back

सकारात्मक सोचले मात्र राष्ट्र निर्माण गर्न सकिन्छ: अध्यक्ष ठाकुर

वि.सं.२०७३ मंसिर १० शुक्रवार

798 

shares

mahant-thakur

१० मङ्सिर,पर्सा। वीरगन्जस्थित आदर्शनगर रङ्गशालामा सञ्चालित ‘योग विज्ञान शिविर २०७३’ को दोस्रो दिनको आज मधेस केन्द्रित दलका नेताले उद्घाटन गरेका छन् ।

पतञ्जलि योगपिठ नेपालद्वारा आयोजित उक्त योग शिविरको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी, तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव र नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

सो अबसरमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले स्वास्थ्य शरीरमा स्वास्थ्य विचारले वास गर्ने र स्वास्थ्य विचारले मात्र समाज र राष्ट्रलाई भलो गर्ने बताउनुभयो ।

यो शिविरले शरीरमा देखिएको स्वास्थ्य समस्या मात्र समाधान गर्दैन्, यसले व्यक्तिको सोचलाई सकारात्मक बनाउने काम समेत गर्छ, उहाँले भन्नुभयो – ‘सकारात्मक सोचले मात्र समाज र राष्ट्रलाई निर्माण गर्न सकिन्छ ।’

शिविरका सहभागीलाई योगका आसनको प्रशिक्षण दिँदै पतञ्जलि योग पिठका संस्थापक अध्यक्ष योग गुरु स्वामी रामदेवले स्वस्थ्य शरीरमा स्वास्थ्य विचारले वास गर्ने र स्वास्थ्य विचारले नै मानव सभ्यताको विकास क्रमलाई आगडि बढाउन सकिने बताउनुभयो ।

उहाँले हिमाली, पहाडी र मधेसी भन्दा पनि नेपाली भएको भावनाले मुलुकको एकतालाई बलियो बनाउने हुँदा राष्ट्र विकासका लागि सबै नेपालीलाई एकतावद्ध भएर अगाडी बढ्न आग्रह गर्नुभयो ।

“योगले व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतालाई बढाइ रोगी हुनबाट बचाउने काम मात्र नगरी व्यक्तिको नकारात्मक सोचलाई समेत नष्ठ गरी देश जनता र समाजप्रति जिम्मेवार बनाउने काम गर्छ” स्वामी रामदेवले भन्नुभयो –“स्वास्थ्य समाज निर्माणका लागि स्वास्थ्य विचार, अध्यात्ममा विश्वास, व्यक्तिलाई इमादार तथा निष्ठावान हुन आवश्यक रहेकाले आफू विश्वभरी योग शिविरको अयोजना गरी यिनै विशेषतालाई योगको मध्यमले व्यक्तिमा प्रविष्ट गराउने काम गरिरहेको छु ।”

उहाँले विश्वभरीको मानव कल्याण नै शान्ति, सुविचार, अहिंसामा केन्द्रित भएकाले एकता, राष्ट्र प्रेम, सु–स्वास्थ्य र सुविचारको सन्देशलाई विश्वभरी भ्रमण गरी छर्ने काम गर्दै आएको भन्नुभयो ।

बिहान ५ बजे सुरु भएको योग शिविरमा करिब सात हजार सर्वसाधारणको सहभागिता रहेको आयोजकले जनाएका छन् ।

शिविरमा नेपालको बारा, पर्सा, रौतहट, मकवानपुर र चितवन तथा भारतको सीमावर्ती सहर रक्सौल, सुनौली, रमगढवालगायतका स्थानबाट सर्वसाधारणको सहभागिता रहेको आयोजकले जनाएको छ । रासस

वि.सं.२०७३ मंसिर १० शुक्रवार ०८:१५ मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...