back

चितवनमा डेङ्गु र स्क्रबटाइफसबाट चारको मृत्यु, ६२३ जनामा सङ्क्रमण

वि.सं.२०७६ भदौ १७ मंगलवार

105 

shares

१७ भदौ, चितवन । डेङ्गु र स्क्रबटाइफसबाट भरतपुर चितवन मेडिकल कलेजमा तीन र पुरानो मेडिकल कलेजमा एकसहित चारजनाको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार पछिल्लो पटक गैँडाकोटका २८ वर्षीय युवतीको स्क्रबटाइफसबाट पुरानो मेडिकल कलेज र अन्य तीन जनाको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । जसमध्ये गैँडाकोट स्थायी घर भई नारायणगढ बसोवास गर्ने ७१ वर्षीय वृद्धको डेङ्गुको कारण मृत्यु भएको हो । रौतहटबाट उपचारका लागि आएका ३४ वर्षीय पुरुषको स्क्रबटाइफस र शुक्रनगरकी १६ वर्षीया किशोरीको डेङ्गु र स्क्रबटाइफस सङ्क्रमणको कारण मृत्यु भएको केसीले जानकारी दिए ।

दुवै रोगको सङ्क्रमण बढ्दो छ । जिल्लाका अस्पतालमा साउनयता एक हजार ९०८ जनाको डेङ्गु परीक्षण गर्दा ६२३ जनामा सङ्क्रमण देखिएको केसीले बताए । जसमध्ये ४५५ जना चितवनका रहेका छन् । यसमध्ये पनि ४१४ जना भरतपुर महानगरपालिकाका रहेको उनको भनाइ थियो ।


महानगरमा सङ्क्रमण बढ्दै गएपछि सचेतनाका कार्यक्रमलाई तीव्र पारिएको छ । जसअन्तर्गत गत शनिबार सचेतना ¥याली निकालिएको थियो । दैनिक माइकिङ गर्ने, लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने जस्ता कार्य वडा तहसम्म भइरहेको महानगरले जनाएको छ । केसीका अनुसार स्क्रबटाइफसका बिरामीको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको छ । सङ्क्रमण बढ्दै गएपछि जिल्लाका अधिकांश अस्पताल भरिएका छन् । रासस

वि.सं.२०७६ भदौ १७ मंगलवार १७:२३ मा प्रकाशित

ध्रुवे हात्तीलाई रेडियोकलर जडान

ध्रुवे हात्तीलाई रेडियोकलर जडान

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियोकलर जडान...

संसदीय दलको विधान पुन: संरचना गर्ने रास्वपाको निर्णय

संसदीय दलको विधान पुन: संरचना गर्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान पुनःसंरचना...

अप्पर अरुणको पहुँचमार्गका लागि दुई वडाका दुई हजार रुख काटिने

अप्पर अरुणको पहुँचमार्गका लागि दुई वडाका दुई हजार रुख काटिने

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक...

लगानी सम्मेलन तयारी सम्बन्धमा विकास साझेदारसँग छलफल

लगानी सम्मेलन तयारी सम्बन्धमा विकास साझेदारसँग छलफल

काठमाडौँ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना...

कांग्रेस कार्यसम्पादन समितिको बैठक २९ गते बस्ने

कांग्रेस कार्यसम्पादन समितिको बैठक २९ गते बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मङ्सिर...

सेयर कारोबार बढेपनि नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

सेयर कारोबार बढेपनि नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...