back

गाउँपालिकाको कार्यालयमा आगजनी गर्ने दुई पक्राउ

वि.सं.२०७६ भदौ १८ बुधवार

174 

shares
RBB AD
NTC AD


१८ भाद्र, काठमाडौँ । सिराहाको बरियारपट्टि गाउँपालिकाको कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

गाउँपालिकाको कार्यालयमा आज बिहान अज्ञात समूहले आगजनी गरेको थियो । आगलागीका कारण गाउँपालिकाका अध्यक्ष बस्ने कोठाको फर्निचर र केही जरुरी कागजात पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

सो घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको र अनुसन्धान पश्चात मात्र थप कुरा भन्न सकिने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

आगजनीबाट कार्यालयको महत्वपूर्ण कागजातसहित फर्निचरसमेत जलेर नष्ट भएको गाउँपालिका अध्यक्ष सन्तोष महतोले बताए। घटनास्थलमा अभिनन्दन बालबालिका स्वतन्त्र पार्टी नेपालको पर्चा भेटिएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । (रासस)

वि.सं.२०७६ भदौ १८ बुधवार १६:१५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

काठमाडौं । सरकारले भारतसहितका ८ देशका लागि राजदूत सिफारिस गरेको...

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा...

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

काठमाडौँ । कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जनालाई प्रहरीले...

गण्डकीमा अर्थमन्त्रीले माफी मागेपछि प्रदेश सभा बैठक सञ्चालन

गण्डकीमा अर्थमन्त्रीले माफी मागेपछि प्रदेश सभा बैठक सञ्चालन

पोखरा । अर्थमन्त्री डा.टङ्कराज गुरुङले संसद्बाटै माफी मागेपछि शुक्रवार गण्डकीको...

राजश्व संकलन ११ दशमलव ३० प्रतिशतले वृद्धि

राजश्व संकलन ११ दशमलव ३० प्रतिशतले वृद्धि

काठमाडौँ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा राजस्व...

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री ‘प्रचण्ड’

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका...