back

करोडको स्याउ बारीमै थन्कियो

वि.सं.२०७६ भदौ २३ सोमवार

219 

shares
RBB AD
NTC AD

२३ भदौ, बाजुरा । सडकको सहज पहुँच नहुँदा करोडको स्याउ बारीमै थन्किएपछि किसान चिन्तित बनेका छन् । मार्तडी कोल्टी सडक वर्षात्का कारण अवरुद्ध बनेपछि ढुवानी समस्याकै कारण करोड मूल्यको स्याउ बारीमै थन्किएको हो । जिल्लाको स्वामिकात्तिक, जगन्नाथ गाउँपालिकाबाट पिलुचौर ल्याएर ढुवानी गर्ने सोच बनाएका स्याउ किसानको सपना समयमै सडक नखुल्दा टुटेको छ ।
जिल्लामा एक हजार ५० मेट्रिक कटन स्याउ उत्पादन हुने तथ्याङ्क छ । बारीमै रु १५ किलोमा बिक्री गर्दा पनि किसानको हातमा रु पौने दुई करोड पर्नुपर्ने हो, तर किसानले सडक समस्याकै कारण वर्षेनी नोक्सानी बेहोर्न बाध्य छन् । ४३ किलोमिटर मार्तडी कोल्टी सडकका लागि रु ३५ करोड बढी खर्च गरी सकिएको छ । तर पनि हरेक वर्षात्मा बाटो बन्द हुने गरेको छ । रासस

वि.सं.२०७६ भदौ २३ सोमवार १०:१२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आयआर्जनको माध्यम बनेपछि महाभारतको किसानलाई कफीको बिरुवा वितरण

आयआर्जनको माध्यम बनेपछि महाभारतको किसानलाई कफीको बिरुवा वितरण

धुलिखेल । पछिल्लो समयमा किसानको आयआर्जनको माध्यम कफीखेती बन्न थालेपछि...

असारको पहिलो साता  नै धान रोप्ने चटारो पर्यो भक्तपुरका किसानलाई

असारको पहिलो साता नै धान रोप्ने चटारो पर्यो भक्तपुरका किसानलाई

भक्तपुर । यसवर्ष मनसुन चाँडै सुरु भएपछि भक्तपुरका किसानलाई धान...

कावासोतीमा जुगेडी किसान सङ्घर्ष दिवस मनाइयो

कावासोतीमा जुगेडी किसान सङ्घर्ष दिवस मनाइयो

नवलपुर । नवलपुर जिल्लाको कावासोती नगरपालिका-१५ सेरगन्ज मुसहर बस्तीमा ४७...

दुबईमा बीस वर्ष बसेर फर्किएका वलीले भैँसी पालनबाट मासिक तीन लाख भन्दा बढी आम्दानी गर्छन्

दुबईमा बीस वर्ष बसेर फर्किएका वलीले भैँसी पालनबाट मासिक तीन लाख भन्दा बढी आम्दानी गर्छन्

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका –६ बचाहामा बाबुराम वलीले विगत तीन...

अहिलेसम्म धान र कोदो रोप्न पाएनन जुम्ली किसानले

अहिलेसम्म धान र कोदो रोप्न पाएनन जुम्ली किसानले

जुम्ला । वर्षा नहुँदा यहाँका किसानलाई सास्ती भएको छ ।...

अविलम्ब दुध किसानहरूको भुक्तानीका लागि सरकारको ध्यानाकर्षण

अविलम्ब दुध किसानहरूको भुक्तानीका लागि सरकारको ध्यानाकर्षण

काठमाडौं । संसदमा अविलम्ब दुध किसानहरूको भुक्तानीका लागि सरकारको ध्यानाकर्षण...