back

महिला फुटबल टोलीलाई बिदाइ

वि.सं.२०७६ भदौ १८ बुधवार

42 

shares

१८ भदौ, काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कीर्गिस्तानमा आयोजना हुने ‘नादेज्दा कप २०१९’ फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली महिला फुटबल टोलीलाई आज बिदाइ गरेको छ ।एन्फा अध्यक्ष कर्मा्छिरिङ शेर्पा, राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव रमेश सिलवाललगायत एन्फा पदाधिकारीले १८ खेलाडीसहित २४ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे । सो टोली बिहीबार कीर्गिस्तान प्रस्थान गर्नेछ ।

उक्त कपका लागि आयोजक कीर्गिस्तानसहित नेपाल, उज्वेकिस्तान र ताजिकिस्तानले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालले आयोजक कीर्गिस्तानसँग यही भदौ २२ गते खेल्दै प्रतियोगिता उद्घाटन गर्नेछ । त्यस्तै नेपालले दोस्रो खेल यही भदौ २३ गते उज्वेकिस्तानसँग र २४ गते ताजिकिस्तानसँग खेल्नेछ । लिगचरणको खेलपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । प्रतियोगिताको अन्तिम चरणको भदौ २६ गते हुनेछ ।
सहभागी १८ सदस्यीस्य टोलीमा एन्जिलातुम्बापो सुब्बा, अञ्जना राना मगर, पुनम जर्घामगर, हीराकुमारी भुजेल, अम्रिता जैसी, दीपा राई, रेनुका नगरकोटी, अनिता बस्नेत, मञ्जलीकुमारी योञ्जन, सरु लिम्बू, सावित्रा भण्डारी, नीरु थापा, रेखा पौडेल, अनिता केसी, गीता राना, कविता धिमाल, विमला चौधरी र इन्दिरा राई छन् ।
त्यसैगरी अन्य सहभागीमा मुख्य प्रशिक्षक प्रशिक्षक हरि खड्का, सहायक प्रशिक्षक अरुणा गुरुङ, गोलरक्षक प्रशिक्षक अस्मिता खवास, फिजियोथेरापीस्ट नविना श्रेष्ठ, टोली चिकित्सक डङ्गोल महर्जन र व्यवस्थापक पेमाडङ्गोल लामा छन् । (रासस)

वि.सं.२०७६ भदौ १८ बुधवार १५:०३ मा प्रकाशित

हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता

हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल प्रतियोगिता

मनहरी । बागमती प्रदेशको राजधानी हेटौँडामा आजदेखि एसिया ओपन बुद्धिचाल...

लेडी जेसिज कप राष्ट्रिय महिला फुटबलको उपाधि धनगढीलाई

लेडी जेसिज कप राष्ट्रिय महिला फुटबलको उपाधि धनगढीलाई

चितवन । अल स्टार स्पोर्टस् एकेडेमी धनगढीले चितवनमा सम्पन्न लेडी...

क्रस कन्ट्री दौड प्रतियोगिताका लागि चार्टर विमानमार्फत पोखरा आइपुगे चिनियाँ खेलाडी

क्रस कन्ट्री दौड प्रतियोगिताका लागि चार्टर विमानमार्फत पोखरा आइपुगे चिनियाँ खेलाडी

कास्की । पोखरामा शनिबारदेखि सञ्चालन हुने नेपाल–चीन मैत्रीपूर्ण अन्तर्राष्ट्रिय पर्वतीय...

फिफा विश्वकप छनोट : नेपाल आज यमनसँग खेल्दै

फिफा विश्वकप छनोट : नेपाल आज यमनसँग खेल्दै

काठमाडौँ । फिफा विश्वकप छनोट २०२६ र एसियन कप २०२७...

विश्वकप उपाधिका लागि अष्ट्रेलियालाई २४१ रनको लक्ष्य

विश्वकप उपाधिका लागि अष्ट्रेलियालाई २४१ रनको लक्ष्य

काठमाडौँ । आईसिसि एकदिवसीय क्रिकेट विश्वकप, २०२३ को उपाधिका लागि...

हालसम्मकै सर्वाधिक ठूलो राशि पुरस्कार भएको गोल्डकप प्रतियोगिता हुने

हालसम्मकै सर्वाधिक ठूलो राशि पुरस्कार भएको गोल्डकप प्रतियोगिता हुने

सिमकोट, (हुम्ला) । हुम्लामा पहिलो पटक हालसम्मकै सर्वाधिक ठूलो राशि...