back

लिबियाली जलक्षेत्रबाट आप्रवासीको उद्धार

वि.सं.२०७६ भदौ १८ बुधवार

180 

shares
RBB AD
NTC AD

१८ भदौ, त्रिपोली । लिबियाली जलसैनिकले सोमबार मुलुकको पश्चिमी तटीय जलक्षेत्रबाट १०० भन्दा बढी अवैध आप्रवासीलाई उद्धार गरेको छ ।
जलसैनिकका प्रवक्ता अयुब क्वासमका अनुसार जलसैनिकले सब्राथा जलक्षेत्रबाट करिब २७ किलोमिटर टाढा रबरको डुङ्गामा सबार १०८ जना आप्रवासीलाई उद्धार गरेको थियो ।
उद्धार गरिएकाहरुमा अरब र अफ्रिकी मुलुकका नागरिक रहेका छन् जसमा १३ जना महिला र आठ जना बालबालिका रहेका छन् ।
प्रवक्ता क्वासमले उद्धार गरिएका आप्रवासीको सामान्य स्वास्थ्य परीक्षण पश्चात् अध्यागमन कार्यालयमा बुझाइएको जानकारी दिए ।
युरोप प्रवेश गर्न चाहने आप्रवासीले भूमध्यसागर पार गर्न लिबियाको बाटो रोज्ने गरेका छन् । निकै जोखिमपूर्ण यस जलक्षेत्रमा परेर बर्से्नि ठूलो संख्यामा आप्रवासीको मृत्यु समेत हुने गरेको छ ।
राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चायोगको कार्यालयले गत साता लिबियाको पश्चिमी तटीय क्षेत्रमा ४० जना सबार एउटा डुङ्गा दुर्घटना भएको र त्यसमा सबार सबै बेपत्ता भएको जनाएको छ । (सिन्ह्वा)

वि.सं.२०७६ भदौ १८ बुधवार १२:०१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
युक्रेनका ११४ ड्रोन निष्क्रिय बनाएको रूसको दावी

युक्रेनका ११४ ड्रोन निष्क्रिय बनाएको रूसको दावी

मस्को । रूसले युक्रेनले रातारात प्रक्षेपण गरेको ११४ वटा ड्रोनलाई...

भारतमा विषाक्त मदिरा पिउँदा ३४ जनाको मृत्यु, सयभन्दा बढी अस्पताल भर्ना

भारतमा विषाक्त मदिरा पिउँदा ३४ जनाको मृत्यु, सयभन्दा बढी अस्पताल भर्ना

मुम्बई । भारतमा विषाक्त अवैध रक्सीको सेवनबाट कम्तिमा ३४ जनाको...

रूस र कोरियाबीच सम्झौता, जापानको गम्भीर रूपमा चिन्ता

रूस र कोरियाबीच सम्झौता, जापानको गम्भीर रूपमा चिन्ता

टोकियो । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको सैन्य र...

दिल्लीका सडकपेटीमा उद्यम गर्नेहरू (भिडियो रिपोर्ट)

दिल्लीका सडकपेटीमा उद्यम गर्नेहरू (भिडियो रिपोर्ट)

नयाँ दिल्ली । पछिल्लो १५ दिनदेखि भारतको राजधानी नयाँदिल्लीको तापमान...

उत्तर कोरियासँगको रक्षा सम्झौतामा हस्ताक्षरपछि पुटिन भियतनाममा

उत्तर कोरियासँगको रक्षा सम्झौतामा हस्ताक्षरपछि पुटिन भियतनाममा

हनोई । उत्तर कोरियाली नेता किम जोङ उनसँग पारस्परिक रक्षा...

स्वतन्त्र पत्रकार र महिला अधिकारकर्मी तत्काल रिहा गर्न चीनसँग अमेरिकाको माग

स्वतन्त्र पत्रकार र महिला अधिकारकर्मी तत्काल रिहा गर्न चीनसँग अमेरिकाको माग

वासिङ्टन डिसी । संयुक्त राज्य अमेरिकाले स्वतन्त्र पत्रकार र महिला...