back

साढे छ लाख चेक नागरिक मद्यपानबाट सिर्जित समस्याको उच्च जोखिममा

वि.सं.२०७३ मंसिर १० शुक्रवार

417 

shares
GLOBAL IME AD
NTC AD

१० मङ्सिर,प्राग (चेक रिपब्लिक) । चेक गणतन्त्रका १५ वर्षभन्दा बढी उमेरका झण्डै छ लाख ४० हजार नागरिक मद्यपानबाट सिर्जित समस्याको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ ।

उनीहरुमध्ये पाँच लाख ४० हजार जनालाई मदिराले व्यापक असर गरिरहेको बुधबार सार्वजनिक भएको अध्ययन प्रतिवेदन जनाइएको छ ।

यहाँको राष्ट्रिय अनुगमन केन्द्रले गरेको अध्ययन अनुसार उनीहरुमध्ये अधिकांश मदिरा र लागु औषधको लतमा परिसकेका छन् ।

गत वर्ष लागुऔषध सेवनकर्ताहरुको सङ्ख्या ४६ हजार नौ रहेको प्रतिवेदनमा उल्लेख छ ।

झण्डै १९ प्रतिशत पुरुष र छ प्रतिशत महिला गरी चेक नागरिकले नियमितरुपमा दैनिक मदिरा पिउने गर्दछन् । यो सम्पूर्ण जनसङ्ख्याको १२.५ प्रतिशत हो ।

पुरुषहरुले दैनिक कम्तीमा तीन बोतल वियर पिउने गर्दछन् भने महिलाहरुले दुई बोतल पिउने गर्दछन् ।

सात प्रतिशत चेक नागरिकले जोखिमयुक्त मदिरा पिउने र छ प्रतिशतले आफैलाई हानी गर्ने गरी पिउने गरेको प्रतिवेदनमा उल्लेख छ ।

मदिराजन्य पदार्थ पिउने मात्र नभई झण्डै २५ प्रतिशत चेक नागरिकले दैनिक धुम्रपान गर्ने गर्दछन् । त्यसमध्ये पुरुष २८ प्रतिशत र महिला १९ प्रतिशत रहेका छन् ।

मदिराजन्य पदार्थ पिउने र धुम्रपान गर्ने चेक नागरिकहरुलाई कम गर्ने उद्देश्यले अध्ययन गरिएको अधिकारीहरुले जनाएका छन् । रासस÷सिन्ह्वा

वि.सं.२०७३ मंसिर १० शुक्रवार ०३:२१ मा प्रकाशित

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

जेरुसेलम । बुधबार राति उत्तरी गाजा पट्टीमा सेनाको क्रेन खस्दा...

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

नयाँ दिल्ली । भारतीय वायुसेना (आइएएफ) को लडाकू विमान मिराज–२०००...

स्विडेनको गोलीकाण्डमा १० जनाको मृत्यु

स्विडेनको गोलीकाण्डमा १० जनाको मृत्यु

स्टकहोम । स्विडेनको एक शिक्षा केन्द्रमा एक बन्दुकधारीद्वारा गरिएको गोलीकाण्डमा...

सामसुङ प्रमुख लीको ‘ठगी मुद्दा’ मा पुनः सफाइ

सामसुङ प्रमुख लीको ‘ठगी मुद्दा’ मा पुनः सफाइ

सियोल । सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई सन् २०१५ को...

उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु

उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु

दमास्कस । सिरियाको उत्तरी शहर मानबिज नजिकै सोमबार भएको कार...

इयू, बेलायत र नेटो नेतृत्वबीच प्रतिरक्षा वार्ता, ट्रम्प र पुटिनमाथि नजर

इयू, बेलायत र नेटो नेतृत्वबीच प्रतिरक्षा वार्ता, ट्रम्प र पुटिनमाथि नजर

ब्रसेल्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका सहयोगी मुलुकलाई धेरै...