back

कविता-अपूर्व राष्ट्र

वि.सं.२०७६ भदौ २१ शनिवार

273 

shares
RBB AD
NTC AD

हेर्दै अवाक्भएको छु सारा यी रनवन
फेरि गुञ्जायमान होला–नहोला मीठो मुर्चुङ्गाको धुन
आउँछ त्यही छवि बस्ती हराभरा थियो
बाली लटरम्म झुल्ने सुन्दर गरागरा थियो ।

साहिँली –माहिँलीहरू थिए, हर्के–च्यान्टेहरू पनि
गुँजिन्थ्यो वनपाखा नै दोहोरी, रोदीले अनि
होस्टेमा हैँसे भन्ने मर्दामा मलामी थिए
संस्कार र संस्कृतिमै नेपाली अग्रगामी थिए ।

सर्पले काँचुली फेरेझैँ फेरियो अहो ! सबै–सबै
हेर्छु उज्यालो टाढाटाढा देखिँदैन जून कवै
गाउदिन कोइली वनमा न्याउली रुँदै अलाप्दछे
बेसुरमै पनि प्रिया मेरी शान्ति भन्दै बरबराउँछे ।
त्यसैले,
च्यातिदिऊँ अब स्वार्थको जालो नडुबोस् प्रिय राष्ट्र यो
फरफराओस् चन्द्रसूर्य अङ्कित झन्डा गर्वले सधैँ अहो !
इमानदार, पौरखी हात जुट्दा अबश्य हुन्छ बिहानी
अपूर्व यो राष्ट्रको लेखिन्छ सुनौलो कहानी ।

वि.सं.२०७६ भदौ २१ शनिवार ०८:४४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

वेद प्रसाद रिजाल, मङलबारे, इलाम तिमीलाई आफ्नै छु ठानेको मैले...

गजल

गजल

डा. घनश्याम परिश्रमी उनी को हुन् को ? छैनँ जानेको...

गजल

गजल

डिल्ली राज घिमिरे भूमिकास्थान – ९, अर्घाखाँची प्रिया तिम्रो आँचल...

गजल

गजल

सत्यराज जोशी ‘पङ्कज’ बेलौरी न.पा.१० शिवनगर, कञ्चनपुर थिएँ हेर्दै जुन...

गजल

गजल

स्वर्णशिखा, दाङ बुझेनौ कि क्या हो बखानेको मैले भन्यौ व्यङ्ग्य...

गजल

गजल

मिलनकुमार ढुङ्गाना, झापा उनी भन्छन् जम्मै छ जानेको मैले बुझेनन्...