back

मणि भुर्तेलले दिए नेपाली समाज युएईको अध्यक्षमा उम्मेदवारी

वि.सं.२०७६ भदौ १८ बुधवार

225 

shares
RBB AD
NTC AD

दुबई । सन् १९९० तिर स्थापना भएको नेपाली समाज युएई अहिले २९ औं बसन्तमा प्रवेश गर्ने क्रममा फेरि एक पटक १४ औं अधिवेशनको चहल पहलमा आई पुगेको छ ।

युएईको ईतिहासमै सबैभन्दा पुरानो र छाता संस्थाको रुपमा परिचिय पाएको छ यो संस्थाले । अधिवेशन नजिकिदै जांदा समाजमा उम्मेदवारीहरुको पद दावेदारीका लागि व्यस्तता बढ्न थालेका छन् । यो अधिवेशन -(२०१९–२०२१) दुई बर्षे कार्यकालका लागि अध्यक्ष, पार्षद अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, महासचिव, सचिव र सदस्य पदका लागि हुन लागेको हो ।


यहि आउने ६ सेप्टेम्बर शुक्रबारका दिन दुबईमा हुन गई रहेको नेपाली समाज युएईको अधिवेशनमा अध्यक्ष पदका लागि मणि भुर्तेलले आफ्नो उम्मेदवारी दिएका छन् । उनले उक्त पदको उम्मेदवारी गएको २३ अगष्टका दिन विधिवत रुपमा दर्ता गरेका हुन् । अध्यक्ष पदका लागि जम्मा दुई जनाको मात्र उम्मेदवारी परेको छ । अर्को उम्मेदवारी गोविन्द ढकालको रहेको छ ।
वैदेशिक रोजगारीका सिलसिलामा १७ बर्ष पहिले युएई छिरेका भुर्तेल कुशल समाजसेवीको रुपमा चिनिन्छन् । सन् २०१३ मा पर्वत सेवा समाज युएईको संस्थापक अध्यक्ष पदमा रहेर कार्य गरिसकेका छन् भने २०१५ देखि २०१७ सम्म नेपाली समाज युएईको महासचिवको पदमा रहेर आफ्नो जिम्मेवारी पूरा गरेका छन् ।

त्यसैगरी २०१४ देखि १७ सम्म जिल्ला परिषदको संयोजकको पदमा समेत काम गरिसकेका उनी अन्य विभिन्न संघ संस्थाहरुमा पनि सदस्य र सल्लाहकारको रुपमा क्रियाशिल छन् ।

शान्त स्वभाव, अति नै सहयोगी र हसिलो मुहारका मणि भुर्तेल यसपालिको अधिवेशनमा अध्यक्ष पदको दावेदारीमा छन् । ‘लामो समयदेखि मैले विभिन्न संघ संस्थाहरुमा विभिन्न पदहरुमा कार्य गरे, अब भने नेपाली समाज युएईको अध्यक्ष पदमा रहेर सेवा गर्न मौका पाउनु पर्छ ।’ भुर्तेल भन्छन् ।

सामाजिक कार्यमा अनुभवी भएका कारण उनले एक पटकका लागि मौका दिन पनि सबैसामु अनुरोध गरेका छन् ।

प्रथम संयुक्त बुद्धजयन्तीको परिकल्पनाकार सदस्य, भुकम्प जादा विभिन्न समितिमा रहेर काम गरेको, दोश्रो सयुक्त बुद्धजयन्ती, तराइमा बाढी आउँदा सहयोग सयन्त्रमा रहेर काम गरेको, साउदीको जेलमा रहेका थानेश्वर भुसाल बचाउ अभियानका अभियान्ता, युएईमा रहेका सक्रिय सस्थाहरुसँगको सहकार्य ऐक्यवद्धताका सुत्रधार, पर्बत समाज युएईको सस्थापक अध्यक्ष, जिल्ला परिषद् सयोजक, नेपाली समाजको निबर्तमान महसचिब, युएइमा रहेका पत्रकारहरुलाई परेको समस्यामा सयन्त्रमा रहेर आर्थिक बिभाग प्रमुख रहेर काम गरेको तथा नेपाली समाज यु ए इको महासचिब मा रहँदा कल्याणकारी कोषको मुख्य परिकल्पनाकार रहेर समाजसेवामा निरन्तर लागेको पनि भुर्तेलले संसारन्युजलाई बताएका छन् ।

शान्त स्वभाव, अति नै सहयोगी र हसिलो मुहारका मणि भुर्तेल यसपालिको अधिवेशनमा अध्यक्ष पदको दावेदारीमा छन् । ‘लामो समयदेखि मैले विभिन्न संघ संस्थाहरुमा विभिन्न पदहरुमा कार्य गरे, अब भने नेपाली समाज युएईको अध्यक्ष पदमा रहेर सेवा गर्न मौका पाउनु पर्छ ।’ भुर्तेल भन्छन् ।

सामाजिक कार्यमा अनुभवी भएका कारण उनले एक पटकका लागि मौका दिन पनि सबैसामु अनुरोध गरेका छन् ।

वि.सं.२०७६ भदौ १८ बुधवार १३:२१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सोनसिक कोरियाको अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न

सोनसिक कोरियाको अन्तरराष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न

सोल, कोरिया । नेपाली विद्यार्थी समाज, दक्षिण कोरिया (सोनसिक) ले...

केन्याको राजधानी नैरोबिमा राहदानी सम्बन्धि बिशेष क्याम्प

केन्याको राजधानी नैरोबिमा राहदानी सम्बन्धि बिशेष क्याम्प

काठमाडौं । केन्यामा रहेका नेपालीहरुका लागि राहदानी विशेष कार्यक्रमको आयोजना...

कीर्तिमानी बिनोद(बेन) को ‘मेरो गल्फ यात्रा’ सार्वजनिक

कीर्तिमानी बिनोद(बेन) को ‘मेरो गल्फ यात्रा’ सार्वजनिक

विजय थापा । अमेरिकाको ५० वटा राज्यका राजधानी ७ वटा...

एएनएमएफको २८ औ साधारण सभा सम्पन्न, अध्यक्ष बने विष्णु

एएनएमएफको २८ औ साधारण सभा सम्पन्न, अध्यक्ष बने विष्णु

अमेरिका । अमेरिका नेपाल मेडिकल फाउन्डेशन (एएनएमएफ) को २८ औ...

‘नेपाली अमेरिकन हेरिटेज डे’ का अवसरमा फिप्ना अमेरिकाको अन्तरक्रिया सम्पन्न

‘नेपाली अमेरिकन हेरिटेज डे’ का अवसरमा फिप्ना अमेरिकाको अन्तरक्रिया सम्पन्न

अमेरिका । नेपाल आदिवासी जनजाती महासंघ (फिप्ना) अमेरिकाको आयोजनामा जुममार्फत्...

कतारमा कार्यत नेपाली तथा उनका परिवारलाई ‘केएमसी’ अस्पतालमा ५० प्रतिशत छुट

कतारमा कार्यत नेपाली तथा उनका परिवारलाई ‘केएमसी’ अस्पतालमा ५० प्रतिशत छुट

काठमाडौँ । सङ्घीय सांसद डा सुनिलकुमार शर्माले कतारमा कार्यरत नेपाली...