

 हात्तीको दारासहित तीन जना पक्राउ

वीरगञ्ज (पर्सा) । पर्सा प्रहरीले जङ्गली हात्तीको दारासहित तीन जनालाई...

सात सय १२ बोरा युरिया मल बरामद

सात सय १२ बोरा युरिया मल बरामद

वीरगञ्ज (पर्सा) । पर्सा प्रहरीले भारतबाट अवैध ढङ्गले भित्र्याएको १०...

जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु

जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी...

मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु, तीनजना घाईते

मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु, तीनजना घाईते

काठमाडौं । कन्चनपुरको महेन्द्रनगर र झापामा मोटरसाइकल दुर्घटनामा परि दुई...