back

चिनियाँ विज्ञप्तिमा अमेरिकी चासो, फेरि प्रचण्डलाई नै दोष

वि.सं.२०७६ भदौ २६ बिहीवार

177 

shares
RBB AD
NTC AD

जम्मा ५ हजार थान त्रिपाल र एउटा सामान्य गाउँपालिकामा बिनियोजित हुने परिणामको ३५ करोड सहयोग सम्बन्धी हस्ताक्षर गरेर चिनियाँ विदेशमन्त्री वाङ यी चीन फर्केपछि नेपालमा अर्को तरंग फैलिएको छ । कतिपयले यसलाई ‘नेपालको सन्तुलित विदेश नीतिमा ठूलै भुँइचालो गएको’ टिप्पणी गर्न थालेका छन् भने कतिपयले भूराजनीतिका कारण यसलाई अस्वभाविक रुपमा लिन नहुने प्रचार गरिरहेका छन् ।

ज्ञानेश्वरचोकको चिया पसलमा सदाजसो ‘मर्निङ–टक’ गर्ने मेरा एक मीत्रले एकाविहानै भने, ‘ यता न उता, घर न घाट, पाउदिनौं आमै कसैको साथ ।’ उनले यसो भनेपछि मैले कुन प्रसंगमा भनेर जान्न खोजे । हातमा लिएको कान्तिपुर दैनिकको अग्रपृठ देखाउँदै ती मीत्रले भने, ‘वडे नेताहरुको कच्चि व्यवहार’ मैले उनीसँग मनिङ टक गर्न थालेको निकै वर्ष भइसकेको छ । ‘प्रजातान्त्रिक विचारधारा’ अर्थात् नेपाली कांग्रेस निकट ति मीत्रले शुरुमा माधव नेपाल, झलनाथ र केपी ओली लगायत पूर्व एमाले नेताहरुको खोजी टिप्पणी गर्दथे । अनि विगत केही वर्षदेखि उनी प्रचण्डसँग नकारात्मक रुपमा जोडिएका, संजाल, सूचना वा सामग्री फेला पार्दासाथ बिहानै फोन गरेर सुनाउने मात्र होइन, चियामा छिटो भेटिहालौं पनि भन्छन्, । आज विहिबार विहान त मलाई, उनैले फोन गरेर उठाएका थिए ।

कान्तिपुरका घनश्याम खड्काले आज लेखेको समाचार संवेदनशील र रोचक दुवै छ । ‘वेइजिङको विज्ञप्तिमा नेपालको दृष्टिकोण थाहा पाउनु अचम्म लाग्दो कुरो हो’ एण्डी आर्मेन्टको प्रतिक्रिया भन्दै समाचार जोडिएको छ । ‘तथाकथित इण्डो प्यासिफीक स्ट्राटेजीलाई नेपाल अस्विकार गर्दछ, चीनको विकासलाई रोक्ने कुनै पनि प्रयासको विरोध गर्दछ ।’ प्रचण्डको धारणाामा आधारीत रहेर चिनियाँ विदेश मन्त्रालयले चिनियाँ भाषामा जारी गरेको विज्ञप्ति भनेर संप्रेषित पनि भएको छ ।

तीन वर्ष अगाडि बिआरआई अर्थात् वेल्ट एण्ड रोड इनिसियटिभमा सहि गरेको नेपालले झण्डै पौने वर्ष अगाडि अर्थात सन् १८ कौ डिसेम्बर १८ मा इन्डोप्यासिफिक स्ट्राटेजीमा सहमति गरेको समाचार सार्वजनिक भएको थियो । अन्तराष्ट्रिय राजनीतिका विश्लेषकहरुका अनुसार संसारका दुई प्रमुख शक्ति अमेरिका र चीनको  समग्रयुद्ध उन्मुख विश्व परिस्थितिलाई कुटनैतिक ढंगले डिल गर्न नेपाल चुकेको कारण नेपालले पछिल्लो झंझट, तानातान र खिचातानी व्यहोर्नु परेको भन्ने गरिएको छ ।

विदेशमन्त्री वाङको पछिल्लो भ्रमण उपलब्धिमुलक र उत्साहपूर्ण नभएको प्रचार गरिएकै बेला प्रचण्डले बोलेको कुरा भन्दै इण्डो–प्यासेफिक मामिलामा अमेरिका चिढिएको र जानकारी समेत मागेको भनिएको छ । ओवोर अर्थात् one belt  one road   सँग तर्सिएको र BRI लाई काउन्टर दिन अनेकौ उपायमा रहेको अमेरिकाले एशिया प्रशान्त क्षेत्रमा इण्डो–प्यासेफिक स्ट्राटेजी ल्याउनु स्वभाविक मानिएपनि प्रमुख विश्व शक्तिसँग आवस्यकता अनुसार अड्कलको व्यवहार गर्नु नेपालको बाध्यता थियो । अमेरिकी विदेशमन्त्रीले भेट दिएको महत्वलाई उपलब्धिका रुपमा प्रचार गर्ने हामीहरुले सन् २०१८ को डिसेम्बर १८ मा माननीय परारष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइकल पम्पेको सहमतिलाई विभिन्न कोणबाट व्याख्या गर्न शुरु गर्यौ । ‘अमेरिकी क्याम्पमा छिरेर चीनलाई चिढ्याएको’ आरोप परराष्ट्रमन्त्री ज्ञवालीलाई मात्र होइन, प्रधानमन्त्री ओली समेतलाई लगाउने बातावरण बन्यो। अन्तत मन्त्री ज्ञवालीबाट सामान्य विषय भएको तर इण्डोप्यासेफिक स्ट्राटेजीमा सरकारले कुनै हस्ताक्षर नगरेको प्रतिक्रिया दिन बाध्य भएको कुरा बाहिर आयो । तर, अमेरिकी विदेश मन्त्रालयले भने सो सम्बन्धी सहमति भएको आधिकारिक प्रचार नै बाहिर ल्यायो ।

