back

‘विपद् पत्रकारिता’ सार्वजानिक

वि.सं.२०७६ भदौ ३० सोमवार

294 

shares
RBB AD
NTC AD

३० भाद्र, काडमाडौँ । विपद्का बेला प्रभावित समुदायलाई धेरै थरीका जानकारी आवश्यक पर्छ । के भयो रु अब के गर्ने रु सुरक्षित स्थान कहाँ छ रु कसलाई सम्पर्क गर्ने रु के गर्ने रु के नगर्ने रु लगायत । यी प्रश्नका जवाफ तत्काल सञ्चारमाध्यमबाट आउन सक्छ । रेडियो, टेलिभिजन, पत्रपत्रिकालगायतले दिने सूचना विपद् प्रभावितका लागि पहिलो राहत हुने गर्दछ ।

विपद्का समयमा सञ्चारमाध्यमले के कसरी समाचार, विचार तथा सूचना सम्प्रेषण गर्ने भन्ने मुख्य विषयमा केन्द्रीय रही ‘विपद् पत्रकारिता’ पुस्तक प्रकाशित भएको छ । यहाँस्थित राष्ट्रसङ्घीय शैक्षिक, सांस्कृतिक तथा वैज्ञानिक सङ्गठन (युनेस्को) ले बेलायतस्थित ‘वर्नमाउथ युनिभर्सिटी’सँगको सहकार्यमा आज यहाँ आयोजित कार्यक्रममा सो पुस्तक सार्वजनिक गरिएको हो ।

पुस्तकले २०७२ सालको भूकम्पपछिको स्थिति, यसमा नेपाली पत्रकारिताले सम्प्रेषण गरेका सामग्री, विपद् व्यवस्थापनमा सञ्चारमाध्यमको भूमिका, जलवायु परिवर्तन, प्रकोप, मिडियालगायत विषयलाई समेटेको छ । अहिले पनि मिडियासँग आपत्कालीन अवस्थामा के कसरी कार्य गर्न योजना नभएको पुस्तकमा समेटिएको छ ।

युनेस्कोमा कार्यरत सञ्चारविज्ञ चिन्दु श्रीधरण, इनर थोर्सन र निर्जना शर्माद्वारा संयुक्त रुपमा सम्पादित अङग्रेजी र नेपाली दुबै भाषामा सम्पादित सो पुस्तकको पहिलो अध्यायमा भूकम्पपछि नेपाली सञ्चारजगत्ले समाना गर्नु परेका मुख्य मुख्य मुद्दा, दोस्रो अध्यायमा विपद् पूर्वतयारी कसरी गर्ने भन्ने बारेमा छ । विपद्का विभिन्न चरणमा सञ्चारमाध्यम र स्वयम सञ्चारकर्मीले गर्न सक्ने कार्यका बुँदालाई सूचीकृत गरिएको छ ।

पुस्तकले तेस्रो अध्यायमा पछिल्लो समय जलवायु परिवर्तनले ल्याएका समस्यालाई केन्द्रित गरेको छ । चौथो र पाँचौँ अध्यायमा विपद् पूर्वतयारीका अवस्थामा के कस्तो तयारी गर्नुपर्छ भनेर मूल्याङ्कन पुस्तकले गरेको छ । साथै विपद् उत्थानशीलतामा सुधार गर्न सञ्चारगृह, सञ्चारकर्मी, अनुसन्धानकर्मी, पत्रकारिताका शिक्षकलगायतले गर्नुपर्ने कामलाई सुझावका रुपमा पुस्तकभित्र समावेश गरिएको छ । युनेस्कोका नेपालस्थित प्रतिनिधि क्रिश्चियन म्यानहार्ट र त्रिविवि आम सञ्चार विभागका प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले संयुक्त रुपमा सो पुस्तक सार्वजानिक गरेका थिए ।

सो अवसरमा म्यानहार्टले विपद्ले के के पाठ सिकाएर गए र आगामी दिनका सम्भावित विपद्बाट कसरी जोगिन सकिन्छ भन्ने विषयलाई पुस्तकले अनुसन्धानमूलक रुपमा प्रस्तुत गरेको चर्चा गर्दै प्राज्ञ, पत्रकारिताका विद्यार्थी र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा कार्यरत सबैका लागि पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरे । विभागीय प्रमुख खनालले चारवर्षे स्नातक तहको पाठ्यक्रममा विपद् पत्रकारिता समावेश गर्न लागिएको जानकारी दिँदै आगामी दिनमा पुस्तकले औँल्याएका सुझावलाई कार्यान्वयनमा उतार्न सुझाव दिए ।

पुस्तकका लेखक श्रीधरण, थोर्सन र शर्माले सङ्क्षिप्त धारणा राख्दै विपद्मा पत्रकारिताले जीवन बचाउन सक्छ, जीवन कसरी बचाउने भन्ने ध्येय पुस्तकले राखेको छ भने । शिक्षा पत्रकार सञ्जालका अध्यक्ष प्रकृति अधिकारीले अहिले पनि नेपाली सञ्चारगृह विपद् जोखिमका क्षेत्रमा संवेदनशील रहेको चर्चा गर्दै पुस्तकले दिएका सुझावलाई कार्यान्वयनमा उतार्नुपर्छ भने ।
विपद्मा पत्रकारको उत्थानशील निर्माण गर्न व्यक्तिगत र व्यावसायिक आपत्कालीन योजना बनाई काम गर्न, विपद्का परिदृश्यमा सम्पर्क कायम गर्न सम्भावित विषयसूची तयार गर्ने, महत्वपूर्ण व्यक्ति, निकाय र संस्थाका प्रमुखसित नजीकमा रहने, आपत्कालीन समयमा आवश्यक सामग्री भण्डारण गर्ने, सञ्चारगृहका भौतिक तथा कार्यकक्षलाई जोखिम न्यूनीकरण बनाउन ध्यान दिनेलगायत सुझाव पुस्तकमा समेटिएको छ । (रासस)

वि.सं.२०७६ भदौ ३० सोमवार १६:१६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गण्डकीसहित चार प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

गण्डकीसहित चार प्रदेशका केही स्थानमा वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको...

भन्सार कार्यालयद्वारा करिब १३ अर्ब राजस्व सङ्कलन

भन्सार कार्यालयद्वारा करिब १३ अर्ब राजस्व सङ्कलन

भद्रपुर (झापा) । मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको...

यी हुन् सक्छन् स्थानीय तहको विकासका लागि प्राथमिकताका क्षेत्रहरू ?

यी हुन् सक्छन् स्थानीय तहको विकासका लागि प्राथमिकताका क्षेत्रहरू ?

नेत्र सुवेदी ‘प्रयास’ काठमाडौँ । असारको पहिलो हप्ता भएको हुँदा...

यसकारण घट्यो कुलेखानीमा जलविद्युत् उत्पादन

यसकारण घट्यो कुलेखानीमा जलविद्युत् उत्पादन

हेटौँडा । मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलासयको सतह घटेपछि ६०...

आफूले गरेको निर्णयबाट पछि नहट्ने मन्त्री सुमना श्रेष्ठको भनाई

आफूले गरेको निर्णयबाट पछि नहट्ने मन्त्री सुमना श्रेष्ठको भनाई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ग्लोबल आइएमईको एटिएम सञ्चालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ग्लोबल आइएमईको एटिएम सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा...