back

गाँजाको बोट नष्ट गर्ने अभियानमा लायन्स क्लब

वि.सं.२०७६ भदौ १८ बुधवार

90 

shares

१८ भदौ, बनेपा । लायन्स क्लब अफ काठमाडौँ टेम्पल पिस इन्द्रेवरको आयोजना तथा सङ्घीय प्रहरी गुल्म पनौती र पनौती प्रहरी चौकीको समन्वयमा पुन्यमाता करिडोर आसपासमा भएका गाँजाको बोट नष्ट गरिएको छ ।
पनौती आसपासलगायत विशेषगरी पुन्यमाता करिडोर छेउछाउमा गाँजाको बोट झाङ्गिन थालेपछि त्यसलाई नष्ट गर्न क्लबले अभियान थालनी गरेको क्लबका अध्यक्ष रामकुमार बस्नेतले बताए । “युवा पुस्तामा लागुऔषध प्रयोगको कुलतले समाजमा भइरहेको विकृतिलाई निर्मूल पार्ने उद्देश्यले सामाजिक संस्था र प्रहरी प्रशासनको सहयोगमा गाँजाको बोट नष्ट गरेका हौँ”, बस्नेतले भने, “हामीले पहिलो चरणमा पनौती पशुपतिनाथ मन्दिर परिसरदेखि सङ्घीय प्रहरी गुल्म प्रदेश नं ३ पनौती ठाडोबाटोसम्मको करीब एक किलोमिटरभित्रका पुन्यमाता करिडोर आसपासका गाँजाका बोट नष्ट गरेका छौँ ।”

अभियानमा सङ्घीय प्रहरी गुल्म प्रदेश नं ३ पनौती ठाडोबाटोका गुल्मपति र प्रतिनिधि, पनौती प्रहरी चौकीका प्रमुखलगायतका प्रतिनिधि, लायन्स क्लब अफ काठमाडौँ जोन प्रेसिडेन्ट भोला थापा तथा क्लबका प्रतिनिधिलगायत स्थानीय समाजसेवीको उल्लेख्य उपस्थिति रहेको थियो । आगामी दिनमा नगरका मुख्य क्षेत्रमा भएका गाँजाका बोट नष्ट गर्दै जाने उनले बताए । (रासस)

वि.सं.२०७६ भदौ १८ बुधवार १३:५९ मा प्रकाशित

काभ्रेमा एचआइभी एड्सविरुद्ध सचेतना

काभ्रेमा एचआइभी एड्सविरुद्ध सचेतना

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोककमा विश्व एड्स दिवसका अवसरमा आज बनेपाका विद्यार्थीलाई...

एचआइभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छ : स्वास्थ्यमन्त्री बस्नेत

एचआइभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एचआइभी नियन्त्रणमा नेपालले...

छोराको कुटपिटबाट बुबाको मृत्यु

छोराको कुटपिटबाट बुबाको मृत्यु

रसुवा । उत्तरी रसुवामा छोराले गए राति कुटपिट गरी बुबाको...

एचआइभी सङ्क्रमित आदिवासी जनजाति महिलाको अध्ययन हुँदै

एचआइभी सङ्क्रमित आदिवासी जनजाति महिलाको अध्ययन हुँदै

भादगाउँ । एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको यौन तथा...

आज ३६औँ विश्व एड्स दिवस मनाइँदै

आज ३६औँ विश्व एड्स दिवस मनाइँदै

काठमाडौँ । आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा...

जातीय भेदभाव अन्त्य गर्ने नेपालको प्रतिबद्धता

जातीय भेदभाव अन्त्य गर्ने नेपालको प्रतिबद्धता

काठमाडौँ । नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक...