back

दुई विधेयक विधायन समितिमा

वि.सं.२०७६ भदौ ३० सोमवार

315 

shares
RBB AD
NTC AD

३० भाद्र, काठमाडौँ । राष्ट्रियसभाको आजको पहिलो बैठकले दुई विधेयकलाई दफाबार छलफलका लागि भन्दै विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

बैठकले ‘सेफगाड्र्स, एण्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक, २०७५’ तथा ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व विधेयक, २०७५’ लाई विधायन व्यवस्थापन समितिमा पठाएको हो ।

बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले उक्त दुई विधेयकलाई दफाबार छलफलका लागि सो समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकको सर्वसम्मतिले स्वीकृत गर्दै ती विधेयक सम्बन्धित समितिमा पठाइएको हो । बैठकमा राष्ट्रिसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘औद्योगिक व्यवसाय विधेयक, २०७५’ लाई टेबल गरे भने उनले नै ‘राहदानी विधेयक २०७५’ सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभालाई गराउनुभएको थियो ।

बैठकले ‘प्रशासकीय विधेयक २०७५’ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित सर्वसम्मतिले पुनःपारित गरिएको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट भएको अदालतको विधेयकका सम्बन्धमा प्रतिनिधिसभाको संशोधन स्वीकार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

वि.सं.२०७६ भदौ ३० सोमवार १४:२० मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेकपा एसको महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट

नेकपा एसको महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशनका...

स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको सामाजिक आर्थिक...

 हात्तीको दारासहित तीन जना पक्राउ

 हात्तीको दारासहित तीन जना पक्राउ

वीरगञ्ज (पर्सा) । पर्सा प्रहरीले जङ्गली हात्तीको दारासहित तीन जनालाई...

सात सय १२ बोरा युरिया मल बरामद

सात सय १२ बोरा युरिया मल बरामद

वीरगञ्ज (पर्सा) । पर्सा प्रहरीले भारतबाट अवैध ढङ्गले भित्र्याएको १०...

जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु

जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी...

मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु, तीनजना घाईते

मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु, तीनजना घाईते

काठमाडौं । कन्चनपुरको महेन्द्रनगर र झापामा मोटरसाइकल दुर्घटनामा परि दुई...