back

केन्द्रीय बैंकलाई सोधेर मात्र सिइओ नियुक्ति, हटाउन पनि सहमति लिनुपर्ने

वि.सं.२०७६ भदौ २७ शुक्रवार

153 

shares
RBB AD
NTC AD

२७ भाद्र, काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले आफूखुशी प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गर्ने गरेकामा सरकारले सङ्घीय संसद्मा दर्ता गरेको ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ (वाफिया) लाई संशोधन गर्न बनेको प्रस्तावित विधेयकले त्यसलाई रोक लगाएको छ ।
केन्द्रीय बैंकको स्वीकृति वा सहमतिमा मात्रै प्रमुख कार्यकारी अधिकृत नियुक्तिको अधिकार दिइएको छ । बैंक तथा वित्तीय संस्थालाई बढी व्यावसायिक, पारदर्शी बनाउने र बैंकिङ सुशासन कायम गर्न त्यस्तो व्यवस्था गरिएको हो ।

यसअघि सिइओ नियुक्तिको अधिकार सञ्चालक समितिमा थियो । उक्त विधेयकको व्यवस्थाअनुसार अब भने नेपाल राष्ट्र बैंककोसमेत स्वीकृत लिनुपर्ने भएको छ । केन्द्रीय बैंकले सहमति नदिएमा सिइओ नियुक्त हुन सक्ने छैन ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतको नियुक्ति मात्रै नभई हटाउनुपरेमा पनि चित्त बुझ्दो कारणसहित केन्द्रीय बैंकको सहमतिमा गर्नुपर्ने व्यवस्था गरिएको छ । विद्यमान कानूनी प्रावधानअनुसार सिइओ नियुक्ति गरी राष्ट्र बैंकलाई जानकारी मात्रै दिए हुने व्यवस्था थियो ।

यस्तै बैंक तथा वित्तीय संस्थाको सञ्चालकको योग्यता पनि नयाँ विधेयकमा स्पष्ट व्यवस्था गरिएको छ । सञ्चालकको शैक्षिक योग्यताका आधारमा कार्य अनुभवको अवधि पनि तोक्नु पर्ने भएकाले त्यस्तो व्यवस्था गरिएको छ ।

विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृत स्तरमा कम्तीमा पाँच वर्ष काम गरेको, स्नातकोत्तर उपाधि हासिल गरेको, २५ वर्ष उमेर पूरा भएको र ६५ वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

बैंकका सञ्चालक र व्यवसायीबीचको सम्बन्धलाई थप व्यवस्थित बनाउन निश्चित रकम भन्दा बढी व्यावसायिक ऋण लिएको परिवारको व्यक्ति सञ्चालक तथा कार्यकारी प्रमुख हुन नपाउने गरी अयोग्यता तोकिएको छ ।

वि.सं.२०७६ भदौ २७ शुक्रवार ०८:५१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा...

देवचुलीको बजेट ९१ करोड, शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा

देवचुलीको बजेट ९१ करोड, शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा

नवलपुर । नवलपुरको देवचुली नगरपालिकाले बजेट तथा कार्यक्रम सार्वजनिक गरेको...

म्याग्दीका पर्यटकीयस्थल जोड्न पदमार्ग निर्माण

म्याग्दीका पर्यटकीयस्थल जोड्न पदमार्ग निर्माण

म्याग्दी (बेनी) । जिल्लाका पर्यटकीयस्थलमा पुग्न नौ किलोमिटर पदमार्ग निर्माण...

प्रभु बैंक र बन्दिपुरका ९ वटा होटल तथा रेष्टुरेण्टहरुबिच विशेष छुट सम्झौता

प्रभु बैंक र बन्दिपुरका ९ वटा होटल तथा रेष्टुरेण्टहरुबिच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडले पर्यटकीय नगर पहाडकी रानी बन्दिपुरका...

जाजरकोटको खलङ्गामा प्रभु बैंकको शाखा विस्तार

जाजरकोटको खलङ्गामा प्रभु बैंकको शाखा विस्तार

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने...

एनएमबि बैंकको ग्राहकले कतार एयरवेजको फ्लाईट टिकटमा विशेष छुट पाउने

एनएमबि बैंकको ग्राहकले कतार एयरवेजको फ्लाईट टिकटमा विशेष छुट पाउने

काठमाडौं । एनएमबि बैंकले विश्वकै अग्रणी एयरलाइन्स कतार एयरवेजसँग साझेदारी...