विदेशनीति राष्ट्रको बाह्यनीति भएको कारण यसको कार्यान्वयन पक्षमा कुटनैतिक कला जोडिएको हुन्छ । दलहरुको विदेश नीति सम्बन्धी अवधारणा फरक फरक हुन सक्छन् तर विदेश नीति बन्दा त्यसले सहमतिय दस्तावेजको आकार ग्रहण गरेको हुनुपर्दछ । नेपालको सन्दर्भमा यसमा रहेका सैद्यान्तिक र व्यवहारिक खोटहरु पहिल्याएर राष्ट्र अर्थात् माटोको नीति बनाउन जरुरी छ । विदेशीसँग बोल्दा, ओली, प्रचण्ड, झलनाथ, माधव नेपाल, देउवा, नारायणकाजी, रामचन्द्र, सुजाता, सिटौला, बाबुराम, उपेन्द्र र अशोक राइ मात्र होइन, प्रकाशचन्द्र लोहनी र कमल थापाको समेत एउटै बोली हुन सक्नु पर्दछ । हाम्रो खाँवोभित्र धमिरा पसेको कारण खाँवो नै परिवर्तन गर्न वा धमिरालाई पूर्ण निशेध गर्ने विषयमा सैद्यान्तिक सहमति हुनै पर्दछ ।

अघिल्लो अमेरिकी प्रचार र पछिल्लो चिनियाँ प्रचारका आ–आफ्ना रणनीतिले पृष्टि गरेको एउटा सत्य के हो भने, भारतका लागि मात्र होइन नेपाल अव अमेरिका र चीनवीचको स्वार्थ र द्धन्द्धको टक्करमा उपयोग हुने आकर्षक र मुल्यवान वस्तु बनाइएको छ । अर्को भाषामा भन्नुपर्दा ‘मसँग लहसिएको, म सँग आँखा जुधाएको वा म सँग हिमचिम रहेको’ भन्दै ठूला जीउडालका दुई पुरुषले युवतीलाई फसाउन खोजेको पनि मान्न सकिन्छ ।

गरिब हुनु हाम्रो बाध्यता बनाइयो होला तर नियति थिएन । हामी भाग्यवादमा अल्झेर र पुर्पुरो समाएर खुम्चियौं पनि होला तर हाम्रो स्वतन्त्रता र सार्वभौमिकताको सान निकै महँगो हो । हाम्रो सौन्दर्यतामा लुटपाट गर्न चाहानेहरु अरु पनि छन नै , ती सबै विषयहरुको टिप्पणी यहाँ संभव छैन ।

चिनियाँ विदेशमन्त्री वाङ चीको नेपाल भ्रमण र उपलब्धिका विषयमा जे जस्ता टिप्पणी आए पनि उनको भ्रमण र राष्ट्रपतिको भ्रमणको संभावनालाई सकारात्मक रुपमा लिनुको विकल्प छैन । नेपाल भ्रमणका अवसरमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेट भएको तथा उहाँहरुसँग भएका कुराकानी समेत उल्लेख गरी चिनियाँ विदेश मन्त्रालयले आफ्नो आधिकारीक वेवसाइटमा संप्रेषण गरेको छ । ‘नेपाल एक चीन नीतिप्रति दृढ रहेको’ भन्नेमा सबैको मत उल्लेख गरेको छ भने हङकङ मामिलामा चासो राखेर चीनसँगको सहकार्यमा बढि रुची देखाएको कुरो प्रचण्डसँगको भेटमा भएको उल्लेख भएको छ । यद्यपी चिनियाँ भाषामा जारी गरिएको विज्ञप्तिमा ‘इण्डो प्यासिफीक मामिला नेपालले अस्विकार  गरेको’ बाहिर ल्याइएको छ । बेइजिङको पक्षमा प्रचण्ड खुलेको कुरा सार्वजनिक पनि गरिएका छन् ।

