back

सहकर्मी कुटेको आरोपमा वडाध्यक्ष पक्राउ

वि.सं.२०७६ भदौ २३ सोमवार

273 

shares
RBB AD
NTC AD

२३ भदौ, ओखलढुङ्गा । आफ्नै सहकर्मी कुटेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । छिमेकी वडाका वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा प्रहरीले ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–८ का वडाध्यक्ष अजय लुइँटेललाई पक्राउ गरेको हो ।

लुइँटेलले असार ३० गते चम्पादेवी गाउँपालिकाको कार्यालय ताप्केडाँडामा सोही गाउँपालिका–७ का वडाध्यक्ष सुरेश थापालाई कुटपिट गरेका थिए । मादक पदार्थ सेवन गरी लुइँटेलले आफूलाई कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । लुइँटेललाई आइबार साँझ सदरमुकामबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

आफूलाई पटक–पटक धम्की आएको र पछिल्लो पटक ०७६ असार ३० गते आफूमाथि कार्यालयमै आक्रमण भएपछि बाध्य भएर सहकर्मी्विरुद्ध उजुरी गरेको पीडित थापाले बताए । गाउँपालिकामा कर्मचारी र अन्य जनप्रतिनिधिले असुरक्षा महसुस गरेकाले सुरक्षाका लागि कानूनी उपचार खोजेको उनको भनाइ छ । रासस

वि.सं.२०७६ भदौ २३ सोमवार १२:०४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु, तीनजना घाईते

मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु, तीनजना घाईते

काठमाडौं । कन्चनपुरको महेन्द्रनगर र झापामा मोटरसाइकल दुर्घटनामा परि दुई...

हुलाकी राजमार्ग : रतुवा पुल निर्माण तीव्र

हुलाकी राजमार्ग : रतुवा पुल निर्माण तीव्र

झापा । हुलाकी राजमार्ग अन्तरगतको झापा र मोरङलाई जोड्ने रतुवा...

कुन बेला खोलाले बगाएर मरिएला भन्ने त्रासमै बस्छन् होक्लाबारीका स्थानीय

कुन बेला खोलाले बगाएर मरिएला भन्ने त्रासमै बस्छन् होक्लाबारीका स्थानीय

झापा । आकाशमा कालो बादल मडारिनेबित्तिकै गौरीगञ्ज गाउँपालिका–१ होक्लाबारीकी ओस्नी...

बाढीपहिरोले पक्की पुल बगाएपछि स्थानीयलाई आवगमन ठप्प

बाढीपहिरोले पक्की पुल बगाएपछि स्थानीयलाई आवगमन ठप्प

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको भोटखोला गाउँपालिका जोड्ने इकुवा खोलाको पक्की...

पालिकाद्वारा स्नातक तहमा अध्ययनरत दलित विद्यार्थीलाई छात्रवृत्ति

पालिकाद्वारा स्नातक तहमा अध्ययनरत दलित विद्यार्थीलाई छात्रवृत्ति

दमक(झापा) । झापाको कमल गाउँपालिकाले पालिकाभित्रका स्नातक तहमा अध्ययनरत दलित...

बाढीपहिरोबाट ताप्लेजुङमा ८१ परिवार विस्थापित

बाढीपहिरोबाट ताप्लेजुङमा ८१ परिवार विस्थापित

ताप्लेजुङ । ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बढीपहिरोका कारण ८१...