back

दोहोरो अङ्कले घट्यो आजको शेयर बजार

वि.सं.२०७६ भदौ २९ आइतवार

234 

shares
RBB AD
NTC AD

२९ भाद्र, काठमाडौँ । साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.८७ विन्दुले घटेर एक हजार १४०.०१ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज १.५४ प्रतिशतले घटेको हो ।

यस्तै सेन्सेटिभ परिसूचक पनि ३.७९ अङ्क अर्थात १.४९ प्रतिशतले घटेको छ । नेप्से परिसूचक दोहोरो अङ्कले घट्दा कारोवार रकम समेतमा त्यसको प्रभाव देखिएको छ । कूल १६२ कम्पनीको शेयर रु २८ करोड ८० लाख ९९ हजार ९१२ बराबरको कारोवार भयो ।

स्टकका अनुसार कारोवार भएका ११ वटै उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा बैंकिङ १९.६९, होटल २४.२४, विकास बैंक १५.२९, जलविद्युत १६.७४, वित्त ४.८९, निर्जीवन बीमा ५८.२५, उत्पादन २७.९३, अन्य ४.९४, लघुवित्त १९.४६, जीवन बीमा ६६.०८ र सामूहिक लगानी कोष ०.०८ विन्दुले घटेको छ ।

कारोवारका आधारमा नेपाल इन्सुरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु एक करोड ८२ लाख ५२ हजार ३६८ कारोवार भएको हो । यस्तै नेपाल बैंक लिमिटेड रु एक करोड ७४ लाख ५१ हजार ८०४, सानिमा बैंक रु एक करोड १५ लाख दुई हजार २१४, लक्ष्मी बैंक रु ९९ लाख ३९ हजार, शिवम् सिमेन्ट रु ९३ लाख ६८ हजार ८५६, मेगा बैंक रु ९० लाख २० हजार ६८४ र रसुवागढी जलविद्युत कम्पनीको रु ८८ लाख १२ हजार ९१० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

घटेको बजारमा रिलायन्स फाइनान्सका शेयरधनीले ३.५१ प्रतिशतले कमाउँदा सिन्धु विकास बैंक ३.२३, नविल इक्विटी फन्ड २, नेशनल लाइफ इन्सुरेन्स १.८६, एभरेष्ट इन्सुरेन्स १.७९ र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १.४५ प्रतिशतले कमाए ।

यस्तै बढी गुमाउनेमा गणपति माइक्रोफाइनान्स वित्तीय संस्था रहेको छ । सो संस्थाका शेयरधनीले ८.३८ प्रतिशतले गुमाउँदा हिमालउन ऊर्जा विकास कम्पनी ६.०८, हिमालयन जनरल इन्सुरेन्स ५.५३, दिव्यश्वरी हाइड्रोपार ५.४५, स्ट्यान्डर्ड चार्टड बैंक ५.२७, र आँधीखोला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.२० प्रतिशतले गुमाए । (रासस)

वि.सं.२०७६ भदौ २९ आइतवार १६:४५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा...

देवचुलीको बजेट ९१ करोड, शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा

देवचुलीको बजेट ९१ करोड, शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा

नवलपुर । नवलपुरको देवचुली नगरपालिकाले बजेट तथा कार्यक्रम सार्वजनिक गरेको...

म्याग्दीका पर्यटकीयस्थल जोड्न पदमार्ग निर्माण

म्याग्दीका पर्यटकीयस्थल जोड्न पदमार्ग निर्माण

म्याग्दी (बेनी) । जिल्लाका पर्यटकीयस्थलमा पुग्न नौ किलोमिटर पदमार्ग निर्माण...

प्रभु बैंक र बन्दिपुरका ९ वटा होटल तथा रेष्टुरेण्टहरुबिच विशेष छुट सम्झौता

प्रभु बैंक र बन्दिपुरका ९ वटा होटल तथा रेष्टुरेण्टहरुबिच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडले पर्यटकीय नगर पहाडकी रानी बन्दिपुरका...

जाजरकोटको खलङ्गामा प्रभु बैंकको शाखा विस्तार

जाजरकोटको खलङ्गामा प्रभु बैंकको शाखा विस्तार

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने...

एनएमबि बैंकको ग्राहकले कतार एयरवेजको फ्लाईट टिकटमा विशेष छुट पाउने

एनएमबि बैंकको ग्राहकले कतार एयरवेजको फ्लाईट टिकटमा विशेष छुट पाउने

काठमाडौं । एनएमबि बैंकले विश्वकै अग्रणी एयरलाइन्स कतार एयरवेजसँग साझेदारी...