back

राष्ट्रिय फुटबल टोली पोखरातर्फ

वि.सं.२०७६ भदौ २३ सोमवार

204 

shares
RBB AD
NTC AD

२३ भदौ, काठमाडौँ । नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ पुरुष फुटबल प्रतियोगिताको तयारीका लागि नेपाली यू–१८ राष्ट्रिय फुटबल टोली आज पोखरा प्रस्थान गरेको छ । प्रतियोगिताको तयारीका लागि २५ खेलाडीसहित २९ सदस्यीय टोली आज पोखरातर्फ लागेको हो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईका अनुसार टोलीमा गोलरक्षक विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी र पुजन होना, डिफेन्डर विशाल बस्नेत, रन्दीप पौडेल, पद्म भट्टराई, सुजन शर्मा, नवीन गुरुङ, रोशन दोङ, एलिक रुम्बा र अञ्जन महर्जन, मिडफिल्डरमा शिशिर लेखी, दिपेश गुरुङ, रोशन रानामगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाँल र नितिन थापा तथा फरवार्डमा ब्रिजेश चौधरी, सच्चु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी छन् ।
नेपाली टोलीको मुख्य प्रशिक्षकमा चेतनारायण श्रेष्ठ, सहायक प्रशिक्षकमा सनोज श्रेष्ठ र गोलरक्षक प्रशिक्षकमा छन्नुराम चौधरी छन् । प्रतियोगिता आगामी असोज ३ देखि १२ गतेसम्म काठमाडौँको हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को खेल मैदानमा हुनेछ । च्याम्पियनशिपमा नेपाल समूह ‘ए’ मा छ । उक्त समूहमा माल्दिभ्स र भुटान छन् । समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र भारत छन् । (रासस)

वि.सं.२०७६ भदौ २३ सोमवार १३:५१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेपाल बङ्गलादेशसँग पराजित भएसँगै विश्वकपको यात्रा जितविहीन टुङ्गियो

नेपाल बङ्गलादेशसँग पराजित भएसँगै विश्वकपको यात्रा जितविहीन टुङ्गियो

काठमाडौँ । आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको...

विश्वकप क्रिकेटः नेपालले सोमबार बङ्गलादेशसँग खेल्ने

विश्वकप क्रिकेटः नेपालले सोमबार बङ्गलादेशसँग खेल्ने

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट २०२४ अन्तर्गत समूह डी को...

दक्षिण अफ्रिकाद्वारा नेपाललाई जितका लागि ११६ रनको लक्ष्य प्रस्तुत

दक्षिण अफ्रिकाद्वारा नेपाललाई जितका लागि ११६ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा...

विश्वकपको सुपर आठमा पुग्याे अफगानिस्तान

विश्वकपको सुपर आठमा पुग्याे अफगानिस्तान

काठमाडौँ । अफगानिस्तानले पपुवा न्युगिनीलाई पराजित गर्दै आइसिसी टि–२० विश्वकपको...

नेपाल र श्रीलंकाबीचको खेल रद्द, शनिबार अर्को खेल खेल्दै नेपाल

नेपाल र श्रीलंकाबीचको खेल रद्द, शनिबार अर्को खेल खेल्दै नेपाल

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंका...

नेपालले विश्वकपको दोस्रो खेल श्रीलङ्कासँग खेल्ने

नेपालले विश्वकपको दोस्रो खेल श्रीलङ्कासँग खेल्ने

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह...