back

सार्वजनिक बस चढ्दैहुनुहुन्छ ? बसमा यी तीन गल्ती गरेमा ५ हजार जरिवाना !

वि.सं.२०७६ भदौ १८ बुधवार

393 

shares
GLOBAL IME AD
NTC AD

१८ भदौ, काठमाडौँ । सार्वजनिक बसबाट सडकमा फोहोर फालेमा पाँच हजारसम्म जरिवाना हुने भएको छ । बसमा असभ्य तथा अमर्यादित भाषा प्रयोग गरेमा पनि ५ हजारसम्म जरिवाना हुने भएको छ । नक्कली परीचयपत्र देखाएर सुविधा प्रयोग गर्ने खोजेमा पनि अब कारबाही हुने भएको छ ।
संसद्मा छलफलका क्रममा रहेको काठमाडौँ उपत्यका सार्वजनिक यातायात प्राधिकरण गठन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको हो ।

सरकारले सार्वजनिक यातायातभित्र सहचालक, चालक तथा यात्रुसँग अमर्यादित भाषाको प्रयोग गरे १ देखि ५ हजारसम्म जरिवानाको व्यवस्था छ । सार्वजनिक बसमा यात्रुसँग अमर्यादित भाषा प्रयोग गरेमा पनि चालक तथा सहचालकलाई पनि ५ हजारसम्म जरिवाना हुने भएको छ ।

सार्वजनिक यातायातभित्र ज्येष्ठ नागरिक, अपांगता भएका तथा व्यक्ति, बालबालिका तथा यात्रुसँग अमर्यादित व्यवहार गरेमा १ देखि ५ हजारसम्म जरिवानाको व्यवस्था छ ।


नक्कली कार्ड देखाएमा पनि ५ हजारसम्म जरिवाना हुने भएको छ । विद्येयकको दफा १५ को (क) मा नपाउने सुविधा लिन प्रयत्न गरे कारबाही हुने व्यवस्था राखिएको हो । बुधबारको राजधानी दैनिकबाट

वि.सं.२०७६ भदौ १८ बुधवार ०८:३१ मा प्रकाशित

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

काठमाडौँ । लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली...

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

फेदीखोला मट्टीखानमा साढे ३८ करोडको खानेपानीको काम सुरु

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका स्थित मट्टीखानामा साढे ३८ करोडको...

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

भूमि सम्बन्धी ऐनको आठौँ संशोधनलाई परिमार्जन गर्ने काँग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको शुक्रवार बसेको बैठकले भूमि...

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : प्रचण्ड

गलकोट (बागलुङ) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष...

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

सीमाक्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न गृहमन्त्रीको निर्देशन

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले मधेश प्रदेशअन्तर्गत नेपाल र भारतीय...

परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जापान इन्टरनेसनल...