back

कविता : घर

वि.सं.२०७६ भदौ २१ शनिवार

1.6K 

shares
RBB AD
NTC AD

बर्षौंदेखि
ब्याकरण पढाउने गुरुहरूसंग
म बिमति राख्दै आइरहेछु
उनीहरू घरलाई जातिबाचक भन्छन्
म घरलाई भाववाचक भन्छु

महोदय ,
के तिमी आफ्नो घर संझदा
घरको दलिन, ढुंगा र माटो सम्झन्छौ ?
घरका सामान र घरसम्म पुग्ने बाटो सम्झन्छौ ?
घरका आकार–प्रकार या कुनै खास पाटो सम्झन्छौ ?
कि सम्झन्छौ ?
बाबाको अपार आशिर्बाद
परिवारको अनन्त साथ
आमाको न्यानो माया
र, घरको आंचल छायाँ !
अनि आफ्नो आस्था
आफुले बाँचेको समय
आफ्नो स्वप्न
र, आफ्ना अटल विश्वास !

थाहा छैन
अरुहरु के के सम्झन्छन्
तर जब–जब म आफ्नो घर सम्झन्छु
म मेरो भगवान मेरी आमा सम्झन्छु
त्यो काख, त्यो प्यार र मायालु स्पर्श सम्झन्छु
त्यो बाल्यकाल
अतितका चंचलण्ûचंचल याद
अनि आफ्नै आँशु हाँसो सम्झन्छु
थाक्दै गरेको काँध सम्झन्छु बाबाको
जीवन संघर्षका कैयन् पानाहरु सम्झन्छु
र, सम्झन्छु आफ्नै यात्रा
त्यहाँदेखि यहाँसम्मको
यहाँदेखि त्यहाँसम्मको
र, अझै कहाँसम्म पुग्नु छ यो यात्रामा
त्यहि आशिर्बाद र प्यार संगालेर !

अहँ, हुनै सक्दैन !
घर जातिवाचक नाम हुनै सक्दैन
अर्थगत कोटि कै आधारमा पनि
यो मूर्त या बस्तुबोधक हुनै सक्दैन
बर्षौंदेखि
त्यो पुरातन ब्याकरण
घरलाई जातिवाचक भनिरहेछ
तर म,
घरलाई भाववाचक भन्छु !

अन्तराष्ट्रिय कविता महोत्सव–२०१३ मा पुरस्कृत कविता’

वि.सं.२०७६ भदौ २१ शनिवार ०८:५५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

कुशलनाथ योगी, कालिकोट ढुङ्गैको सामु झुकोस् यो शिर मेरो हो...

कविता : प्रेम सुहाउने रहेछ ।

कविता : प्रेम सुहाउने रहेछ ।

दीनानाथ पोख्रेल, इलाम मान्छे बन्दै हितपथ चुनी बढ्न जाने धरामा...

गजल

गजल

भूपाल अधिकारी, बिराटनगर उनी रुझ्दा झरी बन्ने अनौठो चाहनाभित्र उनैको...

मुक्तक

मुक्तक

गणेश लोहनी, काठमाडौं १. केही गर्ने अठोट बोकी मैदानमा आएपछि...

कविता : उनी अनि म

कविता : उनी अनि म

चन्द्रिका राना, थापा पाल्पा, हाल–काठमाडौं एउटा घर, घरमा हामी दुई...

लघुकथा : भविष्यवाणी

लघुकथा : भविष्यवाणी

इन्दिरा चापागाईं सूर्यविनायक न.पा. भक्तपुर ‘होइन, नेपाल देश त खाली...