१८ भाद्र, काठमाडौँ । मालपोत कार्यालय टीकापुर कैलालीका नायव सुब्बा सिंह बहादुर कुँवर र खरिदार नरराज पाण्डे उपर मुद्दा दायर गरिएको छ ।
निज कुँवर र पाण्डेले जमिनको हराएको लालपुर्जाको सम्पूर्ण कागजात तयार गरी प्रतिलिपि बनाउनका लागि जग्गा नाप जाँच गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहिसँग रू ८ हजार लिइसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा निजहरूले उक्त कार्य गरेको सप्रमाण पुष्टि भएकाले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
वि.सं.२०७६ भदौ १८ बुधवार १७:३९ मा प्रकाशित