back

कविता : बेखबर छ अचेल साहू बहिरा भएदेखि

वि.सं.२०७६ भदौ २१ शनिवार

198 

shares
RBB AD
NTC AD

कति सुन्दर–धरहरा
वीर गोर्खाली
तृचन्द्र
र शान्तिको प्रतीक बुद्धले सजिएको
हाम्रो देशका मानचित्र
मुटुमै बसेको र पसेको
धन्न बाबाजी
र बहुरूपी रैनछ मानचित्रभित्र
त्यसैले
म औधी खुसी छु ।

तर
यी भेडाचराउने गोठालाहरूले
न त कहिल्यै भेडाको भाषा बुझे
न त कहिल्यै
गोठालाले भेडाको नै भाषा बुझे
दुवै आ–आफ्नै पेटकालागि
गोठाला बनिरहे र दौडिरहे इशारामा भेडाहरू
बेखबर छ अचेल साहू बहिरा भएदेखि ।

कसलाई के थाहा ?
गोठालाका डमरूमा
भेडाहरू अचेल बाँदर नृत्य सिकिरहेछन्
जसका उफ्रने पाइतलाका चोटहरूले
चौरीगाईहरू चर्ने खर्कहरूमा
उम्रनै छाडे हरिया घाँसहरू
ढुक्क हुनुस् !
ए हजुरहरू हो !
दिनदिनै हराएका कस्तुरीहरूका
हिसाब खोज्दैनन् साहूहरू गाउँमा र प्रदेशहरूमा
किनकि,’ साहूहरू केवल
बिनाको गिन्तिदेखि सरोकार राख्दछन् ।

त्यसैले, म फेरि भन्दै छु
भेडा र गोठालाहरू दुवै उस्तैउस्तै हुन्
भेडाहरू भीर खोज्छन् चर्न
तर उँधो भड्खलाको ख्याल कहिल्यै गर्दैनन्
अन्तत : गोठालाहरूले भेडाहरू
भड्खलामा जाकेरै छाड्ने भो
यही कुराको पीरले
अचेल म खुर्सानी चपाउँदिन
किनकि,’ सोंचेरै म पीरो भैरहेछु
बेखबर छ अचेल साहू बहिरा भएदेखि ।

महोत्तरी, गौशाला न. पा. १

वि.सं.२०७६ भदौ २१ शनिवार ०९:०३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गजल

गजल

वेद प्रसाद रिजाल, मङलबारे, इलाम तिमीलाई आफ्नै छु ठानेको मैले...

गजल

गजल

डा. घनश्याम परिश्रमी उनी को हुन् को ? छैनँ जानेको...

गजल

गजल

डिल्ली राज घिमिरे भूमिकास्थान – ९, अर्घाखाँची प्रिया तिम्रो आँचल...

गजल

गजल

सत्यराज जोशी ‘पङ्कज’ बेलौरी न.पा.१० शिवनगर, कञ्चनपुर थिएँ हेर्दै जुन...

गजल

गजल

स्वर्णशिखा, दाङ बुझेनौ कि क्या हो बखानेको मैले भन्यौ व्यङ्ग्य...

गजल

गजल

मिलनकुमार ढुङ्गाना, झापा उनी भन्छन् जम्मै छ जानेको मैले बुझेनन्...