back

पाटनका ११ टोलवासीले इन्द्रजात्रा मनाउँदै

वि.सं.२०७६ भदौ २७ शुक्रवार

255 

shares
RBB AD
NTC AD

२८ भाद्र, ललितपुर। वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी आज साँझ पाटन सुन्धारा निवासी ११ टोलका टोलवासीले इन्द्रजात्रा पर्व मनाउँदैछन् । हरेक वर्ष भदौ शुल्क चतुर्दशीका दिन पर्ने यो पर्व पाटनको सुन्धारा, काठमाडौँ, भक्तपुरलगायत देशका केही स्थानमा मनाउने गरिन्छ ।

बिहीबार भाद्र शुक्ल द्वादशीका दिन पाटनको च्यासलमा लगनखेलका १९ टोलवासीले पाँच फिट अग्लो लिङ्गो ठड्याएर इन्द्रजात्रा पर्व शुरुआत गरिसकिएको भीमसेनबहाल निवासी ७१ वर्षीय सूर्यमान डङ्गोलले जानकारी दिए । उनले भने, “काठको खाटमा काठकै इन्द्रको मूर्ति बनाई च्यासलमा गुभाजु र पुरोहितबाट घण्टी बजाई समयबजी चढाएर पर्व मनाइसकेका छन् ।”

सुन्धारामा पनि इन्द्रजात्रा पर्व यसैगरी मनाउने गरिन्छ । पाटनमा सो पर्व चार दिनसम्म मनाइने भएकाले शनिबार भाद्र शुक्ल पूर्णिमाको दिन पाटनको मङ्गलबजार, टङ्गाल र आइतबार साँझ गाःबहालका टोलवासीले इन्द्रजात्रा पर्व मनाउने गर्छन् । इन्द्रका आमाले अष्टमीको व्रत गर्न पारिजातको फूल ल्याउन उहाँलाई आग्रह गरेपछि इन्द्रले पारिजातको फूल देवलोक र पाताल लोकमा नपाएर पृथ्वीलोक लिन आएका थिए भन्ने किंवदन्ती छ ।

पारिजातको फूल खोज्ने क्रममा राजा इन्द्रले एउटा मालीको बगैँचामा सो फूल देखेर टिप्न खोज्दा मालीले चोर भनी समातेर बेइज्जत गरेको भनाइ पनि जनजिब्रोमा छ । छोरा घर नआएपछि इन्द्रकी आमा खोज्दै जाने क्रममा पृथ्वी आइपुगिन् । त्यसबेला रात परिसकेको भएतापनि उनको तेज र शक्तिको प्रभावले पृथ्वी उज्यालो भयो ।

मालीले सबै कुरा थाहा पाएर आमाछोरालाई समयबजी खुवाएर आरधना गरी माफ मागेको जनश्रुति रहेको छ । त्यसैले पाटनवासीले इन्द्रजात्रा पर्वमा विशेषगरी छोरीचेली बोलाएर समयबजी खुवाउने गरेका छन् । पाटनमा मनाइने यो पर्व काठमाडौँ र भक्तपुरमा मनाइनेभन्दा केही फरक छ ।

वि.सं.२०७६ भदौ २७ शुक्रवार १५:३० मा प्रकाशित

NLIC AD
NABIL bank AD
‘निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी’

‘निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय...

आगलागीबाट डेल्टा कम्प्लेक्सको ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान

आगलागीबाट डेल्टा कम्प्लेक्सको ५० करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान

लुम्बिनी । बुटवल उपमहानगरपालिका–८ स्थित मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार...

वाग्द्वारमा नित्य पूजा गर्दै आएका पुजारी निकाल्न लागेकामा स्थानीयवासीको आपत्ति

वाग्द्वारमा नित्य पूजा गर्दै आएका पुजारी निकाल्न लागेकामा स्थानीयवासीको आपत्ति

काठमाडौँ । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदीको मुहानस्थल वाग्द्वार...

आयुर्वेद चिकित्सालयद्वारा सेवा विस्तार

आयुर्वेद चिकित्सालयद्वारा सेवा विस्तार

चितवन । बागमती प्रदेश सरकारअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रत्ननगरले...

नलिञ्चोकमा हेलिप्याड सञ्चालन

नलिञ्चोकमा हेलिप्याड सञ्चालन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने...

त्रिविको जग्गा खोजबिन समितिद्वारा कार्यारम्भ

त्रिविको जग्गा खोजबिन समितिद्वारा कार्यारम्भ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा तथा सम्पत्ति खोजबिन...