back

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०७६ भदौ १८ बुधवार

339 

shares
RBB AD
NTC AD

१८ भदौ,धादिङ । धादिङमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मानव बेचविखन बिरुद्धको १३औँ राष्ट्रिय दिवस २०७६ को अवसरमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मानव बेचविखनको अवस्था‚ रोकथाम लगायतका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङ परिसरमा सम्पन्न उक्त कार्यक्रममा जिल्लामा मानव बेचबिखनको अवस्था, रोकथाम लगायतका विविध विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

कार्यक्रममा धादिङ जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा‚ जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवार‚ जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु‚ सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र काठमाडौंका डा.प्रेम राज वैद्य, लेजर थेरापि क्लिनिक जावलाखेल काठमाडौंका डा.सुशिला वैद्य, समुदाय–प्रहरी साझेदारीका जिल्ला, पालिका, वडा, टोल समितिका प्रतिनिधि, स्थानिय जनप्रतिनिधि, जेष्ठ नागरिक, संचारकर्मी, स्थानीय भद्रभलादमी लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी जिल्ला प्रहरी कार्यालय धादिङ मातहतका इकाइहरु समेतमा मानव बेचविखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि छलफल,अन्तरक्रिया एवम् जनचेतनामूलक कार्यक्रम मंगलबार संचालन भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

वि.सं.२०७६ भदौ १८ बुधवार १४:२४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेकपा एसको महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट

नेकपा एसको महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशनका...

स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको सामाजिक आर्थिक...

‘निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी’

‘निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय...

आगलागीबाट डेल्टा कम्प्लेक्सको ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान

आगलागीबाट डेल्टा कम्प्लेक्सको ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान

लुम्बिनी । बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार...

वाग्द्वारमा नित्य पूजा गर्दै आएका पुजारी निकाल्न लागेकामा स्थानीयवासीको आपत्ति

वाग्द्वारमा नित्य पूजा गर्दै आएका पुजारी निकाल्न लागेकामा स्थानीयवासीको आपत्ति

काठमाडौँ । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीको मुहानस्थल वाग्द्वार...

आयुर्वेद चिकित्सालयद्वारा सेवा विस्तार

आयुर्वेद चिकित्सालयद्वारा सेवा विस्तार

चितवन । बागमती प्रदेश सरकारअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रत्ननगरले...