back

रिलायबलको अभिकर्ता अभिमुखिकरण बुटवलमा सम्पन्न

वि.सं.२०७६ भदौ ३० सोमवार

156 

shares
RBB AD
NTC AD

३० भदौ, बुटवल । रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स लिमिटेडले अभिकर्ता अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

क्षेत्रीय प्रवन्धक सुरेन्द्र थापाको विशेष प्रशिक्षणमा संस्थाले शनिबार बुटवलमा कार्यक्रम सम्पन्न गरेको हो ।

प्रशिक्षण कार्यक्रममा प्रदेश नं ४ का क्षेत्रीय प्रवन्धक सरोज अधिकारी, भूमही शाखाका शाखा प्रवन्धक कुशराज खनाल, भैरहवा शाखाका शाखा प्रवन्धक गणेश गैरेले पनि अभिकर्तालाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा ४ सय भन्दा बढी अभिकर्ताहरुलाई बिहान ११ बजेदेख ४ बजेसम्म प्रशिक्षण दिइएको थियो । बिमा के का लागि , र कहिले गर्ने ? कस्तो अवस्थामा ,कस-कसले गर्ने लगायतका विषयमा अभिकर्तालाई विशेष प्रशिक्षण दिइएको बताइएको छ ।

त्यस्तै रिलायबल नेपाल लाईफईन्स्योरेन्समा बिमा गर्दाका फाइदाका बारेमा पनि प्रष्ट्रयाईको थियो ।

यसैगरी कार्यक्रममा क्षेत्रीय प्रवन्धक सुरेन्द्र थापाले संस्थाले दिने सेवा सुविधा लगायत अतिरिक्त लाभहरु लिन सक्ने अवस्थाका बारेमा बताएका थिए ।

त्यस्तै प्रदेश नम्बर ५ मा १४ वटा शाखा कार्यालयहरु स्थापना गरिसकेको रिलायबल नेपाल लाईफईन्स्योरेन्सले प्रदेश नं ५ मै चार वटा शाखा कार्यालयहरु छिट्टै सञ्चालनमा ल्याउने पनि बताइएको छ ।

वि.सं.२०७६ भदौ ३० सोमवार १३:५१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा...

देवचुलीको बजेट ९१ करोड, शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा

देवचुलीको बजेट ९१ करोड, शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा

नवलपुर । नवलपुरको देवचुली नगरपालिकाले बजेट तथा कार्यक्रम सार्वजनिक गरेको...

म्याग्दीका पर्यटकीयस्थल जोड्न पदमार्ग निर्माण

म्याग्दीका पर्यटकीयस्थल जोड्न पदमार्ग निर्माण

म्याग्दी (बेनी) । जिल्लाका पर्यटकीयस्थलमा पुग्न नौ किलोमिटर पदमार्ग निर्माण...

प्रभु बैंक र बन्दिपुरका ९ वटा होटल तथा रेष्टुरेण्टहरुबिच विशेष छुट सम्झौता

प्रभु बैंक र बन्दिपुरका ९ वटा होटल तथा रेष्टुरेण्टहरुबिच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडले पर्यटकीय नगर पहाडकी रानी बन्दिपुरका...

जाजरकोटको खलङ्गामा प्रभु बैंकको शाखा विस्तार

जाजरकोटको खलङ्गामा प्रभु बैंकको शाखा विस्तार

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने...

एनएमबि बैंकको ग्राहकले कतार एयरवेजको फ्लाईट टिकटमा विशेष छुट पाउने

एनएमबि बैंकको ग्राहकले कतार एयरवेजको फ्लाईट टिकटमा विशेष छुट पाउने

काठमाडौं । एनएमबि बैंकले विश्वकै अग्रणी एयरलाइन्स कतार एयरवेजसँग साझेदारी...