back

शिक्षक लाईसेन्सको केही विवरण आफै थप्ने वा सच्याउन सकिने , समय भदौ २० गतेसम्म

वि.सं.२०७६ भदौ १८ बुधवार

111 

shares

१८ भदौ, काठमाडौँ । शिक्षक सेवा आयोगबाट गत जेठ २ गते प्रकाशित अध्यापन अनुमतिपत्रको विज्ञापन अनुसार दरखास्त फाराम भर्ने उमेद्वारहरुको प्रवेशपत्रमा कुनै फरक परेमा वा अपुरो भएको खण्डमा २० गतेसम्म यी कुराहरु (विवरण) आफैले सचयाउन सकिने आयोगले सूचनामा बताइएको छ ।

जसमा देवनागरीमा नाम, ठेगाना, शैक्षिक योग्यता , तालिम, तीनपुस्ते विवरण, फोटो र दस्तखत उम्मेद्वार आफैले सच्याउन सक्नेछन्

सच्याउँदा कुनै त्रुटी भएमा उममेद्वारी स्वमं नै जिम्मेवार हुनेछन् ।

यी बाहेकका अन्य विवरण सच्याउनुपर्ने भएमा tscapplication1@gmail.com   मा इमेल गर्न पनि सूचनामा भनिएको छ । जसमा विज्ञापन नम्बर, तह र विषय सच्याउनुपरेमा बैंक भौचर र शैक्षिक योग्यताको प्रमाणपत्र तथा अंग्रेजीमा नाम र जन्ममिति सच्याउनुपरेमा बैंक भौचर र नागरिकताको प्रमाणपत्र सहित इमेल गर्नुपर्नेछ ।

कसरी हेर्ने preview  ?

उम्मेद्वारले आयोगको वेबसाइटwww.tsc.gov.np खोली online application मा गई ‘प्रवेशपत्र’ लेखिएको बटनमा click गरेर आफ्नो भौचरमा रहेको एप्लिकेशन आइ.डी. मा मोबाइल नम्बर Entry गरी प्रवेशपत्रमा क्लिक गरी preview गर्न सकिनेछ ।

कसरी सच्याउने ?

सच्याउनका लागि www.tsc.gov.np खोली online application मा गई आफ्नो user ID र पासवर्ड टाइप गरी लग इन गरेपछि तपाईले पहिला भर्नुभएका विवरणहरु खुल्नेछन् र गल्ती भएका विवरण सच्याउन सकिनेछ ।

http://www.tsc.gov.np/doc/1567408941notice%20to%20Edit%20personal%20information.pdf

वि.सं.२०७६ भदौ १८ बुधवार ०९:३४ मा प्रकाशित

पछिल्लो समय शैक्षिक भ्रमणको प्रमुख गन्तव्य बन्दै गोरखा दरबार सङ्ग्रहालय

पछिल्लो समय शैक्षिक भ्रमणको प्रमुख गन्तव्य बन्दै गोरखा दरबार सङ्ग्रहालय

गोरखा । गोरखाको इतिहासको अध्ययन गर्ने थलोका रूपमा चिनिदै आएको...

सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्दै

सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्दै

वीरगन्ज । सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला वीरगन्ज...

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण...

त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे

त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे

प्रकाश सिलवाल, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातक...

विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

  भोजपुर । भोजपुरका विद्यालयमा प्राविधिक शिक्षा विद्यार्थीको रोजाइमा पर्न...

नेपाली सेनाद्वारा ३४ सयभन्दा धेरैका संख्यामा विभिन्न पदका लागि दरखास्त आह्वान

नेपाली सेनाद्वारा ३४ सयभन्दा धेरैका संख्यामा विभिन्न पदका लागि दरखास्त आह्वान

  काठमाडौँ । नेपाली सेनाले विभिन्न पदमा गरेर तीन हजार...