back

मन्त्री मातृकाद्धारा जनसेवामा जोड

वि.सं.२०७६ भदौ २७ शुक्रवार

417 

shares
RBB AD
NTC AD

२७ भदौ, काठमाण्डौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवंम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य मातृका यादवले जनताको सेवा नै सरकारको मुख्य काम भएको बताएका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५७ औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले इमान्दारितापूर्वक जनताको सेवामा लाग्न र निष्ठापूर्वक आफ्नो कार्यसम्पादन गर्न कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् । दैनिक उपभोग्य सामग्रीमा जनताले शास्ति खेप्न नपरोस् भन्दै उनले कर्पोरेशनका संचालकहरुसँग समेत अनुरोध गरेका थिए ।

कर्पोरशेनका अध्यक्ष लक्ष्मीदास मानन्धरको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत उर्मीला श्रेष्ठले संस्थाको समग्र गतिबिधि जानकारी गराएकी थिइन् भने साल्टट्रेडिङ कर्मचारी संगठनका संयोजक मेघराज ज्ञवाली, राष्ट्रिय उपभोक्ता मंचका प्रेमलाल मर्हजन, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक एवं कर्पोरेशनका संचालक योगेन्द्र गौचन, संचालक तथा उद्योग मन्त्रालयका सहसचिव नवराज ढकाल एवं सोही मन्त्रालयका सचिव बैकुन्ठ अर्यालले संस्थाको विविध पक्ष र उत्तरदायित्व बारे मन्तव्य दिएका थिए ।

भीमसेन पूजा गरी आरम्भ गरिएको उक्त बार्षिकोत्सवमा प्रमुख अतिथि समेत रहेका मन्त्री यादवले गोसाइस्थान बनेपालाई बालहितकारी पुरस्कार, जितेन्द्र साह, विमल खनाल, विष्णु केसीलाई हेम बहादुर मल्ल उत्कृष्ट पुरस्कार, उमेश कुमार ओझा, सुदीप सिंह रायमाझी र संजय कर्माचार्यलाई इश्वराल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कार, अमोज लामिछानेका छोरा अभिष्ोक लामिछानेलाई अनंकमान शेरचन छात्रवृत्ति र मेघराज ज्ञवालीकी छोरी सुश्री स्नेहा ज्ञवालीलाई लोकनाथ जोशी छात्रवृत्ति प्रदान गरेका थिए ।

२० वर्षभन्दा बढी सेवा अवधि पुर्याएका कर्मचारीलाई सम्मानपत्र प्रदान गरिएको उक्त कार्यक्रममा कर्पोरेशनका संचालकहरु कृतिकुमार जोशी, कल्याण गोविन्द श्रेष्ठ, अतुल मल्ल, प्रदीपलाल श्रेष्ठ, अंजन श्रेष्ठ, राजेन्द्रमान शेरचन सहित चेम्बर अफ कमर्शका, उद्योग वाणिज्य संघ सहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहको थियो ।

 

वि.सं.२०७६ भदौ २७ शुक्रवार १६:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेकपा एसको महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट

नेकपा एसको महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशनका...

स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको सामाजिक आर्थिक...

 हात्तीको दारासहित तीन जना पक्राउ

 हात्तीको दारासहित तीन जना पक्राउ

वीरगञ्ज (पर्सा) । पर्सा प्रहरीले जङ्गली हात्तीको दारासहित तीन जनालाई...

सात सय १२ बोरा युरिया मल बरामद

सात सय १२ बोरा युरिया मल बरामद

वीरगञ्ज (पर्सा) । पर्सा प्रहरीले भारतबाट अवैध ढङ्गले भित्र्याएको १०...

जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु

जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी...

मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु, तीनजना घाईते

मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु, तीनजना घाईते

काठमाडौं । कन्चनपुरको महेन्द्रनगर र झापामा मोटरसाइकल दुर्घटनामा परि दुई...