back

युरोप क्षेत्रिय सहसंयोजकमा आयरल्याण्डबाट शुक्र न्यौपानेको उम्मेदवारी

वि.सं.२०७६ भदौ १८ बुधवार

321 

shares
RBB AD
NTC AD

१८ भदौ, आयरल्याण्ड । गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप क्षेत्रिय सहसंयोजकमा शुक्र न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् ।

आगामी १५– १७ अक्टोबरमा काठमाण्डौंमा हुन गइरहेको संघको नवौं संम्मेलनका लागि आयरल्याण्डबाट न्यौपानेले युरोप क्षेत्रिय सहसंयोजकमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

एनआरएनए आयरल्यान्डको २००९–२०११ का अध्यक्ष रहेका न्यौपाने हाल गैरआवासीय नेपाली संघ अंतर्राष्ट्रिय समिती अन्र्तगत टुरिजम प्रवद्र्धन समितिका सदस्य एवं एनआएनए आयरल्यान्डको संरक्षक छन् ।

विगत १६ वर्षदेखी आयरल्यान्डमा विभिन्न समयमा विभिन्न पेशा व्यवसाय गरेर परिवारका साथ बसेका न्यौपाने नेपालदेखी नै व्यवसाय, समाजसेवा र बिद्यार्थी राजनीतिमा अनुभवी रहेका व्यक्तित्व हुन् ।

पोखरा महानगरपालिका वडा नम्बर ६ बैदाम (लेक साईड, जुन नेपालको दोश्रो ठूलो पर्यटकीय गन्तव्य पनि हो) मा जन्मिएका न्यौपाने सानैदेखी पारिवारीक होटल व्यवसाय देखी गार्मेन्ट उधोगसम्म र पछी आफ्नै ट्राभल एजेन्सी हुँदै हाल पनि आफ्नै होटल र अपार्टमेंट व्यवसायमा लगानी गरिरहेका छन् । नेपाली पर्यटन बजारमा नेपाली मौलिकता झल्कने गरी फार्म हाउस रिसोर्ट निर्माण गर्नेतर्फ १७ रोपनी जग्गा लिई सकिएको र काम अगाडी बढेको जानकारी समेत उम्मेदवार न्यौपानेले दिएका छन् ।

समाजसेवा तर्फ बैदामस्थित ताल बाराही उच्च माध्यामिक बिधालयको व्यवस्थापन समितीमा उपाध्यक्ष, पोखरा साईवर एसोसिएसनका संस्थापक एवं उपाध्यक्ष रही कार्यं गरेको अनुभव रहेको पनि बताउँछन् न्यौपाने ।

आयरल्यान्डको राजधानी डब्लिनदेखी ३ सय किलोमिटर टाढा कोर्क शहरलाई आफ्नो स्थाई बसोबास बनाएका न्यौपाने मोफसलमा रहेर पनि अन्य शहरमा पनि समाज स्थापनामा महत्वपूर्ण भूमिका खेल्न सफल भएका छन् । उनकै पहलमा कोर्क नेपाली समाज, लीमेरीक्क नेपाली समाज एवं गैरआवासीय नेपाली संघ स्थापनामा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्छन् न्यौपाने ।

गैरआवासीय नेपाली संघ आयरल्यान्डको स्थापनाकालदेखि मोफसलमा रहेर पनि उनको सक्रियताको उच्च मूल्यांकन हुनुपर्छ भन्छन्, यहाँका एनआरएनए अभियन्ताहरु । वर्तमान एनआरएन अध्यक्ष मिलन छन्त्याल भन्छन्, ‘उहाँको यो उम्मेदवारीमा मेरो व्यक्तिगत एवं वर्तमान समिती तथा आयरल्यान्डबासी सम्पूर्ण गैरआवासीय नेपालीको पूर्ण समर्थन एवं सहयोग रहने छ ।’

त्यस्तै निवर्तमान अध्यक्ष नवराज कोईराला पनि न्यौपानेलाई आफ्नो साथ र समर्थन रहेको बताउँछन् । ‘मेरो पनी युरोप उपसंयोजकमा उमेदवारी दिने चाहाना थियो तर उहाँको पूर्ण समर्थन गर्दै म पछाडी हटेर उहाँलाई सक्रियरुपमा सहयोग गर्ने निर्णयमा पुगेको छु ।’

