back

फेरि पनि दोहोरो अङ्कले घट्यो आजको सेयर बजार

वि.सं.२०७६ भदौ ३० सोमवार

174 

shares
RBB AD
NTC AD

३० भाद्र, काठमाडौँ । आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि सोही लय पछ्याएको छ ।

कारोवार शुरु भए लगत्तै देखि ओरालो लागेको बजार बन्द हुने समयसम्म पनि सोही अवस्थामा रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.१८ बिन्दु अर्थात् १.४२ प्रतिशतले घटेर एक हजार १२३.८३ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत १.४६ अर्थात् ३.६६ बिन्दुले घटेर २४६.३५ बिन्दुमा ओर्लिएको छ ।

नेप्से दोहोरो अङ्कले घटे पनि आइतबारको तुलनामा कारोवार रकम भने बढेको छ । कूल १६९ कम्पनीको १२ लाख ४८ हजार ४०९ कित्ता शेयर रु ३४ करोड ३९ लाख १८ हजार २२१ मूल्यमा खरीद बिक्री भए । आइतबार कूल १६२ कम्पनीको शेयर रु २८ करोड ८० लाख ९९ हजार ९१२ बराबरको कारोवार भएको थियो ।

स्टकका अनुसार कारोवारका आधारमा आज छिमेक लघुवित्त विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु एक करोड ८० लाख १९ हजार ९४५ बराबरको कारोवार भयो ।

यस्तै नेपाल बैंक रु एक करोड ७९ लाख ८३ हजार ३१६, सिटिजन बैंक रु एक करोड ४९ लाख ४४ हजार १९५, एनआइसी एशिया रु एक करोड १९ लाख ९५ हजार ४५५, सिद्धार्थ बैंक रु एक करोड १९ लाख २७ हजार ७९५, नेपाल लाइफ इन्स्योरेन्स रु एक करोड १२ लाख ३७ हजार ३८७ र शिवम् सिमेन्टको शेयर रु ९७ लाख ७० हजार ५३८ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै घटेको बजारमा साल्ट टे«डिङका लगानीकर्ताले ३.९८ प्रतिशतले कमाए । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था २।९३, छ्याङदी हाइड्रोपावर २.५३, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था २.४६ र सिर्जना फाइनान्सका लगानीकर्ताले २.०४ प्रतिशतले कमाए ।

त्यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ७.०९, सिनर्जी पावर ६.०६, आइएमई जनरल इन्स्योरेन्स ५.७३, एनएलजी इन्स्योरेन्स ५।६७, युनियन हाइड्रोपावर ५.५५ र लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले ५.४० प्रतिशतले गुमाए । (रासस)

वि.सं.२०७६ भदौ ३० सोमवार १६:०४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
प्रभु बैँक र आगन्तुक रिसोर्टबीच बिशेष छुटसम्बन्धी सम्झौता

प्रभु बैँक र आगन्तुक रिसोर्टबीच बिशेष छुटसम्बन्धी सम्झौता

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई धुलिखेलमा अवस्थित आगन्तुक...

२४ औं वर्षमा प्रवेश गर्‍यो आइएमई

२४ औं वर्षमा प्रवेश गर्‍यो आइएमई

काठमाडौं । रेमिटेन्स कम्पनी ‘आइएमई’ले स्थापनाको २३ वर्ष पूरा भएको...

संसद्मा विनियोजन विधेयकमाथि खर्च कटौतीका आठ प्रस्ताव प्रस्तुत

संसद्मा विनियोजन विधेयकमाथि खर्च कटौतीका आठ प्रस्ताव प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न...

बन्दीपुर केवलकार आजदेखि सञ्चालन

बन्दीपुर केवलकार आजदेखि सञ्चालन

डुम्रे (तनहुँ) । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटक अब...

नागरिक लगानी कोषले गर्ने भयो खिम्ती-२ को शेयर व्यवस्थापन

नागरिक लगानी कोषले गर्ने भयो खिम्ती-२ को शेयर व्यवस्थापन

काठमाडौँ । ‘पिपुल्स इनर्जी लिमिटेड’ले निर्माण गरिरहेको खिम्ती-२ जलविद्युत् आयोजनाको...

‘वनमा आधारित उद्यम प्रवर्द्धन’ कार्यक्रम अन्तर्गत मौरीसहितको घार वितरण

‘वनमा आधारित उद्यम प्रवर्द्धन’ कार्यक्रम अन्तर्गत मौरीसहितको घार वितरण

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२...