back

धौलागिरीका एनआरएन प्रतिनिधीलाई काठमाण्डौंमा स्वागत गरिने

वि.सं.२०७६ भदौ २७ शुक्रवार

195 

shares
RBB AD
NTC AD

चिरन शर्मा,लण्डन । गैरआवासीय नेपाली संघ एनआरएनको नवौँ विश्व सम्मेलनको पूर्व सन्ध्यामा नेपालको तत्कालिन धौलागिरी अञ्चलबाट विश्वका विभिन्न देशमा पुगी बसोबास गरिरहनुभएका एनआरएनए प्रतिनिधीलाई काठमाणडौंमा विशेष स्वागत कार्यक्रमको आयोजना गरिने भएको छ ।

अक्टोवर १५ देखी १७ सम्म हुने विश्वसम्मेलनमा आउन लागेका प्रतिनिधीहरु बीच अन्तरकृयात गर्न तथा धौलागिरी क्षेत्रमा रहेका पर्यटन क्षेत्र र लगानीको विषयमा जानकारी समेत दिने उद्देश्यले सो कार्यक्रम आयोजना गरिन लागिएको कार्यक्रम संयोजक तथा धौलागिरी पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष खिमानन्द कंडेलले जानकारी दिए ।

सो कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय पदाधिकारी रहने आयोजकले जनाएको छ । कार्यक्रममा बाग्लुगं, म्याग्दी, पर्वत, म्याग्दी, मुस्तागं जिल्लाबाट प्रतिनिधीत्व गर्ने जनप्रतिनिधीहरुको समेत सहभागिता रहने बताएको छ।

कार्यक्रमले गैरआवासीय नेपालीहरु र धौलागिरीबासीबीचको समधुर सम्बन्ध विस्तारका लागि समेत यो कार्यक्रम कोसेढुंगा सावित हुने आयोजकको अपेक्षा रहेको छ । कार्यक्रममा अक्टोवर १२ तारिख विहान ११ बजे देखी १ बजे सम्म काठमाण्डौंमा आयोजना हुन लागेको हो ।

वि.सं.२०७६ भदौ २७ शुक्रवार १७:४७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कीर्तिमानी बिनोद(बेन) को ‘मेरो गल्फ यात्रा’ सार्वजनिक

कीर्तिमानी बिनोद(बेन) को ‘मेरो गल्फ यात्रा’ सार्वजनिक

विजय थापा । अमेरिकाको ५० वटा राज्यका राजधानी ७ वटा...

एएनएमएफको २८ औ साधारण सभा सम्पन्न, अध्यक्ष बने विष्णु

एएनएमएफको २८ औ साधारण सभा सम्पन्न, अध्यक्ष बने विष्णु

अमेरिका । अमेरिका नेपाल मेडिकल फाउन्डेशन (एएनएमएफ) को २८ औ...

‘नेपाली अमेरिकन हेरिटेज डे’ का अवसरमा फिप्ना अमेरिकाको अन्तरक्रिया सम्पन्न

‘नेपाली अमेरिकन हेरिटेज डे’ का अवसरमा फिप्ना अमेरिकाको अन्तरक्रिया सम्पन्न

अमेरिका । नेपाल आदिवासी जनजाती महासंघ (फिप्ना) अमेरिकाको आयोजनामा जुममार्फत्...

कतारमा कार्यत नेपाली तथा उनका परिवारलाई ‘केएमसी’ अस्पतालमा ५० प्रतिशत छुट

कतारमा कार्यत नेपाली तथा उनका परिवारलाई ‘केएमसी’ अस्पतालमा ५० प्रतिशत छुट

काठमाडौँ । सङ्घीय सांसद डा सुनिलकुमार शर्माले कतारमा कार्यरत नेपाली...

एनआरएनए सेसेल्सको आयोजनामा नेपालीहरुको सामुहिक रक्तदान

एनआरएनए सेसेल्सको आयोजनामा नेपालीहरुको सामुहिक रक्तदान

काठमाडौं । एनआरएनए सेसेल्सले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।...

अमेरिका पुगेका डा. सिके राउतले भने–पहिचानमा गर्व गर्नुपर्छ

अमेरिका पुगेका डा. सिके राउतले भने–पहिचानमा गर्व गर्नुपर्छ

विजय थापा । अमेरिका पुगेका जनमत पार्टीका अध्यक्ष डा सिके...