त्यसैगरी गैरआवासीय नेपाली संघ आयरल्यान्डका पूर्बअधक्ष्यद्वय गणेश प्रसाईराजन काफ्लेको धारणा पनि सामान छ । उनीहरु भन्छन् ‘युरोप छेत्रीय उपसंयोजकमा उहाँको उम्मेदवारी स्वभाविक छ । उहाँजस्तो व्यक्तित्वले निर्वाचित हुन सके निश्चय नै उक्त पदको गरिमा बढाउन सक्ने हैसियत राख्नुहुन्छ । निरंतर रूपमा उहाँ सबै संघ संस्थाका हरेक कार्यक्रममा सधैं सक्रिय रूपमा लागी रहनु भएको छ अनि लागिरहनु हुनेछ ।’


कोर्क नेपाली समाजका अध्यक्ष लोकनाथ त्रिपाठी त्यस्तै पुराना क्षणहरु सम्झदै भन्छन्, ‘आयरल्याण्डका नेपाली समाजमा उहाँले पुर्याएको योगदान स्मरणीय छन् ।’
त्यस्तै लीम्रीक नेपाली समाजका संस्थापक अध्यक्ष राज थापा भन्छन्, ‘त्यसबेला सामाजिक भावनाको कमी र सानो संख्यामा नेपाली रहेका परीवेशमा पनि उहाँ गैरआवासीय नेपाली संघको अध्यक्ष रहदै गर्दा उहाँको प्रत्यक्ष संग्लग्नतामा हामी यो संस्था बनाउन सफल भयौं ।’ साथै वर्तमान अध्यक्ष लक्ष्मी पौडेल भन्छन्, ‘निरन्तर हामी समाजिक कार्यंमा संलग्न रहीरहेका छौं र उहाँको साथ हामीलाई निरन्तर रहेको छ ।

उनको उम्मेदवारीको पूर्ण समर्थन गर्दै प्रस्तावित आईसीसी सदस्य बिनोद कार्की र अध्यक्षपदका उपविजेता एवं पूर्वउपाध्यक्ष बसन्त न्यौपानेले पनि उनलाई विजय गराउन सम्पूर्ण यूरोप क्षेत्रका गैरआवासीय नेपालीलाई आव्हान गरेका छन् ।

वि.सं.२०७६ भदौ १८ बुधवार ०९:२५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सोनसिक कोरियाको अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न

सोनसिक कोरियाको अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न

सोल, कोरिया । नेपाली विद्यार्थी समाज, दक्षिण कोरिया (सोनसिक) ले...

केन्याको राजधानी नैरोबिमा राहदानी सम्बन्धि बिशेष क्याम्प

केन्याको राजधानी नैरोबिमा राहदानी सम्बन्धि बिशेष क्याम्प

काठमाडौं । केन्यामा रहेका नेपालीहरुका लागि राहदानी विशेष कार्यक्रमको आयोजना...

कीर्तिमानी बिनोद(बेन) को ‘मेरो गल्फ यात्रा’ सार्वजनिक

कीर्तिमानी बिनोद(बेन) को ‘मेरो गल्फ यात्रा’ सार्वजनिक

विजय थापा । अमेरिकाको ५० वटा राज्यका राजधानी ७ वटा...

एएनएमएफको २८ औ साधारण सभा सम्पन्न, अध्यक्ष बने विष्णु

एएनएमएफको २८ औ साधारण सभा सम्पन्न, अध्यक्ष बने विष्णु

अमेरिका । अमेरिका नेपाल मेडिकल फाउन्डेशन (एएनएमएफ) को २८ औ...

‘नेपाली अमेरिकन हेरिटेज डे’ का अवसरमा फिप्ना अमेरिकाको अन्तरक्रिया सम्पन्न

‘नेपाली अमेरिकन हेरिटेज डे’ का अवसरमा फिप्ना अमेरिकाको अन्तरक्रिया सम्पन्न

अमेरिका । नेपाल आदिवासी जनजाती महासंघ (फिप्ना) अमेरिकाको आयोजनामा जुममार्फत्...

कतारमा कार्यत नेपाली तथा उनका परिवारलाई ‘केएमसी’ अस्पतालमा ५० प्रतिशत छुट

कतारमा कार्यत नेपाली तथा उनका परिवारलाई ‘केएमसी’ अस्पतालमा ५० प्रतिशत छुट

काठमाडौँ । सङ्घीय सांसद डा सुनिलकुमार शर्माले कतारमा कार्यरत नेपाली...