back

वर्षेनी आत्महत्याका घटना बढ्दै गएपछि रोकथाम अभियान शुरु

वि.सं.२०७६ भदौ २४ मंगलवार

279 

shares
RBB AD
NTC AD


२४ भाद्र, धादिङ । जिल्लामा वर्षेनी आत्महत्याका घटना बढ्दै गएकाले विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा मङ्गलबारदेखि रोकथाम अभियान शुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय र सहयात्री समाजले आज नीलकण्ठ क्याम्पसबाट सोे अभियान प्रारम्भ गरेको हो । प्रमुख जिल्ला अधिकारी आसमान तामाङले मान्छेले जीवनदेखि निरास भएर आत्महत्या गर्ने भएकाले भावी जीवनलाई सुखी बनाउने खालाका गतिविधि गर्नुपर्नेमा जोड दिए ।

जिल्लामा विगत चार वर्षको तथ्याङ्कमा आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७२र७३ मा ६३, २०७३र७४ मा ७५, २०७४र७५ मा ९२ र २०७५र७६ मा ९४ ले आत्महत्या गरेका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए ।

प्रहरीको तथ्याङ्कअनुसार सो अवधिमा आत्महत्या गरेका ३२४ मध्ये पुरुष १८५ र महिला १३९ थिए । तीमध्ये विवाहपछि आत्महत्या गर्ने ३०६ र अविवाहित अवस्थामै आत्महत्या गर्ने १८ थिए । झुण्डिएर २१९, विष सेवन गरेर १०३ र अन्य कारणले दुई जनाले आत्महत्या गरेको उक्त कार्यालयले जानकारी दिएको थियो । आत्महत्या दुरुत्साहनमा जिल्लामा चार मुद्दा विचाराधीन अवस्थामा छ । (रासस)

वि.सं.२०७६ भदौ २४ मंगलवार १२:५१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेकपा एसको महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट

नेकपा एसको महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशनका...

स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको सामाजिक आर्थिक...

‘निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी’

‘निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय...

आगलागीबाट डेल्टा कम्प्लेक्सको ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान

आगलागीबाट डेल्टा कम्प्लेक्सको ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान

लुम्बिनी । बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार...

वाग्द्वारमा नित्य पूजा गर्दै आएका पुजारी निकाल्न लागेकामा स्थानीयवासीको आपत्ति

वाग्द्वारमा नित्य पूजा गर्दै आएका पुजारी निकाल्न लागेकामा स्थानीयवासीको आपत्ति

काठमाडौँ । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीको मुहानस्थल वाग्द्वार...

आयुर्वेद चिकित्सालयद्वारा सेवा विस्तार

आयुर्वेद चिकित्सालयद्वारा सेवा विस्तार

चितवन । बागमती प्रदेश सरकारअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रत्ननगरले...