back

युएईका राजाको उदाहरणीय कार्य, राम्रो सेवा दिने पाँच कार्यालयलाई पुरस्कार, नगर्ने पाँचलाई कारबाही

वि.सं.२०७६ भदौ २९ आइतवार

300 

shares
RBB AD
NTC AD

२९ भदौ, काठमाण्डौं । युएईका राजा शेख महम्दले आफ्ना जनतालाई कसरी सेवा दिनुपर्छ भनेर उदाहरण देखाएका छन् ।

राजा शेख महमदले आफ्ना जनतालाई राम्रो सेवा दिएका ५ सरकारी कार्यालयलाई पुरस्कृत गरेका छन् भने सेवामा दुःखदिने सरकारी कार्यालयका कर्मचारीहरुलाई फायर गरेर सिंगो म्यानेजमेन्ट टिमनै परिवर्तन गर्ने बताएका छन् ।

जनतामैत्री राजा शेखले आफ्नै इन्स्ट्राग्राममार्फत् यो कुराको जानकारी दिएका हुन् । उनले ६ सय सरकारी कार्यालयमा आफ्ना गुप्तचरहरु पठाएर ती कार्यालयले जनतालाई प्रवाह गरेको सेवाको बारेमा बुझ्न लगाएका थिए ।

गुप्तचरको रुपमा ती कार्यालयमा पुगेका उनका कर्मचारीहरुले थाहा नपाउने रुपमा जनतालाई कार्यालयले सेवा लिएको, लाइन लागेको, त्यहाँ कार्यरत कर्मचारीले सेवाग्राहिसँग गरेको व्यवहार लगायतका गतिबिधिहरु क्यामेरामा खिचेर शेखको टिमलाई लगेर देखाएका थिए । यो देखेपछि राजा सेखले तत्कालै दुःख दिने कार्यालयका कर्मचारीको सिंगो म्यानेजमेन्ट टिमनै परिवर्तन गर्ने र राम्रो सेवा दिइरहेका ५ कार्यालयका सबैजनालाई २ महिनाको तलब बोनसको रुपमा दिएर पुरस्कृत गर्ने घोषणा समेत गरेका छन् ।

उनले आफ्नो इन्स्ट्राग्राममा लेखेका छन्

‘आज मैले ६ सय सरकारी केन्द्रले दिएको सेवाको व्यापक मुल्यांकन रिर्पोटको समिक्षा गरें । हामीले पाँच सर्वश्रेष्ठ र सबैभन्दा खराब केन्द्रको घोषणा गर्ने प्रतिबद्धता गरेका थियौं । जसमा पत्ता लागेको छ सबैभन्दा राम्रो काम गर्ने फुजेराको संघीय प्राधिकरण पहिचान र नागरिकता कार्यालय रहेको छ भने सबैभन्दा खराव सेवा दिएको केन्द्रमा इमारात पोस्ट रहेको छ । हामीले अत्यधिक सक्षम लिडरका साथ सबैभन्दा खराब केन्द्रमा तत्काल प्रबन्ध प्रतिस्थापनको निर्देशन दिएका छौं । हामीले निर्देशक जनरललाई आदेशि दिएका छौं कि उनीहरु एक महिनामा आफ्नो संस्थाको निगरानी तथा केन्द्रको प्रदर्शनमा सुधार गर्नुपर्दछ । र म त्यसको अनुगमन गर्नेछु । साथै सर्वश्रेष्ठ केन्द्रका टिमलाई दुई महिनाको तलब पुरस्कार स्वरुप मिल्नेछ । हामीले यो वर्ष सेवाहरु, मन्त्रीहरु र प्रबन्धकको मुल्यांकन गर्नेछौं ।
हामी मन्त्रालय र संस्थाको पनि अनुगमन तथा मूल्यांकन गर्नेछौं । साथै पारदर्शिताका साथ आफ्नो रिर्पोट प्रस्तुत गर्नेछौं । साथमा हामी र हाम्रो टिमसँग मूल्यांकन गर्ने साहस छ किन की, गल्तीलाई लुकाउनेको मूल्य अधिक हुन्छ ।’

एउटा असल राजनेता जस्ले आफ्नो सुख सयललाई मात्र नहेरी देश, जनताको पीडा, र आवस्कतालाई दिनहुँ मध्येनजर गरी कसरी जनतालाई सुख र सुविधा दिने भन्ने सोच्नु र कार्यान्वयन गर्नु नै एउटा असल राजनेताको दायित्व हो । जुन कुरा प्रत्येक राजनीतिक नेताले बुझ्न जरुरी छ । युएई सरकारको यस्तै कार्यान्वयनका कारण संसारका युवाहरुको आकर्षकको केन्द्रबिन्दु बनेको छ यतिबेला युएई

 

वि.सं.२०७६ भदौ २९ आइतवार १९:०४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गण्डकीसहित चार प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

गण्डकीसहित चार प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको...

भन्सार कार्यालयद्वारा करिब १३ अर्ब राजस्व सङ्कलन

भन्सार कार्यालयद्वारा करिब १३ अर्ब राजस्व सङ्कलन

भद्रपुर (झापा) । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको...

यी हुन् सक्छन् स्थानीय तहको विकासका लागि प्राथमिकताका क्षेत्रहरू ?

यी हुन् सक्छन् स्थानीय तहको विकासका लागि प्राथमिकताका क्षेत्रहरू ?

नेत्र सुवेदी ‘प्रयास’ काठमाडौँ । असारको पहिलो हप्ता भएको हुँदा...

यसकारण घट्यो कुलेखानीमा जलविद्युत् उत्पादन

यसकारण घट्यो कुलेखानीमा जलविद्युत् उत्पादन

हेटौँडा । मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलासयको सतह घटेपछि ६०...

आफूले गरेको निर्णयबाट पछि नहट्ने मन्त्री सुमना श्रेष्ठको भनाई

आफूले गरेको निर्णयबाट पछि नहट्ने मन्त्री सुमना श्रेष्ठको भनाई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ग्लोबल आइएमईको एटिएम सञ्चालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ग्लोबल आइएमईको एटिएम सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा...