back

तीन अष्ट्रेलियाली नागरिक इरानमा पक्राउ

वि.सं.२०७६ भदौ २६ बिहीवार

204 

shares
RBB AD
NTC AD

२६ भदौ, सिड्नी ।  तीन अष्ट्रेलियाली नागरिक इरानमा पक्राउ परेका छन् ।

बुधबार सार्वजनिक भएको एक समाचारमा उक्त जानकारी दिइएको छ ।इरानको राजधानी तेहरानमा पश्चिमाहरुलाई बन्धक बनाउने तथा थुनामा राख्ने गरिएको पछिल्लो घटनाको रुपमा ती अष्ट्रेलियाली नागरिकहरु पक्राउ परेका हुन् ।

थुनामा राखिएका ती तीन जनाका परिवारलाई अष्ट्रेलियाली विदेश मन्त्रालयले कन्सुलर सेवा प्रदान गरिरहेको जनाइएको छ ।

अष्ट्रेलियाले आफ्ना नागरिकको रिहाइका लागि प्रयास थालेको छ । तर उनीहरुलाई इरानमा कुनै अभियोग लगाएर थुनिएको हो वा होइन भन्ने बारेमा भने अष्ट्रेलियाले केही बताएको छैन ।

बेलायती पत्रिकाले दुई जना बेलायती महिलालाई तेहरानमा थुनामा राखिएको भनी समाचार सार्वजनिक गरेलगत्तै यी तीन जना अष्ट्रेलियालीलाई पनि नियन्त्रणमा लिइएको समाचार सार्वजनिक भएको हो ।

अष्ट्रेलियाली प्रसारण संस्था एबिसी ब्रोडकास्टरले ती दुई जना महिलामध्ये एकजनाका अष्ट्रेलियाली केटासाथी पनि तेहरानको एक थुनामा रहेको जनाएको समाचारमा उल्लेख गरिएको छ ।

थुनामा परेका मध्येकी एक जना महिला प्राज्ञिक क्षेत्रकी भएको पाइएको छ । ती दुई महिला महिनौँदेखि थुनामा रहेको सो पत्रिकाले हालैमात्र सार्वजनिक गरेको थियो ।

अष्ट्रेलियाले यसै हप्ताको सुरुमा नै इरानको भ्रमण नगर्न अथवा गर्नै पर्ने भएमा भ्रमणको औचित्य पुष्टि गरेर मात्र भ्रमण गर्न भन्दै आफ्ना नागरिकहरुलाई सूचना जारी गरेको थियो ।

अष्ट्रेलियाले आफ्ना नागरिकलाई इरानको मात्र नभएर इराक र अफगानिस्तानको पनि भ्रमण नगर्न भनेको थियो । पछिल्लो समयमा अमेरिकाले नेतृत्व गरेको गल्फ सैन्य मिसनमा अष्ट्रेलियाले पनि सहयोग गर्ने जनाएको छ ।

अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले गत महिना अमेरिकी नेतृत्वको उक्त सैन्य समूहमा अष्ट्रेलिया पनि सहभागी हुने र गल्फ मिसनमा योगदान गर्ने प्रतिक्रिया दिएका थिए ।

प्रधानमन्त्री मोरिसनको उक्त प्रतिक्रियापछि आफ्ना नागरिकहरु ती देशमा असुरक्षित होलान् भन्ने डरले ती देशहरुमा भ्रमणमा नजान सूचना जारी गरेको बताइएको थियो ।

पछिल्लो समयमा अमेरिका र इरानबीचको सम्बन्ध बिग्रिएको छ । यसका कारण अमेरिकालाई सहयोग गर्दै आएका उसको समूहका देशहरुलाई पनि इरान र इराकले तारो बनाउने गरिएको पाइएको छ ।

यसै कारणले हालैका दिनहरुमा अमेरिकालाई सहयोग गरिरहेका पश्चिमा देशका नागरिकहरु इरान र इराकमा असुरक्षित बन्ने गरेका छन् ।

वि.सं.२०७६ भदौ २६ बिहीवार १३:३६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
दिल्लीमा पानीको अभाव भएपछि ट्यांकरबाट पानी वितरण

दिल्लीमा पानीको अभाव भएपछि ट्यांकरबाट पानी वितरण

नयाँदिल्ली । गर्मीको समयमा सहर लगातार तातो हुँदै जाँदा शनिबार...

इटालीमा भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो

इटालीमा भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो

रोम । इटालीको तटरक्षकले यस हप्ताको सुरुमा दक्षिणी तटमा भएको...

फ्रान्सको सहकार्यमा चीनले गर्यो नयाँ उपग्रह प्रक्षेपण

फ्रान्सको सहकार्यमा चीनले गर्यो नयाँ उपग्रह प्रक्षेपण

झिचाङ(चिन) । चीनले फ्रान्ससँगको सहकार्यमा शनिबार नयाँ खगोलीय उपग्रह प्रक्षेपण...

युक्रेनका ११४ ड्रोन निष्क्रिय बनाएको रूसको दावी

युक्रेनका ११४ ड्रोन निष्क्रिय बनाएको रूसको दावी

मस्को । रूसले युक्रेनले रातारात प्रक्षेपण गरेको ११४ वटा ड्रोनलाई...

भारतमा विषाक्त मदिरा पिउँदा ३४ जनाको मृत्यु, सयभन्दा बढी अस्पताल भर्ना

भारतमा विषाक्त मदिरा पिउँदा ३४ जनाको मृत्यु, सयभन्दा बढी अस्पताल भर्ना

मुम्बई । भारतमा विषाक्त अवैध रक्सीको सेवनबाट कम्तिमा ३४ जनाको...

रूस र कोरियाबीच सम्झौता, जापानको गम्भीर रूपमा चिन्ता

रूस र कोरियाबीच सम्झौता, जापानको गम्भीर रूपमा चिन्ता

टोकियो । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको सैन्य र...