back

एनओसीकोे निर्वाचन शनिबार

वि.सं.२०७६ भदौ २६ बिहीवार

288 

shares
RBB AD
NTC AD

२६ भाद्र, काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ कार्यसमितिका लागि यही भदौ २८ गते निर्वाचन हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाको पर्यवेक्षणमा चुनाव हुने एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए ।

यसअघि भदौ २० गतेका लागि तय गरिएकोे निर्वाचन सर्वोच्च अदालतको आदेशले स्थगित भएको थियो । न्यायाधीशद्धय तेजबहादुर केसी र मनोजकुमार शर्माको संयुक्त इजलासले यही भदौ १७ गते अदालतले एनओसीको कार्यसमिति निर्वाचन रोक्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि निर्वाचनका लागि बाटो खुलेको थियो ।

सर्वोच्च अदालतले विसं २०६७ मा मान्यता दिएको रुक्मशम्शेर राणा अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटीका सदस्य कमलबहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको एनओसीको निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश टङ्कबहादुर मोक्तानको इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो ।

नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा छन् । त्यस्तै महासचिवमा जीवनराम प्यानलबाट नीलेन्द्रराज श्रेष्ठ र उमेशलाल पक्षबाट पुरेन्द्रविक्रम लाखे प्रतिस्पर्धामा छन् ।

त्यस्तै कोषाध्यक्षमा रतन टण्डन र उपमहासचिवमा पिताम्बर तिम्सिना निर्विरोध भइसकेका छन् । निर्वाचनले एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन सचिव र सात सदस्य चयन गर्नेछ । (रासस)

वि.सं.२०७६ भदौ २६ बिहीवार १३:३५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेकपा एसको महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट

नेकपा एसको महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशनका...

स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको सामाजिक आर्थिक...

‘निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी’

‘निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय...

आगलागीबाट डेल्टा कम्प्लेक्सको ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान

आगलागीबाट डेल्टा कम्प्लेक्सको ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान

लुम्बिनी । बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार...

वाग्द्वारमा नित्य पूजा गर्दै आएका पुजारी निकाल्न लागेकामा स्थानीयवासीको आपत्ति

वाग्द्वारमा नित्य पूजा गर्दै आएका पुजारी निकाल्न लागेकामा स्थानीयवासीको आपत्ति

काठमाडौँ । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीको मुहानस्थल वाग्द्वार...

आयुर्वेद चिकित्सालयद्वारा सेवा विस्तार

आयुर्वेद चिकित्सालयद्वारा सेवा विस्तार

चितवन । बागमती प्रदेश सरकारअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रत्ननगरले...