back

‘भुर्तेलथोक नेताहरुको भोट बैंकको रुपमा प्रयोग हुदै आएको छ’

वि.सं.२०७६ भदौ १८ बुधवार

195 

shares
RBB AD
NTC AD

१८ भदौ, पर्वत । पत्रकार निर्भीक नारायण भुर्तेलले पर्वतको पैयूँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोक भोट बैंकको रुपमा प्रयोग हुदै आएको बताएका छन् ।

मिलिजुलि आमा समुह शान्तिटोल भुर्तेलथोकको आयोजनामा भएको बृहत कार्यक्रममा बोल्दै भुर्तेलले सिंगो भुर्तेलथोक गाउँलाई विभिन्न पार्टीका नेताहरुले चुनावको बेला भोट माग्ने भोट बैंकको रुपमा प्रयोग गर्दै आएको बताएका हुन । पटक पटक भएको चुनावको बेला नेताहरुले भोट माग्न आउने, विभिन्न आश्वासन दिने तर गाउँका समस्यामा भने कुनै चासो नदेखाएको भुर्तेलको भनाई छ ।

पैयूँ गाउँपालिका वडा नम्बर ५ भुर्तेलथोकका वासिन्दा समेत रहेका भुर्तेलले सबै पार्टीका नेताहरु चुनावको बेला मात्र गाउँ आउने तर अरु बेला मुख समेत नदेखाउने गरेको आरोप लगाएका हुन । पैँयूगाउँपालिका वडा नम्बर ५ को जनसंख्या धेरै भएका कारण चुनाव जिन्न सजिलो हुने हदाँ यही आधार बनाएर नेताहरु भोट माग्न आउने र गाउँलेहरुलाई भोट बैंकको रुपमा प्रयोग गर्ने गर्दछन भुर्तेले भने ।

गाउँमा शिक्षा, स्वास्थ्य, खाने पानी, मोटरबाटो लगाएतका संवेदनशिल विषयमा ठुलो समस्या रहेको र यसैको फाईदा उठाउदै चुनावको बेला विभिन्न आश्वासन दिएर चुनाव जित्ने तर पछि कुनै पनि काम नगरेको भुर्तेलको आरोप छ ।

भुर्तेलथोकमा रहेको दलित बस्ति अत्यन्तै जोखिमपूर्ण ठाउँमा छ । त्यहाँ रहेका घरका पिडीबाट खसेमा करिब हजार मिटर तल पुगिन्छ, बाच्ने कुनै आश छैन तर त्यो बस्ति स्तान्तरणको लागि वडा र गाउँपालिकाले समेत कुनै चासो नदेखाएकोमा भुर्तेलले चिन्ता प्रकट गरेका छन । चुनावको बेला पैसा बाड्ने,पाठा, पाडा काट्ने, रक्सि र केही बोरा चामल दिने तर दलित बस्तिको अवस्थाको बारेमा कुनै मनन र चिन्तन कसैले पनि नगरेकाले उनिहरु दैनिक मदिरा सेवन गर्ने, माग्न जाने गरेका छन । वस्तिका अधिकांकस मानिसहरु माग्न जाने र मागेर खाने बानि परेका छन । कम शिक्षा भएका अभिभावकका कारण स– साना १५÷२० जना बाल बच्चाहरु समेत स्कुल नजाने भुर्तेलले बताए । अब त्यो वस्ति सार्न तर्फ हामीले सोच्नु पर्दछ भुर्तेले भने उनिहरुलाई अन्यन्त्र सारेर राखेमा बच्चाहरुको भविश्य समेत राम्रो हुनेछ ।

दलित वस्तिको समस्या मात्र नभएर समग्र गाउँको विकास हुन सकेको छैन त्यसको कारण भुर्तेलबासी सबै एक जुट हुन नसकेर हो । सबैमा अहमता र यो पार्टी र त्यो पार्टीको मान्छे भन्ने भावनाको विकास भएको र काम गर्न खोज्नेलाई काम गर्न नदिएको कारण गाउँ पछि परेको भुर्तेलको भनाई छ ।

उनले गाउँको सम्रग विकास गर्न सबै एक जुट भएर लाग्नुको कुनै विकल्प नभएको बताएका छन । उनले गाउँका दाजुभाई बिच राजनिति गर्ने हैन राजनिति गर्नेहो भने अन्य ठाउँसंग गरौ भन्दै गाउँमा राजनिति पार्टीका नेता हौ भन्ने केही व्याक्तिका कारण विकास हुन नसकेको बताए । गाउँमा धेरै अनियमिता गाउँका दाजुभाई बिच एकता हुन नसकेको कारण नै अन्य ठाउँहरु भन्दा वडा नम्बर ५ पछि परेको भन्दै भुर्तेलले सबैलाई मिलेर अगाडी बढी विकास गर्न आग्रह गरेका छन ।

सबै मिलेर वडा, गाउँपालिका र सरकारलाई दबाव दिने हो भने गाउँको विकास गर्न कोही कसैले रोकेर नरोकिने उनले बताए । पछिल्लो समय गाउँपालिकाबाट विनियोजि हुने धेरै बजेटमा अनियमिता भएको कारण पैयूँका युवाहरु अब एक जुट भएर अगाडी बढी भष्टाचारलाई निर्मूल पार्न सबै युवाहरुलाई समेत आग्रह गरेका छन् ।

वि.सं.२०७६ भदौ १८ बुधवार १०:२० मा प्रकाशित

NLIC AD
NABIL bank AD
बुटवलको डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड क्षतिको अनुमान

बुटवलको डेल्टा कम्प्लेक्समा भएको आगलागीबाट ५० करोड क्षतिको अनुमान

लुम्बिनी । बुटवल उपमहानगरपालिका-८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार...

मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा, आगलागीबाट करोडौँको क्षति

मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा, आगलागीबाट करोडौँको क्षति

लुम्बिनी । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा बिहिवार साँझदेखि लागेको...

दुबईमा बीस वर्ष बसेर फर्किएका वलीले भैँसी पालनबाट मासिक तीन लाख भन्दा बढी आम्दानी गर्छन्

दुबईमा बीस वर्ष बसेर फर्किएका वलीले भैँसी पालनबाट मासिक तीन लाख भन्दा बढी आम्दानी गर्छन्

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका –६ बचाहामा बाबुराम वलीले विगत तीन...

मुसहरका बालबालिका अझै पनि विद्यालय शिक्षाबाट वञ्चित छन्

मुसहरका बालबालिका अझै पनि विद्यालय शिक्षाबाट वञ्चित छन्

मर्चवार (रुपन्देही) । संविधानमा माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क पाउने हकलाई...

प्रदेश सरकारले कृषिक्षेत्रलाई प्राथमिकता दिने

प्रदेश सरकारले कृषिक्षेत्रलाई प्राथमिकता दिने

सिद्धार्थनगर (रुपन्देही) । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२...

अन्धकार बस्तीमा विद्युत् पुर्‍याउने अभियानमा प्राधिकरण

अन्धकार बस्तीमा विद्युत् पुर्‍याउने अभियानमा प्राधिकरण

तुलसीपुर (दाङ) । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत्...