
१८ भदौै, काठमाण्डैं । एटिएम ह्याक गरी बैंकको पेैसा झिक्ने अन्तर्राट्रिय ह्याकर पक्राउ गर्न सपल नेपाल प्र्रहरी आफै साइबर हमलाकोे सिकार भएको छ । नेपाल प्र्रहरी प्र्रशिक्षण प्र्रतिष्ठानका कम्पयुटर ह्याक भएकोे हो ।
प्रहरी स्रोेतका अनुुसार ह्याकरले प्र्रतिष्ठानस्थितत प्र्रहरी अधिकृत क्याडेडका लागि तयार तालिम सामाग्री नै ह्याक गरेका छन् । जुन अत्यन्त गोप्य डकुमेन्ट हुन । फाइलभित्र राखिएको डकुमेन्ट खोल्न खोज्दा ह्याकरले फिरैती रकम प्रहरी स्रोतले जनायो ‘एकेडेमीको कम्पुटर ह्याक भएको रहेछ । फाइल ओपन गर्न खोज्दा फिरेती रकम माग्छ । यो गतिबिधि कहाँबाट कसरी भइरहेको छ कुनै भेउ पाउन सकिएको छैन ।
अनुसन्धान निकै जटिल देखिएको छ,’ सो्रतले भन्यो ।
कम्पयुुटर डकुमेन्ट ह्याक भएको तथ्य महिना दिनअघि थाहा पाएको हो । त्यसपछि घटना अनुसन्धान गर्न प्रतिष्ठानले प्रहरी प्रधान कार्यलयसिथत साइबर ब्युरोलाई जिम्मा लगाएको छ । तर, अनुसन्धान टुंगिएको छैन् । केह िदिनमै परिमाण आउने अपेक्षामा प्रहरी छ । बुधबारको नयाँ पत्रिकादैनिकबाट ।
वि.सं.२०७६ भदौ १८ बुधवार ०८:३९ मा प्रकाशित