back

विज्ञान प्रविधिमा अनुसन्धान व्यापक बनाउन जोड –प्रविधिमन्त्री पोखरेल

वि.सं.२०७६ भदौ ३० सोमवार

309 

shares
RBB AD
NTC AD

३० भाद्र, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिका क्षेत्रमा अध्ययन र अनुसन्धान व्यापक बनाउँदै लैजानुपर्ने बताएका छन् ।

‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा भएको छलफलमा उनले अनुसन्धानको क्षेत्र व्यापक बनाउँदै जानुपर्ने आवश्यकता औँल्याएका हुन् । समितिले व्यापकरुपमा छलफल गरेर मात्रै विधेयक अघि बढाउनु उपयुक्त हुने उनको धारणा थियो ।

उनले भने, “प्राविधिक विषय भएकाले हामीले कतिपय विषयमा केही समय अध्ययन गरेर मात्रै दफावार छलफल अघि बढाउनुपर्छ ।” समितिका सदस्य गगनकुमार थापाले सकेसम्म ऐनमा नै धेरै विषय स्पष्ट हुनुपर्ने बताए । ऐनमा खुलाउनै नसकिने विषय मात्रै नियमावलीमार्फत प्रष्ट गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, “कानून निर्माता त्यस कानूनको परिणामका बारेमा पहिले नै सजग हुनुपर्छ ।”

अर्का सदस्य चित्रलेखा यादवले समितिका सुझावका आधारमा विधेयकको नाम नै पारमाणविकलाई हटाएर रेडियोधर्मी राखिएकाले सो शब्द ऐनको दफामा उल्लेख गर्न नहुने बताए । समितिका सदस्य देव गुरुङले रेडियोधर्मी पदार्थको किनेबेचका लागि निजी क्षेत्रलाई इजाजतपत्र दिँदा सरकार चनाखो बन्नुपर्ने उल्लेख गरे । सदस्य जीवनराम श्रेष्ठले समितिमा पर्याप्त छलफलपछि मात्रै विधेयक अघि बढाउनुपर्ने बताए ।

सो विधेयकका अनुसार ‘पारमाणविक पदार्थ’ भन्नाले युरेनियम २३३, युरेनियम २३५ वा परिमार्जित गरिएको युरेनियम, प्लुटोनियम र यसका आइसोटोप्स सम्झनुपर्छ भन्ने उल्लेख छ । त्यस्तै ‘रेडियोधर्मी पदार्थ’ भन्नाले अल्फा कण, बिटा कण, एक्स–रे वा गामा–रे जस्ता विकीरण सिर्जना गर्न सक्ने पदार्थ सम्झनुपर्छ भन्ने उल्लेख छ ।

वि.सं.२०७६ भदौ ३० सोमवार १६:२५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

काठमाडौं । सरकारले भारतसहितका ८ देशका लागि राजदूत सिफारिस गरेको...

खनिजजन्य पदार्थ उत्खननबारे स्पष्ट कानुनी व्यवस्था गर्न समितिको निर्देशन

खनिजजन्य पदार्थ उत्खननबारे स्पष्ट कानुनी व्यवस्था गर्न समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा...

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा...

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

काठमाडौँ । कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जनालाई प्रहरीले...

‘निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी’

‘निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय...

हुलाकी राजमार्ग : रतुवा पुल निर्माण तीव्र

हुलाकी राजमार्ग : रतुवा पुल निर्माण तीव्र

झापा । हुलाकी राजमार्ग अन्तरगतको झापा र मोरङलाई जोड्ने रतुवा...