मुलुकको बर्तमान राजनीतिका एक प्रमुख व्यक्तित्व प्रचण्ड भएका कारण हरेक विषयमा प्रचण्ड जोडिनु र जोड्नु स्वभाविक नै हो । बिआरआई यात्रा रोक्न र एसिया प्रशान्त क्षेत्रमा अमेरिकी प्रभाव थप बढाउन अमेरिकाले गरेको पहलका विषयमा कतै विरोध नजनाएपनि नेपाल सरकारका परारष्ट्रमन्त्री आफैंले ‘सामेल नभएको’ भनिसकेपछि पनि यो विषय मत्थर भएको थिएन । दुवै शक्तिशाली मुलुकले नेपालको उपयोग गर्ने एकप्रकारको होडवाजी छर्लङ्गै भएको छ । यस्तो अवसरमा मुलुकले ‘चुनौती र अवसर’ का रुपमा लिई सन्तुलित कुटनीतिको विकास गर्नु जरुरी छ ।

विदेशनीति राष्ट्रको बाह्यनीति भएको कारण यसको कार्यान्वयन पक्षमा कुटनैतिक कला जोडिएको हुन्छ । दलहरुको विदेश नीति सम्बन्धी अवधारणा फरक फरक हुन सक्छन् तर विदेश नीति बन्दा त्यसले सहमतिय दस्तावेजको आकार ग्रहण गरेको हुनुपर्दछ । नेपालको सन्दर्भमा यसमा रहेका सैद्यान्तिक र व्यवहारिक खोटहरु पहिल्याएर राष्ट्र अर्थात् माटोको नीति बनाउन जरुरी छ । विदेशीसँग बोल्दा, ओली, प्रचण्ड, झलनाथ, माधव नेपाल, देउवा, नारायणकाजी, रामचन्द्र, सुजाता, सिटौला, बाबुराम, उपेन्द्र र अशोक राइ मात्र होइन, प्रकाशचन्द्र लोहनी र कमल थापाको समेत एउटै बोली हुन सक्नु पर्दछ । हाम्रो खाँवोभित्र धमिरा पसेको कारण खाँवो नै परिवर्तन गर्न वा धमिरालाई पूर्ण निषेध गर्ने विषयमा सैद्यान्तिक सहमति हुनै पर्दछ ।

अहिले नेपालको मामिलामा चीन र अमेरिकाको टकराव देखिनु सामान्यत राम्रो नलागे पनि यसभित्रका अवसरको उपयोग गर्न उत्ताउलो र उरन्ठेउलो स्वभावमा नियन्त्रण हुनै पर्दछ । हाम्रो आवस्यकतामा हाम्रो कुटनैतिक पाइला बढाउनु पर्दछ । समाजवाद निर्माणको संघारमा प्रचण्डको जोड त्यतातफ हो भने सबै नेपालीले आत्मसाथ गनुपर्दछ । समाजवाद निर्माणको तयारीमा रहेका बेला आवस्यकताको सापेक्षतामा हुने हाम्रा व्यवहारले कहि कतै कसैलाई चोट पुग्छ भने हामीले हाम्रो चाहना र यर्थाथता त प्रष्ट बुझाउन त सक्नु पर्दछ नै तर त्यसमा माटो निष्ठा र कुटनैतिक कौशलता त चाहिन्छ नै ।

वि.सं.२०७६ भदौ २६ बिहीवार १२:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
यी हुन् सक्छन् स्थानीय तहको विकासका लागि प्राथमिकताका क्षेत्रहरू ?

यी हुन् सक्छन् स्थानीय तहको विकासका लागि प्राथमिकताका क्षेत्रहरू ?

नेत्र सुवेदी ‘प्रयास’ काठमाडौँ । असारको पहिलो हप्ता भएको हुँदा...

नेपाल भाषा पत्रकारिताको सय वर्ष र मुलुकको मातृभाषा

नेपाल भाषा पत्रकारिताको सय वर्ष र मुलुकको मातृभाषा

‘भाषा म्वासा जाति म्वाइ’ (भाषा रहे जाति रहन्छ) भन्ने नेपाल...

समय, पात्र र सत्य, सत्ता सङ्घर्ष

समय, पात्र र सत्य, सत्ता सङ्घर्ष

नेपालमा लोकतन्त्र भन्ने शब्द २०६२/०६३ को जनआन्दोलनसँग जोडिएर बढी प्रयोगमा...

ग्रामीण विकास, मोडेल परिवर्तनको खाँचो

ग्रामीण विकास, मोडेल परिवर्तनको खाँचो

तीनै तहका सरकार मिलेर बस्ती निर्माणको ढाचा तत्कालै परिवर्तन गर्नुपर्छ...

महामारीका रुपमा फैलिँदै तनाव, यसरी गर्न सकिन्छ व्यवस्थापन !

महामारीका रुपमा फैलिँदै तनाव, यसरी गर्न सकिन्छ व्यवस्थापन !

एलपि भानु शर्मा, काठमाडौँ । विश्वका अनेक प्राणीहरुमध्ये मानव जाति...

यी हुन् धितोपत्र माग सिर्जनाका विकल्प

यी हुन् धितोपत्र माग सिर्जनाका विकल्प

अचुतकुमार ओझा काठमाडौँ । नेपालको धितोपत्र बजार सात प्रदेश, ७७...