back

तीन महीनादेखि मार्तडी–कोल्टी सडक खुलेन सवारीसाधन ठप्प

वि.सं.२०७६ भदौ १८ बुधवार

117 

shares

१८ भदौ, मार्तडी जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक लगातारको अविरल वर्षाका कारण अवरुद्ध भएको तीन महीना बित्दा पनि अझै खुलेको छैन ।

लगातारको वर्षाका कारण उक्त सडकसहित विभिन्न ग्रामीण सडक अवरुद्ध बनेका छन् । मार्तडीबाट कोल्टीसम्म दैनिकरूपमा सञ्चालन हुँदै आएका मालवाहक र अन्य सवारीसाधन ठप्प भएका छन् । दैनिकरूपमा चल्ने मार्तडी–कोल्टी सडक अवरुद्ध बनेपछि उत्तरी भेगमा स्थानीय पैदलयात्रा गर्न बाध्य भएका छन् ।

सो सडकमा ठाउँ–ठाउँमा वर्षाले गर्दा पहिरो आएर अवरुद्ध बन्दै गएको हो । दैनिकरूपमा पानी पर्न थालेपछि मार्तडी–कोल्टी सडकमा पर्ने बाउली खोला र अनै खोला, जिल्ली र रजातोलीमा रहेका खहरे खोलामा बाढी आई सडकमा पहिरो आएपछि उक्त क्षेत्रमा चल्ने मालवाहक तथा जीपहरु बन्द भएको जयमालिका यातायात बाजुराका उपाध्यक्ष पृथ्वी रावलले बताएका छन् ।

उनले लगातारको वर्षाका कारण जीपहरु उत्तरी भेगमा सञ्चालनमा नआएकाले व्यवसायी मारमा परेको बताउनुभयो । पानी आएपछि माथिबाट पहिरो खस्ने भएकाले मार्तडी–घटमुना सडकसमेत अवरुद्ध बनेको उपाध्यक्ष रावलको भनाइ छ । यस्तै ग्रामीण भेगमा काटिएका सडक पनि अवरुद्ध बन्दै गएका छन् ।

मार्तडी–कोल्टी सडक अवरुद्ध हुँदा उत्तरी भेगका स्थानीयले सास्ती भोग्दै आएका छन् । बाटो अप्ठ्यारो भएकाले आवतजावत गर्न निकै कठिन हुने गरेको यात्रुको गुनासो रहेको छ । सडक समयमै निर्माण नहुँदा यहाँका स्थानीय वर्षायाममा पैदलयात्रा गर्न छन् । जथाभावीरूपमा खनिएका सडकले जिल्लामा पहिरोको उच्च जोखिम रहेको जिल्ला दैवी प्रकोप उद्धार समिति बाजुराको तथ्याङ्कमा रहेको छ ।

सदरमुकाम जोड्ने मुख्य सडकम साँफे–मार्तडी राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्ने गरेको छ । पानी आएका बेलामा ठूलो पहिरो आए मात्र सडक अवरुद्ध हुनसक्ने प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताएका छन् ।

प्राविधिकरूपमा चेकजाँच नै नगरी काटिएका सडकले पहिरो निम्त्याउने भएपछि जिल्लावासी त्रसित बन्दै गएका छन् । बडीमालिका नगरपालिका र बूढीनन्दा नगरपालिका जोड्ने मार्तडी–कोल्टी सडकलाई सुदूरपश्चिम प्रदेश सरकारले गौरवको आयोजनामा रूपमा प्रथामिकता दिएको छ । सडक निर्माणका लागि प्रदेश सरकारले दुई पटक बजेट छुट्याउँदा पनि निर्माण हुन सकेको छैन । रासस

वि.सं.२०७६ भदौ १८ बुधवार १५:२९ मा प्रकाशित

रुकुमपूर्वमा फलाम खानी उत्खननको लागि पुन:अध्ययन गरिँदै

रुकुमपूर्वमा फलाम खानी उत्खननको लागि पुन:अध्ययन गरिँदै

  रुकुम (पूर्व) । रुकुम (पूर्व) मा फलाम खानीको विस्तृत...

जाजरकोट भूकम्प : नौ करोडको खाद्यान्न र साढे ५ करोडको पशु धन क्षति

जाजरकोट भूकम्प : नौ करोडको खाद्यान्न र साढे ५ करोडको पशु धन क्षति

जाजरकोट । जाजरकोट भूकम्पबा नौ करोड रुपैयाँ भन्दा बढी मूल्यको...

जाजरकोट भूकम्पको एक महिना :अझै खुला आकाशमुनि भूकम्पपीडित

जाजरकोट भूकम्पको एक महिना :अझै खुला आकाशमुनि भूकम्पपीडित

हेमन्त केसी, जाजरकोट । गत कात्तिक १७ गते मध्यरातमा गएको...

हिमपातले लिमी आवतजावत बन्द

हिमपातले लिमी आवतजावत बन्द

  सिमकोट (हुम्ला) । गत सोमबारको हिमपातपछि नाम्खा गाउँपालिका–६ स्थित...

हिमपातले सिमकोटमा जनजीवन प्रभावित

हिमपातले सिमकोटमा जनजीवन प्रभावित

सिमकोट (हुम्ला) । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा भएको हिमपातले...

रारामा चार महिनामा चार हजार पर्यटक

रारामा चार महिनामा चार हजार पर्यटक

मुगु । कर्णालीको उत्कृष्ट पर्यटकीय गन्तव्य मानिएको रारामा चार महिनायता...