back

उखु किसानले भुक्तानी पाए

वि.सं.२०७६ भदौ १८ बुधवार

102 

shares

१८ भदौै, विराटनगर । इस्टर्न सुगर मिल अमाहीबेलहा सुनसरीले यसवर्ष एक लाख छ हजार ७६ क्वीन्टल चिनी उत्पादन गरेको जनाएको छ । मिलले सो परिमाणको चिनी उत्पादन गर्न सुनसरी, मोरङ र झापाका करीब तीन हजार उखु किसानबाट ११ लाख ७८ हजार ६२५ क्वीन्टल उखु खरीद गरेको थियो ।
उखु किसानलाई मिलले प्रति क्वीन्टल रु ४४१.२८ का दरले रु ५२ करोड एक लाख तीन हजार ५४० भुक्तानी गरेको मिलका प्रबन्धक सुरेश मेहताले जानकारी दिए । गएको वर्षमा सरकारले रु ५०६.२८ प्रति क्वीन्टल मूल्य निर्धारण गरको थियो भने सरकारले प्रति क्वीन्टल रु ६५ व्यहोर्ने भनिएको थियो ।
मिलबाट सबै किसानले उखुको भुक्तानी पाए पनि सरकारले व्यहोर्ने भनेको रकम रु सात करोड ६६ लाख १० हजार ६२५ भुक्तानी हुन बाँकी रहेको प्रबन्धक मेहताले जानकारी दिए । नगदेबालीको रुपमा रहेको उखु सुनसरी मोरङमा करीव पाँच हजार बिगाहा जग्गामा हुने गरेको छ भने यसवर्ष झापाबाट करीब १० हजार क्वीन्टल उखु मिलमा आएको बताइएको छ । रासस

वि.सं.२०७६ भदौ १८ बुधवार १२:२० मा प्रकाशित

बसको ठक्करबाट दुई जनाको मृत्यु

बसको ठक्करबाट दुई जनाको मृत्यु

लुम्बिनी । रूपन्देहीको लुम्बिनीमा स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान...

किसानको गुनासो-कफीले प्रतिफल दिएन

किसानको गुनासो-कफीले प्रतिफल दिएन

गुल्मी । चिसो मौसम सुरु भएसँगैै गुल्मीका कफी किसानलाई चिन्ता...

बसकोे ठक्करबाट पैदल यात्रीको मृत्यु

बसकोे ठक्करबाट पैदल यात्रीको मृत्यु

जानकी (बाँके) । बाँकेको पूर्वपश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट पैदल...

बुटवलमा सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा कुटिए

बुटवलमा सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा कुटिए

लुम्बिनी । अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर...

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

लुम्बिनी । अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर...

देवचुलीमा माओवादीको प्रशिक्षण कार्यक्रम सम्पन्न

देवचुलीमा माओवादीको प्रशिक्षण कार्यक्रम सम्पन्न

नवपुर । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र को अगुवा कार्याकर्ता...