back

कास्कीका नेता बेपत्ता : चर्चामा हरुवा

वि.सं.२०७६ भदौ २४ मंगलवार

378 

shares
RBB AD
NTC AD

२४ भाद्र, काठमाडौँ । चुनावको चटारो पक्कै पनि चानचुन हुँदैन । अझ हेविवेटहरुनै रीङ्गमा उत्रने तयारी गरेपछि चटारो अझ बढ्नु स्वभावीक भइहाल्यो । करीव ८० दिनको रस्साकस्सीले भाग्य र भविष्य बदल्ने भएपछि चुनावको रन्कोले छुनुलाई अन्यथा मान्न पनि भएन ।

मंसीर १४ को लागि प्रस्तावीत उपनिर्वाचनको कास्की –२ को संघिय निर्वाचन क्षेत्र सहित बाग्लुङ्ग, दाङ र भक्तपुरका प्रदेश सभा सदस्यका लागि निर्वाचन आयोगले उपनिर्वाचनको तयारी गरेको छ ।

यस्तै धरान उपमहानगरपालीका प्रमुख, मकालु गाउँपालीका र पिपरा गाउँपालीका अध्यक्ष सहित ३१ वटा वडा अध्यक्षहरूका लागि पनि मंसीर १४ मै उपनिर्वाचन हुँदैछ । तर चर्चाको शीखरमा कास्की निर्वाचन क्षेत्र नम्वर २ रहेको छ । तत्कालीन संस्कृती, पर्यटन तथा नागरीक उडड्यन मन्त्री स्व. रविन्द्र अधीकारीले भारी मतान्तर सहित जीतेको यस क्षेत्रमा अधीकारीकै राजनीतिक गुरु वामदेव गौतम निर्वाचन लड्ने खबर बाहिरीइ रहेका छन् । यसैले पनि होला तुलनात्मकरूपले यो निर्वाचन क्षेत्रको चर्चा अलि बढी भएको छ ।

चर्चामा यी
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले कास्की –२ वाट निर्वाचन लड्ने तयारी गरेको समाचार आइरहेका छन् । पुर्व उपप्रधान तथा गृह मन्त्री समेत रहेका गौतमले काक्सीमा चासो देखाएपछि मुख्य विपक्षी दल नेपाली काङ्ग्रेसले पनि हेववीवेटकै खोजी गर्न थालेको सूचना बाहिर आएका छन् ।

कास्कीको रीङ्गमा नेकपाले वर्दियाका वामदेवलाई उतारे काङ्ग्रेसले स्याङ्जाका धनराज गुरुङलाई भीडाउने तयारी सुरु गरीसकेको छ । गौतम र गुरुङको ‘हेवीवेट’ फाइटमा अर्को ‘हेवीवेट’ नाम पनि सञ्चार माध्यमहरुबाट बाहिरीएको छ । गौतम र गुरुङको ‘हेवीवेट’ फाइटमा विवेकशील दलका रविन्द्र मीश्र पनि मीसीने तयारी गरेको बुझीएको छ ।

कास्कीका नेता बेपत्ता
कास्कीमा सवै पार्टीका एक से एक नेता छन् । यसका वावजुद स्थानिय नेताहरूको नाम चर्चामा नआएर बाहिरीयाहरुको दवदवा र चर्चा हुनु स्थानिय भूगोलमा काम गर्न नेताहरूका लागि सुखद विषय पक्कै होइन ।

गौतमले कास्कीमा चासो दिँदा नेकपाका स्थानीय नेता ले ‘मुटु माथी ढुङ्गा’ राख्दै भएपनि सहनु पर्ने वाध्यता छ । जब नेकपाले ‘हेवीवेट’ खोज्छ काङग्रेसले पनि हेवीवेट खोज्न गुरुङको शरण पर्नु उस्तै बाध्यता होला । तर प्रकारान्तरमा स्थानीय भूगोलमा काम गर्न नेताहरूका लागि यो शुभ सङ्केत पक्कै होइन । निर्वाचन हुँदै गरेको निर्वाचन क्षेत्रमा गौतम र गुरुङको भन्दा धेरै पसीना स्थानीय नेताहरूको बगेको छ । यसकारण स्थानीय नेताहरूलाई बाइपास गरेर ‘हेवीवेट’ हरूले त्यहाँ आँखा गाड्नु राम्रो हुँदैन ।

वि.सं.२०७६ भदौ २४ मंगलवार १४:१२ मा प्रकाशित

NLIC AD
NABIL bank AD