back

खेल्लान् त युवानेता गगन थापा निर्देशक केसीको फिल्ममा ?

वि.सं.२०७६ भदौ १८ बुधवार

39 

shares

द्धन्द्ध निर्देशक हिमाल केसीले नेपाली कांग्रेसका युवा नेता गगन थापालाई फिल्ममा खेलाउन मन लागेको बताएका छन् । उनले यदि कुनै नेतालाई एक्सन फिल्ममा खेलाउने अवसर पाएमा उनको पहिलो रोजाई युवानेता गगन थापा हुने बताएका छन् । उनले गगन थापालाई फिल्ममा खेलाउन पाएमा फिल्म पनि सुपरहिट हुने विश्वास गरेका छन् ।

गगन थापालाई संवादसँगै एक्सन गरेको खुब जम्ने र थापा भित्रैदेखि बोल्ने हुनाले उनको बोल्ड आवाजले एक्सनलाई थप बलियो बनाउने पनि निर्देशक केसीले नयाँपत्रिका दैनिकसँग बनाएका छन् ।

‘उहाँ जोशका साथ तर, सोचेर बोल्नुहुन्छ । बोलका सबै लाइन उत्तिकै बलियो लाग्छ । त्यस किसिमको संवाद बोल्दै एक्सन गर्दा धेरै भिलेनको अगाडि उहाँ बलियो देखिन सक्नुहुन्छ ।’ उनले भनेका छन् ।

उनका अनुसार बलिउडका अभिनेता सन्नी देवलको जस्तै ‘भ्वाइस प्रिजेन्टेशन’ गर्न सकिने तथा संवादबोल्दै मुक्का प्रहार गरेको दृश्य सन्नी देवलझै गगन थापालाई पनि फिट हुन्छ ।

‘उहाँले उडेर भिलेनलाई किक हानिरहनु पर्दैन । दसौंजना भिलेनले समातेको अवस्थामा पनि उहाँले गर्जेर पावरफुल एक्सन दिँदा भिलेनहरु हावामा उडेको सुहाउँछ,’ निर्देशक केसीले भनेका छन्, ‘उहाँको उर्जा र एक्सनको प्रहार सँगसँगै भये भने दक्षिण भारतीय अभियनेताहरुभन्दा कम लाग्दैन । त्यसैले कुनै नेतालाई एक्सन सुहाउँछ भने त्यो गगन थापालाई मात्र हो ।’

वि.सं.२०७६ भदौ १८ बुधवार ०८:४६ मा प्रकाशित

‘के भयो तिमीलाई’ लिएर आए जितेन लेप्चा

‘के भयो तिमीलाई’ लिएर आए जितेन लेप्चा

काठमाडौं । गायक जितेन लेप्चाको नयाँ सांगीतिक कोसेली ’के भयो...

नेपाली खेलाडीको सम्मानमा हरिवंशले ल्याए यस्तो गीत

नेपाली खेलाडीको सम्मानमा हरिवंशले ल्याए यस्तो गीत

काठमाडौं । हास्यकलाकार हरिवंश आचार्यले नेपाली खेलाडीको सम्मानमा खेल गीत...

थारु समुदायको इतिहास र लोक संस्कृतिलाई यसरी संरक्षण गर्दैछन् मित्थु

थारु समुदायको इतिहास र लोक संस्कृतिलाई यसरी संरक्षण गर्दैछन् मित्थु

जानकी (बाँके) । मित्थु थारुले आइतबार बिहान गाभर भ्याली होमस्टेको...

स्वर सम्राट् नारायण गोपालका तीन सपना पूरा गरिँदै

स्वर सम्राट् नारायण गोपालका तीन सपना पूरा गरिँदै

  काठमाडौँ । महाराजगञ्ज, भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर पछाडिको...

चलचित्र फर्की–फर्की’को शुभमूहुर्त, बालीमा छायाङ्कन हुँदै

चलचित्र फर्की–फर्की’को शुभमूहुर्त, बालीमा छायाङ्कन हुँदै

ललितपुर । ललितपुरको बगलामुखी मन्दिरमा नेपाली कथानक चलचित्र ‘फर्की फर्की’...

‘पशुपति प्रसाद २ र भष्मे डन’पछि ‘पशुपति प्रसाद ३’ निर्माण गरिने

‘पशुपति प्रसाद २ र भष्मे डन’पछि ‘पशुपति प्रसाद ३’ निर्माण गरिने

काठमाडौँ । ‘पशुपति प्रसाद’को तेस्रो शृङ्खला निर्माण हुने भएको छ...